होमपेज केही सेकेण्डमा लोड हुनेछ।
Advertisement area
काठमाडौं । परराष्ट्र मन्त्रालयले सरकारद्वारा प्रस्ताव भएका २० देशका राजदूतहरूमध्ये १६ वटा देशका लाग एग्रिमो आइपुगेको र चारवटाको बाँकी रहेको जनाएको छ । मन्त्रालयद्वारा बुधबार आयोजति नयिमति पत्रकार सम्मेलनमा प्रवक्ता सेवा लम्सालले उक्त जानकारी दिएकी हुन् । ‘सरकारले प्रस्ताव गरेकामध्ये १६ मुलुकबाट एग्रिमो प्राप्त भइसकेको छ। जसमध्ये १३ वटामा नियुक्ति नै भइसक्यो,’ उनले भनिन्, ‘३ […]
काठमाडौं । नेपाल राष्ट्र बैंकले मनिचेञ्जरलाई पनि डलर सटही सुविधा दिएको छ । नेपाल राष्ट्र बैंक विदेशी विनिमय व्यवस्थापन विभागले बुधबार एक परिपत्र जारी गर्दै मनिचेञ्जरलाई पनि २०० डरलसम्मको सहटी सुविधा प्रदान गर्न सक्ने व्यवस्था गरेको हो । ‘परिवर्त्य विदेशी मुद्रा बिक्री गर्ने इजाजतपत्र प्राप्त गर्ने मनिचेञ्जरले विदेश भ्रमणमा जाने नेपाली नागरिकहरुलाई राहदानी बापत अधिकतम […]
काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिमका प्रमुख प्रशिक्षक पुबुदु दाशानायकेले पदबाट राजीनामा दिएका छन् । पुबुदुले नेपाल क्रिकेट संघ क्यानसँग नेपाल टिममा दोस्रो कार्यकालका लागि गत मंसिरमा दुई वर्षे सम्झौता गरेका थिए । राष्ट्रिय टिमको पछिल्लो प्रदर्शन निरन्तर खस्किँदा पुबुदुले पद छाड्ने घोषणा गरेका हुन् । उनले एक साताअघि नै मेलमार्फत क्यानलाई राजीनामा पत्र बुझाएका […]
काठमाडौं । ज्येष्ठ नागरिकप्रति सन्तानको दायित्व बाध्यकारी हुने गरी संघीय संसदले कानुन बनाएको छ । राष्ट्रिय सभाबाट पारित भएको ‘ज्येष्ठ नागरिक सम्बन्धी (पहिलो संशोधन) विधेयकलाई बुधबार प्रतिनिधिसभाले पनि सर्वसम्मत रुपमा पारित गरेको हो । वृद्धवृद्धाले जीवनयापनमा समस्या आए सम्बन्धित स्थानीय तहमा उजुरी गर्न सक्ने, उजुरीका आधारमा स्थानीय तहले हकवालाको हैसियतअनुसार रकम असुल गरी ज्येष्ठ नागरिकलाई […]
काठमाडौं । नेपालको सबैभन्दा ठूलो मल्टिप्लेक्स चेन क्यूएफएक्समा ‘कबड्डी ४’ले सर्वाधिक कमाइ गर्ने फिल्मको कीर्तिमान रचेको छ । मंगलबारसम्मको कमाइ हेर्दा दयाहाङ राई स्टारर फिल्मले भारतीय फिल्म ‘केजीएफ : च्याप्टर २’को कमाइलाई पनि उछिनेको छ । मंगलबारसम्म क्यूएफएक्सका २६ वटा पर्दाबाट ‘कबड्डी ४’ ले ७ करोड ९ लाख रुपैयाँ ग्रस कमाएको छ । ‘केजीएफ : […]
माध्यमिक शिक्षा परीक्षा (एसईई) को रिजल्ट अबको एक साताभित्र प्रकाशित गर्ने तयारी छ। राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष महाश्रम शर्माले अबको एक साताभित्र एसईईको नजिता प्रकाशन गरिने सेतोपाटीलाई बताए। ‘हामीले असार अन्तिम साता परीक्षाफल प्रकाशित गर्ने तयारी गरिएको थियो। चुनावका कारण केही ढिला भयो। अब एक साताभित्र परीक्षाफल प्रकाशित हुन्छ,’ उनले भने, ‘परीक्षाफल प्रकाशनका लागि आवश्यक […]
रोल्पामा माओवादी केन्द्रका कार्यकर्ताले प्रहरी हवल्दारमाथि कुटपिट गरेका छन्।त्रिवेणी गाउँपालिका वडा नं. ७ अँधेरीखोलामा मंगलबार बेलुका ७ बजेतिर सोही ठाउँका प्रहरी हवल्दार रामबहादुर बाँठालाई माओवादी कार्यकर्ताले कुटपिट गरेका हुन्। प्रहरी हवल्दार बाँठाको निधारमा चार वटा टाँका लगाउनु परेको प्रहरीले जानकारी दिएको छ। प्रहरीका अनुसार उनको टाउको तथा शरीरका विभिन्न भागमा घाउ खत तथा निलडाम छन्। […]
काठमाडौँ — श्रीलंकाको राष्ट्रपतिमा रनिल विक्रमासिंघे निर्वाचित भएका छन् । आर्थिक संकटको कारण लगातार विरोधको प्रदर्शनको कारण तत्कालीन राष्ट्रपति गोटाबाया राजापाक्ष देश छाडेर भागेपछि नयाँ राष्ट्रपति छान्नका लागि बुधबार संसद्मा मतदान भएको हो । विक्रमासिंघले आफ्नै दलका दलस दलस अलापेरुमालाई पराजित गरेका हुन् । कुल खसेको २ सय ३ मध्ये विक्रमासिंघे १ सय ३४ मत […]
काठमाडौँ — प्रमुख प्रतिपक्षी एमालेका अध्यक्ष केपी शर्मा ओलीले आगामी मंसिरमा प्रतिनिधिसभा र प्रदेश सभाको निर्वाचन हुनुपर्ने बताएका छन् । उनले निर्वाचन तलमाथि हुन नदिनका लागि लाग्न पार्टीका नेता र कार्यकर्तालाई निर्देशनसमेत दिएका छन् । एमाले वाग्मती प्रदेश स्तरीय भेला तथा प्रशिक्षण कार्यक्रमलाई बुधबार काठमाडौंमा सम्बोधन गर्दै ओलीले आगामी निर्वाचनबाट सरकार गठनका लागि तयार हुनुपर्ने […]
पोल्याण्डका स्ट्राइकर रोबर्ट लेवान्डोस्कीलाई स्पेनिस क्लब बार्सिलोनासँगको सम्झौता पूरा गरेका छन्। उनी र बार्सिलोनाबीच ५० मिलियन युरोमा चार वर्षका लागि सम्झौता भएको छ। सम्झौतासँगै प्रिसिजन भ्रमणमा अमेरिकामा रहेको बार्सिलोनाको टिममा लेवान्डोस्की सामेल भएका छन्। जर्मन क्लब बायर्न म्युनिखसँग एक वर्ष सम्झौता बाँकी रहेका ३३ वर्षीय लेवान्डोस्कीले गत महिना जर्मन च्याम्पियनलाई आफूले क्लब छाड्न चाहेको बताएका […]
काठमाडौं । शिक्षक सेवा आयोगले माध्यामिक तहको अध्यापन अनुमति पत्र (टिचिङ लाइसेन्स)को नतिजा सार्वजनिक गरेको छ ।आयोगले असार १८ गते सञ्चालन गरेको लिखित परीक्षामा सहभागी उम्मेदवारहरूको नतिजा प्रदेशगत सार्वजनिक गरेको छ । सहभागीमध्ये २३ हजार जनाले अध्यापन पत्र पाउन सफल भएका छन् । आयोगको अनुसार ४३९ परीक्षार्थीले सेट अथवा की लेख्न नजानेकाले परीक्षा रद्द गरिएको […]
भारतसँग सीमा जोडिएको सुदूरपश्चिम प्रदेशमा कोरोना सङ्क्रमणदर बढ्दै गएको छ। यहाँ हाल दिनहुँ कोरोना सङ्क्रमितको सङ्ख्या बढ्दै गएको छ। गत शनिबार अर्थात् असार ३२ गते शून्यमा झरेको सङ्क्रमण मंगलबारमात्रै यस प्रदेशमा नौ जनामा सङ्क्रमण देखिएको छ। स्वास्थ्य निर्देशनालयको तथ्यांक अनुसार गत शनिबार कोरोना सङ्क्रमण शून्य रहेकामा आइतबार तीन, सोमबार सात र मंगलबार नौ जनामा सङ्क्रमण […]
आर्थिक संकटबाट गुज्रिरहेको र जनआन्दोलनपछि राष्ट्रपति भागेको श्रीलंकाको संसदमा आज नयाँ राष्ट्रपति चुन्न मतदान हुँदैछ।न्युजवायरका अनुसार श्रीलंकाको संसदमा राष्ट्रपति छान्न पहिलो पटक मतदान हुन लागेको हो। कार्यकारी अधिकारसहितको श्रीलंकाको राष्ट्रपति आमनिर्वाचनबाट चुनिन संवैधानिक व्यवस्था छ। यसअघि सन् १९९३ मा तत्कालीन राष्ट्रपति रनसिंघे प्रेमदासाको हत्यापछि उनको बाँकी कार्यकालका लागि संसदले राष्ट्रपति चुनेको थियो। त्यो बेला डिबी […]
नागरिक रैबार/बाजुुरा ४ साउन। निरन्तरको वर्षासंगै बुढीगंगा नदिमा आएको बाढीले बाजुराको बडीमालिका नगरपालिका वडा नम्मर २ भौनेरामा रहेका ४ वटा घर जोखिम्मा परेका छन् ।. मंगलबार राति देखि परेको निरन्तरको वर्षासंगै बुढीगंगा नदीमा आएको बाढीले बडीमालिका नगरपालिका २ भौनेरा बस्ने अम्मराज पण्डित, तर्कराज पण्डित, लक्ष्मी पण्डित र चन्द्रराज पण्डितको बस्ने घरहरु जोखिम्मा रहेको जिल्ला प्रहरी […]
धनगढीः सुदूरपश्चिममा राजमार्गहरु अवरुद्ध भइरहेका छन्। वर्षापछि प्रदेशका केही राजमार्गहरु अवरुद्ध भएका हुन्। अहिलेसम्म बझाङ, बैतडी र दुर्चाला जोड्ने सडक अवरुद्ध भएको प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाले जनाएको छ। बझाङको जालेबगरमा सेती नदीले कटान गर्दा राजमार्ग अवरुद्ध भएको हो। भने, बैतडी र दार्चुलामा पहिरो खसेपछि यातायात सेवा प्रभावित भएको प्रहरीले जनाएको छ। दार्चुलाको शैल्यशिखरमा पर्ने […]
नागरिक रैबार/बाजुरा ३ साउन।बाजुराका एक युवकको भारतको मुम्बईमा निधन भएको छ । जिल्लाको बुढीनन्दा नगरपालिका वडा नम्मर २ नुवाघर भएका २५ वर्षिया धनबहादुर विकको भारतको मुम्बईको मुलुनको मुसिपाटी अस्पतालमा उपचारका क्रममा निधन भएको आफन्त डबल विकले बताएका छन् । उनका अनुसार निधन भएका धनबहादुर गत असोजमा विवाह गरेर रोजगारको सिलसिलामा ६ महिना अघि मात्रै मुम्बई […]
काठमाडौंः संसदीय विशेष छानबिन समितिले तत्कालीन अर्थमन्त्री जनार्दन शर्माले बजेटमा चलखेल गरेको बेलाको सीसीटीभी फुटेज योजनाबद्ध रूपमा मेटाइएको निष्कर्ष निकालेको छ। जेठको सीसीटीभी माग्दा असारको हार्डडिक्स दिनु, उपभोक्ता हित संरक्षण मञ्चले माग्दा १३ दिनसम्म मात्रै रहन्छ भन्नु, अर्थ मन्त्रालयका कर्मचारीको बयानमा यस्तै कुरा आउनुले योजनाबद्ध देखिएको समितिका एक सदस्यले बताएका छन्। तीन महिनासम्म सीसीटीभी फुटेज […]
धनगढीः सुदूरपश्चिममा थप ९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। स्वास्थ्य निर्देशनालय दीपायलले सार्वजनिक गरेको तथ्यांकअनुसार कैलाली–कञ्चनपुरका सीमा नाकामा २६४ जनाको एन्टिजेन परीक्षण गर्दा ९ जनामा संक्रमण पुष्टि भएको हो। निर्देशनालयका अनुसार कञ्चनपुरको सीमा नाकामा २०९ जना नमूना परीक्षण गर्दा ७ र कैलालीमा ५४ नमूना परीक्षण गर्दा २ जनामा संक्रमण फेला परेको हो। यस्तै […]
काठमाडौं । समाजवादी केन्द्र निर्माणबारे तीन दलका नेताहरु छलफलमा जुटेका छन् । सिंहदरबारस्थित नेकपा माओवादी केन्द्रको संसदीय दलको कार्यालयमा नेताहरु छलफलमा जुटेका हुन् । बैठकमा माओवादी केन्द्रबाट अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेताहरु नाराणकाजी श्रेष्ठ र वर्षमान पुन सहभागी छन् । त्यस्तै एकीकृत समाजवादीबाट अध्यक्ष माधवकुमार नेपाल र नेकपा एकता राष्ट्रिय अभियान पार्टीका संयोजक वामदेव गौतम […]
नागरिक रैबार/बाजुरा ३ साउन।कृषि ज्ञान केन्द्र बाजुराको वार्षिक समिक्षा गोष्ठी सम्पन्न भएको छ । ज्ञान केन्द्रले २०७८/८९ बाजुरामा गरेका क्रियाकलापहरुको वार्षिक प्रगति विवरण सार्वजनिक गर्दै वार्षिक समिक्षा गोष्ठी सम्पन्न गरेको हो । कृषि ज्ञान केन्द्र बाजुराका कार्यालय प्रमुख हरि प्रशाद पनेरूको अध्यक्षतामा भएको वार्षिक समिक्षा गोष्ठीमा प्रमुख अतिथि बडिमालिका नगरपालिका नगर प्रमुख अमर खड्का रहेका […]