होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

मङ्लबार, बैशाख २५, २०८१
जोडिनुहोस
  • होमपेज
  • बाजुरा बिशेष
  • बुढीनन्दा नगरपालिकालाई साक्षर नगरपालिका घोषणा
बाजुरा बिशेष

बुढीनन्दा नगरपालिकालाई साक्षर नगरपालिका घोषणा

  • नागरिक रैबार
बुढीनन्दा नगरपालिकालाई साक्षर नगरपालिका घोषणा

 नागरिक रैबार / २५ असार बाजुरा । बाजुरा जिल्लाको बुढीनन्दा नगरपालिकालाई साक्षर नगरपालिका घोषण गरिएको छ । असार २३ गते बसेको नगर कार्यपालिकाको बैठकले नगरपालिकालाई साक्षर घोषणा गरिएको हो ।

बुढीनन्दा नगरपालिकामा १५ वर्ष देखि ६० वर्ष उमेर समुहका नागरिकहरुको साक्षरता अवस्था पहिचान गरि नेपाल सरकारले निर्धारण गरेका १२ वटा सुचकको आधारमा ९८ प्रतिशत नागरिक साक्षर रहेको सर्वेक्षण अनुसार नगरपालिकालाई साक्षर घोषणा गरिएको शिक्षा अधिकृत दयाराम जोशिले बताउनु भयो ।

उहाँका अनुसार नगरपालिकाका ३ हजार ९ सय ३७ घरधुरीमा १३ हजार १ सय ५६ जनसंख्या रहेको छ । जसमा ६ वटा सुचक भन्दा बढि जान्नेको संख्या १३ हजार १ सय ५६ अर्थात ९८ प्रतिशत साक्षर रहेको बताउनु भयो ।

विज्ञापन

जसमा २ सय ६६ जना अर्थात २ प्रतिशत निरक्षर वा ६ वटा सुचक भन्दा कम जान्नेको संख्या रहेको जोशिको भनाई छ । नगरपालिकाका १० वटा वडा मध्य सबै भन्दा बढि साक्षर वडा नं. २ र ७ मा सय प्रतिशत नै रहेको छ भने सबै भन्दा कम वडा नं. ९ मा ९६ प्रतिशत साक्षर रहेका छन । यस्तै वडा नं. १ मा ९७ प्रतिशत, ३ मा ९८ प्रतिशत, ४ मा ९९ प्रतिशत, ५ मा ९९ प्रतिशत, ६ मा ९७ प्रतिशत, ८ मा ९७ प्रतिशत र १० मा पनि ९७ प्रतिशत साक्षर रहेको शिक्षा यूवा तथा खेलकुद शाखाले निकालेको प्रतिवेदनमा उल्लेख गरिएको छ । नगरपालिकाको तथ्यांक अनुसार १ सय ८१ ज्ना महिला निरक्षर रहेका छन भने ८८ जना पुरुष निरक्षर रहेका छन ।

कार्यक्रममा वोल्दै नगर उपप्रमुख राम बहादुर वोहोराले नगरपालिकाका कोहि पनि निरक्षर नरहने गरि आफ्नो पाँच वर्षे कार्यकालमा काम गर्ने बताउनु भयो ।

“ मानव केन्द्रित पुनर्लाभका लागि साक्षरता, प्रविधि प्रयोगको असमानतामा न्यूनता भन्ने कुल नाराका साथ शनिवार एक कार्यक्रमका विच नगर प्रमुख जनक कुमार वोहोराले साक्षर नगरपालिका घोषणा गुर्नभएको हो । कार्यक्रममा वोल्दै उहाँले नगरपालिकामा रहेका निरक्षरहरुलाई पनि साक्षर बनाउन तर्फ सबैले लाग्नु पर्ने बताउनु भयो । उहाँले नगरपालिकाले शिक्षा क्षेत्रमा ठूलो वजेट विनियोज गरेको र त्यो वजेटको सहि सदुपयोग गर्न सकेमा नगरपालिकामा कोहि पनि निरक्षर नहुने उहाँको भनाई छ ।

बुढीनन्दा नगरपालिकाले प्रतेक वडामा गणक खटाएर तथ्यांक संकलन गरेको थियो । उक्त तथ्यांक संकलनका आधारमा नगरपालिकालाई साक्षर घोषणा गरिएको हो । नेपाल सरकारले २०७१ असार देखि साक्षर जिल्ला घोषणा गर्ने अभ्यासको थालनि गरेको थियो ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार