होमपेज केही सेकेण्डमा लोड हुनेछ।
Advertisement area
प्रतिनिधिसभाको उपसभामुखको निर्वाचन शुक्रबार हुँदैछ । त्यसैले बिहीबार बिहान ११ बजेदेखि दिउँसो १ बजेसम्म मनोनयनको समय छ । आजै दिउँसो साढे १ बजे उम्मेदवारको सूची प्रकाशन गर्ने कार्यसूची छ । गठबन्धनबाट काँग्रेसकी पुष्पा भुसाल र एमालेले विद्या भट्टराईलाई अगाडि सारेको छ । एमाले संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङले उपसभामुखको उम्मेदवार भट्टराई भएको जानकारी दिए । […]
काठमाडौं। प्रतिनिधि सभाको उपसभामुखमा प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको तर्फबाट विद्या भट्टराईले उम्मेदवारी दर्ता गराएकी छन् । एमालेकी सचेतक शान्ता चौधरीको प्रस्ताव र सांसद कृष्ण भक्तपोखरेल को समर्थनमा भट्टराईले उम्मेदवारी दर्ता गराएकी हुन् । मनोनयनपश्चात आजै दिउँसो साढे १ बजे उम्मेदवारको सूची प्रकाशन गर्ने कार्यसूची रहेको छ ।
नागरिक रैबार/ असार ३० बाजुरा । बडिमालिका नगरपालिका वडा न ७ जिल्लीका ४ बालबालिका भारतको सिम्ला भन्ने ठाउँमा अलपत्र परेका छन । उनीहरुको आमाको ४ बर्ष पहिले बिरामी भएर मृत्यु भएको थियो। उनीहरुका बुवाको मृर्गौलामा समस्या भएर काठमाण्डौमा उपचार हुन नसकि बिरामी हरिभानले चार छोराछोरी बोकेर सिम्ला स्याउ टिपेर छोराछोरी पाल्ने र उपचार गर्न भनेर […]
काठमाडौं । प्रतिनिधि सभाको उपसभामुखमा सत्तारुढ गठबन्धनबाट नेपाली कांग्रेसकी पुष्पा भुसालले मनोनयन दर्ता गराएकी छन् ।मनोनयनपश्चात आजै दिउँसो साढे १ बजे उम्मेदवारको सूची प्रकाशन गर्ने कार्यसूची रहेको छ ।
कञ्चनपुर: कञ्चनपुरमा दिनदहाडै एक घरमा लुटपाट भएको छ। बुधबार दिउँसो भीमदत्त नगरपालिका–४ गोबरियामा एक समूहले गीता चन्दको घरमा लुटपाट गरेको हो। जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका अनुसार पीडितले १ लाखसहित सुनका गहना लुटिएको भन्दै निवेदन दिएकी छिन्। भारतीय नागरिक जस्ता देखिने ४ जनाको समूहले गीताको हातखुट्टा बाँधेर घरमा लुटपाट गरेको बताइएको छ। घटनाबारे अनुसन्धान भइहेको कञ्चनपुर […]
नागरिक रैबार/ असार ३० बाजुरा । लगातार तीन दिन देखिको वर्षाका कारण बाजुरा सदरमुकाम जोड्ने साँफे–मार्तडी राजमार्ग आज बिहानदेखि अवरुद्ध भएको छ । वर्षाका कारण राजमार्गको ठाउँठाउँमा पहिराे गएपछि सडक अवरुद्ध बनेको हो। अम्कोटको पहिरोले थप समस्या भएको छ । तलबाट सडक भासिएको छ भने माथिबाट ढुङ्गा खस्न थालेपछि सडक अवरुद्ध बनेको जिल्ला प्रहरी कार्यालयका […]
भारतको पश्चिमी राज्य गुजरातमा एक ६५ वर्षीय व्यक्तिमा दुर्लभ रगत समूह ईएमएम नेगेटिभ पत्ता लागेको छ । यो समूहलाई अन्य रक्त समूह ए, बी, ओ, वा एबीमा वर्गीकृत गर्न सकिँदैन । ती व्यक्ती हृदय रोगबाट पीडित छन् । मानव शरीरमा ए, बी, ओ, आरएच, र डफी सहित ४२ विभिन्न प्रकारका रक्त प्रणालीहरू छन्। सामान्यतया, त्यहाँ […]
बाजुरा । कुपोषणग्रस्त रहेको बाजुराको मुक्तिकोट गाउँसहित स्वामिकार्तिक खापर गाउँपालिकामा आपत्कालीन पोषण कार्यक्रम लागू भएको छ । पालिकाभरिका ६ महिनादेखि २३ महिना सम्मका बालबालिका, स्तनपान गराइरहेका र गर्भवती महिलालाई कुपोषणबाट बचाउन यो कार्यक्रम सुरु भएको हो । संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रमअन्तर्गतको विश्व खाद्य कार्यक्रमले यो परियोजना लागू गरेको छ । कार्यक्रमको कार्यान्वयन गैरसरकारी संस्था एकीकृत विकास समाज (आईडीएस) […]
धनगढी — आगामी आर्थिक वर्षका लागि सुदूरपश्चिम प्रदेश सरकारले ल्याएको बजेट बुधबार राति बहुमतले पारित गरेको छ । बैठक सुरु भएकै दिनमा सभामा बजेटमाथिको छलफल र बजेटसँग सम्बन्धित विभिन्न विधेयकहरू पारित गरिएका हुन् । बजेट प्रस्तुत गरेयता २८ दिनसम्म बस्न बैठक बस्न सकेको थिएन । बुधबार सरकारले प्रतिपक्षी दलहरूसँग बजेटमा भएका त्रुटी सच्याउन १४ बुँदे लिखित सहमति गरेसँगै […]
बेलायत, सिंगापुर र बहराइनले आफ्ना नागरिकहरूलाई श्रीलंकाको गैर–आवश्यक यात्रा नगर्न आग्रह गरेका छन् । अभूतपूर्व आर्थिक संकटबीच देशमा ठूलो विरोध प्रदर्शन भइरहेका बेला ती देशले अत्यावश्यक अवस्थामा बाहेक श्रीलंकाको भ्रमण नगर्न आफ्ना नागरिकलाई अनुरोध गरेका हुन् । श्रीलंकाले गम्भीर आर्थिक संकट सामना गरिरहेको छ, जसले गर्दा औषधि, खाना पकाउने ग्यास, इन्धन र खाद्यान्नलगायतका आधारभूत आवश्यकताको […]
काठमाडौँ — युट्युब, टिकटक, गुगलमिट, जुमजस्ता एप्लिकेसनले नेपालमा सेवा दिएर आम्दानी गरेबापत सरकारलाई बुझाउनुपर्ने २ प्रतिशत सेवा करसम्बन्धीको व्यवस्थाबारे बुधबार सार्वजनिक महालेखापरीक्षकको प्रतिवेदनमा उल्लेख छ । यसबारे महालेखाले अघिल्ला प्रतिवेदनमा समेत औंल्याउँदै आए पनि सरकारले हालै मात्र यस्तो व्यवस्था लागू गरेको हो । ‘युट्युब, टिकटक, गुगलमिट, जुम, माइक्रोसफ्ट टिमजस्ता एप्लिकेसन प्रयोग गरेपछि हुने भुक्तानीबाट राज्यको ठूलो धनराशि […]
काठमाडौँ — बलरहरूको उच्च प्रदर्शन र आसिफ शेखको सानदार अर्धशतकमा नेपालले विश्वकप क्रिकेट लिग २ मा बुधबार स्कटल्यान्डलाई ५ विकेटले पराजित गरेको छ । स्कटल्यान्डमाथि नेपालको यो पहिलो विजय हो । राष्ट्रिय टोलीको संरचनामा नेपालले यसअघि स्कटल्यान्डलाई पराजित गर्न सकेको थिएन् । आसिफले ६२ बलमा ७१ रन बनाएपछि नेपालले १ सय ४५ रनको लक्ष्य २५.१ […]
काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) लाई नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले तबला उपहार दिएका छन् । बुधबार साँझ बालकोट पुगेका मेयर शाहलाई पूर्वप्रधानमन्त्रीसमेत रहेका ओलीले तबला उपहार दिएका हुन् । भेटवार्तापछि ओलीले बालेनलाई तबला उपहार दिएको एमाले नेता कर्णबहादुर थापाले बताएका छन्। ओली र बालेनबीच काठमाडौं महानगरको समग्र विकासका बारेमा छलफल भएको बताइन्छ […]
काठमाडौंको नागार्जुन नगरपालिका-८ भीमढुङ्गा स्थित हर्साखोलामा चितुवाको आक्रमणमा परि एकै घरका पाँच जना घाइते भएका छन् । गएराती एक बजे हर्सनखोला बस्ने ४९ वर्षीय पञ्चकुमार भट्टराईको घरमा पसि चितुवाले आक्रमण गरेको जिल्ला प्रहरी कार्यालय काठमाडौंका एसपी दिनेशराज मैनालीले जानकारी दिए । घाइते पाँचै जनाको काठमाडौंको मनमोहन अस्पतालमा उपचार भइरहेको छ । घाइतेहरू सामान्य बोल्न सक्ने […]
नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड भोलि भारत भ्रमणमा जाने भएका छन्। भारतीय सत्तारुढ दल भाजपाको निमन्त्रणमा प्रचण्ड भोलि त्यसतर्फ प्रस्थान गर्ने प्रचण्डको सचिवालयले जानकारी दिएको छ । भ्रमणका क्रममा प्रचण्डले उच्चस्तरीय राजनीतिक भेटवार्ता पनि गर्ने बताइएको छ । अध्यक्ष प्रचण्ड साउन १ गते स्वदेश फर्किने कार्यक्रम रहेको छ।
नागरिक रैबार/बाजुरा २९ असार। नेपाल मानव अधिकार एलाइन्स बाजुराले बिबिध कार्यक्रमहरु गरेर २३ औँ स्थापना दिवस मनाएको छ । नेपाल मानव अधिकार एलाइन्सको २३ औँ स्थापना दिवसरको अवसरमा बुधबार द्वारीका प्राविका विद्यार्थीलाइ स्टेशनरी, पाेषाक वितरण गरेको छ भने आजै जिल्ला प्रशासन कार्यालय बाजुरा मार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाउनुका साथै पत्रकार सम्मेलन गरी कार्यक्रम समापन गरेको छ […]
सुदूरपश्मि प्रदेशको बाजुरमा जिल्लामा जन्मेका गिरी अहिले आफ्नो गित संगितबाट चर्चित बन्दै गएका छन् ।बाजुराको त्रिवेणी नगरपालिकामा जन्मेका गिरी उनको परिश्रम, मेहनत, धर्यताले, आफ्नो गित संगिमा छोटो समयमा फट्को मार्ने सफल भएका छन् । आफ्नो मेहनत र परिश्रमले आफूलाई कुन ठाँउमा पुगाई दिन्छ । थाँहा हुदैन आफूले सानै उमेर देखि संगित क्षेत्रमा निकै रुचि रहेको […]
काठमाडौं । सरकारले गत तीन आर्थिक वर्षमा साढे २४ करोड रुपैयाँको मानपदवी र अलङ्कार वितरण गरेको छ । वर्षैसाल यस्तो मानपदवीमा खर्च बढ्दै गएपछि महालेखा परीक्षकको कार्यालयले खर्च घटाउन सिफारिस गरेको छ । महालेखा परीक्षकको ५९औं वार्षिक प्रतिवेदनअनुसार २०७५/७६ मा ५१८ जना, २०७६/ ७७ मा ६३३ जना र यो वर्ष ५९३ जना विभूषित गर्ने निर्णय […]
धनगढीः काठमाडौँबाट धनगढीका लागि उडेको जहाजमा एक यात्रुले चुरोट तानेका छन्। बुधबार दिउँसो सवा ३ बजे काठमाडौँबाट धनगढीका लागि उडेको बुद्ध एयरको जहाजमा ती यात्रुले चुरोट तानेका हुन्। जहाजको शौचालय गएका उनी चुरोट तान्दै सिटमा आएर बसेको एक यात्रु निशा ठगुन्नाले बताइन्। उनका अनुसार जहाजमा चुरोटको धुँवा देखिएपछि एकछिन त्यहाँ तनाव सृजना भएको थियो। यात्रुहरुले […]
काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले आगामी आर्थिक वर्षदेखि सामुदायिक विद्यालयमा बस सेवा दिने भएको छ । विद्यालयहरु आपसमा गाभिँदा बालबालिकालाई टाढा पर्ने भएकाले बस सेवा दिने तयारी गरेको शिक्षा तथा मानव स्रोत विकास केन्द्रका महानिर्देशक चूडामणि पौडेलले बताए । बुधबार आयोजित पत्रकार सम्मेलनमा उनले भने, ‘स्कुल मर्ज त भयो । तर, विद्यालय टाढा […]