होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

आइतवार, बैशाख १६, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • सुन तस्करी अभियोगमा २९ जनाविरुद्ध मुद्दा दायर
समाचार

सुन तस्करी अभियोगमा २९ जनाविरुद्ध मुद्दा दायर

  • नागरिक रैबार
सुन तस्करी अभियोगमा २९ जनाविरुद्ध मुद्दा दायर

काठमाडौँ — सुन तस्करीमा संलग्न भएको आरोपमा २९ जना विरुद्ध काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर भएको छ । जिल्ला सरकारी वकिलको कार्यालयले पक्राउ परेका २६ र फरार सूचीमा रहेका ३ जना गरी २९ जनाविरुद्ध मुद्दा दायरको काठमाडौं जिल्ला अदालतका सूचना अधिकारी दिपक दाहालले जानकारी दिए ।

प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले गत साता ६१ किलो सुन तस्करीको अनुसन्धान प्रतिवेदन सरकारी वकिललाई बुझाएको थियो ।

प्रहरीको राय अनुसार सरकारी वकिलले मु्द्दा लगेको हो । यो प्रकरणमा पक्राउ परेका मध्ये ६ जनालाई भने मुद्दा नचलाउने निर्णय सरकारी वकिलको कार्यालयले गरेको छ । यो प्रकरणमा संलग्न रहेका फरार सूचीमाका १५ जनाविरुद्ध थप अनुसन्धान जारी रहने छ ।

विज्ञापन

हङकङबाट ब्रेक–सुको आवरणमा कार्गो गरी ल्याइएका वस्तु त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार जाँच पार गरेर सिनामंगल सडकमा पुगिसकेको अवस्थामा राजस्व अनुसन्धान विभाग र सशस्त्र प्रहरीको टोलीले गत साउन २ मा बरामद गरेको थियो । cp by kantipur

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार