होमपेज केही सेकेण्डमा लोड हुनेछ।
Advertisement area
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अबको दुई तीन दिनमा चुनाव घोषणा हुने बताएका छन् । अध्यक्ष प्रचण्डले केही विधेयकहरु पारित भएलगत्तै चुनावको मिति घोषणा हुने बताए । बिहीबार खुमलटारमा आयोजित प्रेस सेन्टरका केन्द्रीय सदस्यको अनौपचारिक छलफल कार्यक्रममा बोल्दै उनले भने, ‘अबको दुई तीन दिनमा चुनाव घोषणा हुन्छ । प्रधानमन्त्रीजीले नागरिकता विधेयक अघि घोषणा […]
धनगढीः कलेजो दान दिएर बागलुङ नगरपालिका–२ का निलेशराज भण्डारीले बुबा अशोक गोविन्दको जीवनरक्षा गरेका छन्। कलेजो बिग्रेर कामै नगर्ने अवस्थामा पुगेपछि छोरा निलेशको कलेजोको आधा भाग ७० वर्षीय बुबामा प्रत्यारोपण गरिएको हो। गत शुक्रबार भारतको नयाँ दिल्लीस्थित एक अस्पतालमा शल्यक्रिया गरी कलेजो प्रत्यारोपण गरिएकोराज भण्डारीले टेलिफोनमार्फत् जानकारी दिए। ‘प्रत्यारोपण सफल भयो, अहिले बुबा र मेरो […]
डोटीको दिपायल सिलगढी नगरपालिकाले नगरबसमा यात्रा गर्ने पत्रकार, ज्येष्ठ नागरिक, विद्यार्थी तथा अपाङ्गता भएका व्यक्तिलाई ५० प्रतिशतसम्म भाडा छुट दिने निर्णय गरेको छ। नगर क्षेत्रभित्र सञ्चालन गरेको नगरबसमा यात्रा गर्ने क, ख र ग वर्गमा परेका ज्येष्ठ नागरिक, अपाङ्गता भएका व्यक्ति, पत्रकार र विद्यार्थीलाई तोकिएको भाडादरमा ५० प्रतिशत छुट दिने निर्णय गरेको हो। नगरबसमा छुट […]
धनगढी, १२ साउन । सुदूरपश्चिम प्रदेशमा हालसम्म ७९ प्रतिशतले कोभिड–१९ विरूद्दको पूर्ण मात्राको खोप लगाएका छन ।सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालयले धनगढीमा आयोजना गरेको खोप सम्बन्धि सञ्चारकर्मीहरूसंगको अन्तरक्रिया कार्यक्रममा सो जानकारी दिइएको हो । प्रदेशमा कोभिड–१९ विरूद्दको पहिलो मात्रा ८३ प्रतिशतले लगाएका छन भने ३३ प्रतिशतले थप मात्रा लगाएका छन ।कञ्चनपुर जिल्लामा सबैभन्दा बढी ८७ प्रतिशतले […]
धनगढीः निरन्तरको मेहनत र दृढ आत्मविश्वासले सफलता निश्चित हुन्छ। यो कथनका उदाहरण बनेका छन् कैलालीको कैलारी गाउँपालिका ६ बनकट्टाका ५३ वर्षीय भागीराम चौधरी। २९औं पटकसम्म एसएलसी तथा एसईईमा अनुत्तीर्ण भएका उनी अन्ततः ३०औं पटकको प्रयासमा सफलता हासिल गरेका छन। राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालयले बुधबार सार्वजनिक गरेको माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा अनुसार […]
धनगढीः अत्तरियामा चक्काजाम गरिएको छ। ट्राफिक प्रहरीले सडक किनारामा रोकिएको बसलाई जरिमाना कटाएको भन्दै विवाद भएपछि सवारी चालकहरुले चक्काजाम गरेका हुन्।काठमाण्डौं-महेन्द्रनगर रुटको म १ ख ९१० नम्बरको बसलाई जरिमाना कटाएपछि बस चालक र प्रहरीबीच विवाद भएको थियो। त्यसपछि प्रहरीले सवारी चालक श्यामराज जोशीलाई पक्राउ गरेको छ। उनलाई पक्राउ गरेपछि अन्य यातायात व्यवसायीहरुले सडकमा चक्काजाम गरेका […]
धनगढीः अत्तरियामा चक्काजाम गरिएको छ। ट्राफिक प्रहरीले पार्किङ निषेध क्षेत्रमा रोकिएको बसलाई जरिमाना कटाएको भन्दै विवाद भएपछि सवारी चालकहरुले चक्काजाम गरेका हुन्। काठमाण्डौं महेन्द्रनगर रुटको म १ ख ९१० नम्बरको बसलाई जरिमाना तिराएपछि बस चालक र प्रहरीबीच विवाद भएको थियो। त्यसपछि प्रहरीले सवारी चालक श्यामराज जोशीलाई पक्राउ गरेको छ। उनलाई पक्राउ गरेपछि अन्य यातायात व्यवसायीहरुले […]
काठमाण्डौ । सामाजिक विषयमाथि बनेको अर्को कारुणीक तीज गीत मलिन छ मुहार भर्खर मात्र सार्वजनिक भएको छ । गीतको लय तथा शब्द निकै दमदार रहेको छ भने भिडियो पनि उत्कृष्ट बनाइएको छ । गीतलाई हरि गिरीले लय तथा शब्द सिर्जना गरका छन भने सुप्रिम मल्ल,निशा रनपाल साथै हरि गिरीको आवाज रहेको छ । गीतलाई हमाल […]
गत आर्थिक वर्ष २०७८/७९ मा नेपालले साढे २१ करोड रुपैयाँभन्दा बढीको तास विभिन्न देशबाट आयात गरेको छ । भन्सार विभागका अनुसार २०७८ साउनदेखि २०७९ असार मसान्तसम्मको अवधिमा नेपालले उक्त मूल्यको तास आयात गरेको हो । सो अवधिमा २१ करोड ५४ लाख ४५ हजार रुपैयाँको तास नेपाल भित्रिएको विभागले जनाएको छ । उक्त मूल्यमा १ करोड […]
काठमाडौं । पछिल्लो केही दिनयता क्रिस्टियानो रोनाल्डोले म्यानचेष्टर युनाइटेड छाड्न चाहेको चर्चा विश्वभरको सञ्चारमाध्यममा छ । युनाइटेड आगामी सिजन च्याम्पियन्स लिगमा छनोट नभएपछि रोनाल्डोले च्याम्पियन्स लिग खेल्नकै लागि क्लब छाड्न खोजेको बताइन्छ । तर, उनले अहिलेसम्म उपयुक्त विकल्प पाएका छैनन् । नयाँ सिजनअघि प्रि–सिजन टूरमा पनि रोनाल्डो सहभागी भएनन् । यसमा उनले पारिवारिक कारण देखाए […]
धनगढीः कञ्चनपुरमा चितुवाको छालासहित २ जना पक्राउ परेका छन्। बुधबार जिल्लाको कृष्णपुर नगरपालिका-३ बाट प्रहरीले उनीहरुलाई समातेको हो। प्रहरीका अनुसार पक्राउ पर्नेमा डडेल्धुराको अमरगढी नगरपालिका-३ काडेकी ४० वर्षीया मालती मल्ल र जोसिनाका २९ वर्षीय मोहन सार्की रहेका छन्। उनीहरुले धानबारीमा लुकाएको अवस्थामा २ थान चितुवाको आलो छाला बरामद गरिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जानकारी दिएको […]
अभिनेत्री मिरुना मगरविरुद्ध गाली बेइज्जती र कुटपिटसम्बन्धी मुद्दा दर्ता भएको छ । बौद्ध भिक्षु फुर्वा साङ्मो तामाङले बुधबार काठमाडौं जिल्ला अदालतमा मुद्दा दर्ता गरेका हुन् । तामाङले मिरुनाको अलवा फिल्म प्राविधिक पृथ्वीसिंह ठकुरीविरुद्ध समेत मुद्दा हालेका छन् । काठमाडौं जिल्ला अदालतका सूचना अधिकारी दीपक दाहालले अभिनेत्री मगर र प्राविधिक ठकुरी विरुद्ध मुद्दा दर्ता भएको जानकारी […]
काठमाडौं । नेपालले ५ वर्षका लागि भारतसँग झण्डै नौ लाख मेट्रिक टन रासायनिक मल खरिद गर्ने सम्झौता गरेको छ । यो सम्झौता अनुसार नेपाल सरकारले सन् २०२५/२६ भित्र ४ लाख ५७ हजार मेट्रिक टन युरिया र ३ लाख ७० हजार मेट्रिक टन डिएपी खरिद गर्ने छ । गत चैतमा मल खरिदका लागि भएको सरकार–सरकार (जीटूजी) […]
झापा साउन १२ । नेकपा एमालेका अध्यक्ष तथा पुर्व प्रधानमन्त्री केपी शर्मा ओली अहिले गृह जिल्ला झापामा रहनुभएको छ । कार्यकर्ता भेटघाटमा ब्यस्त रहनुभएका ओलीले बिहान विर्तामोडमा आज बिहान व्याटमिन्टन खेल्नुभएको छ । स्वस्थ्य शरिरका लागि खेलकुद आवश्यक रहेको सन्देश दिनका लागि उहाँले व्याटमिन्टन खेल्नुभएको हो ।
काठमाडौं । प्राविधिक शिक्षा तथा व्यावसायिक तालीम परिषद् ढसीटीईभीटी) ले डिप्लोमा तहमा शैक्षिक सत्र २०७९/२०८० मा छात्रवृत्तिका लागि आवेदन माग गरेको छ । सीटीईभीटीले वर्गीकृत (निःशुल्क) छात्रवृत्तिका लागि दुई हजार ९१३ कोटाका लागि छात्रवृत्तिमा आवेदन माग गरेको छ । छात्रवृत्तिमा सीटीईभीटीका कार्यक्रममा सहभागी हुन चाहने प्रशिक्षार्थीले साउन २९ गते आइतबारभित्र रीतपूर्वक आवेदन दिनुपर्ने छ । […]
काठमाडौँ — कोकाकोलाले स्प्राइटको बोतल परिवर्तन गर्ने भएको छ । ६० वर्षदेखि हरियो प्लास्टिकको बोतलमा पाइँदै आएको स्प्राइट अबदेखि भने पारदर्शी प्लास्टिकको बोतलमा पाइने भएको छ । बुधबार कम्पनीले आउँदो अगस्ट १ देखि पुन: प्रशोधन गर्न सकिने प्लास्टिकको बोतलमा स्प्राइट बेच्ने घोषणा गरेको हो । कम्पनीलाई वातावरणमैत्री बनाउँदै लैजाने योजनाअन्तर्गत यो कदम चालिएको कम्पनीले जनाएको […]
काठमाडौं । कोरोना संक्रमणको फैलावट रोक्न चीनको वुहानमा फेरि लकडाउन घोषणा गरिएको छ । चार जनामा कोरोना संक्रमण पुष्टि भएपछि तीन दिनका लागि लकडाउन गरिएको बीबीसीले जनाएको छ । चीनको वुहानबाटै कोरोना संक्रमण सुरु भएर विश्वव्यापी महामारीको रुप लिएको थियो । अहिले वुहानको जियाङ्गसिया क्षेत्रमा चार जनामा लक्षण विनाको कोरोना संक्रमण पुष्टि भएको छ । […]
काठमाडौं । इराकको राजधानी बगदादस्थित संसद भवनमा प्रदर्शनकारीहरु प्रवेश गरेका छन् । संसद् भवन प्रवेश गर्न खोज्नेहरूलाई सुरक्षाकर्मीहरूले रोक्ने प्रयास गरे पनि नसकेको र ठूलो भीड संसद भवनभित्र छिरेको समाचार एजेन्सी एएफपीले जनाएको छ । सामाजिक सन्जालहरुमा सेयर भइरहेका भिडियो र फोटोहरुमा प्रदर्शनकारीहरू संसद भवनभित्र नाचगान गरेको र टेबलहरूमा सुतेको देखिन्छ । इराकमा शिया धर्मगुरु […]
काठमाडौं । आध्यात्मिक सेलिब्रिटी सद्गुरु र फिल्म अभिनेता राजेश हमाललाई दर्शकले अब एउटै स्क्रिनमा हेर्न पाउने भएका छन् । भारतीय योग तथा आध्यात्मिक गुरुको निम्तोमा हमाल भदौ ९ गते भारतको तमिलनाडुस्थित कोइमबतुर प्रस्थान गर्नेछन् जहाँ उनले सद्गुरुसँग टक शो गर्नेछन् । यो प्रतीक्षित टक शो सद्गुरु आश्रममा हुनेछ । भदौ ११ गते छायांकन हुने टक […]
जुम्ला — दसैं होस् वा अन्य चाडबाड र पारिवारिक भेला, जुम्ला कनकासुन्दरी–१ का भक्तबहादुर कठायतको घर प्रहरी चौकीजस्तो देखिन्छ । स्थानीयले पनि प्रहरीको परिवार भनेरै चिन्छन् । किनकि भक्तका ९ सन्तानमध्ये कान्छी छोरीबाहेक ४ छोरा र ४ छोरी प्रहरीमा जागिरे छन् । तीमध्ये तीन जना हवलदार हुन् भने अरू जवान । एक छोरा शेरसिंह सशस्त्र प्रहरीमा छन् भने अन्य […]