होमपेज केही सेकेण्डमा लोड हुनेछ।
Advertisement area
काठमाण्डौ – निर्वाचन आयोगले आगामी मंसिर १४ गते हुने उपनिर्वाचनको कार्यतालिका सार्वजनिक गरेको छ । आयोगले एक प्रतिनिधिसभा , तीन प्रदेशसभा र ४८ स्थानीय तह गरी ५२ रिक्त पदका लागि हुने उपनिर्वाचनको मनोनयन दर्ताका लागि शुक्रवार कार्यतालिका सार्वजनिक गरेको हो । कार्यतालिका अनुसार प्रतिनिधिसभा र प्रदेशसभाको उपनिर्वाचनका लागिे मनोनयन दर्ताको समय कात्तिक २१ गते सम्म तोकिएको […]
कात्तिक २ – काठमाडौं । सरकारले शनिबार र आइतबार दुई दिन ६ महिनादेखि पाँच वर्षसम्मका बालबालिकालाई भिटामिन ए र जुकाको औषधि खुवाउँदै छ । प्रदेश तथा स्थानीय तहसँग मिलेर राष्ट्रिय भिटामिन ए कार्यक्रम सञ्चालन गरेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बालबालिकाहरुलाई भिटामिन ए र जुकाको औषधि खुवाउन लागेको हो । नजिकको खोप केन्द्र वा वडा कार्यालयमा […]
विभिन्न फौजदारी अपराधको अभियोग लागेका सांसदको संख्या पाँच पुगेको छ। सुदूरपश्चिमका मात्रै दुई जना सासंद अपराधमा मुछिएका छन्। कैलाली निर्वाचन क्षेत्र नम्वर ५ बाट नेकपाका सांसद नारदमुनि राना रातो पासपोर्ट दुरुपयोग र राष्ट्रिय जनता पार्टीका सांसद रेशमलाल चौधरी व्यक्ति हत्याका आरोपित हुन्। प्रतिनिधिसभाका निवर्तमान सभामुख कृष्णबहादुर महरा, सांसद हरिनारायण रौनियार र प्रतिनिधिसभा सदस्य मोहम्मद अफताव […]
काठमाडौं- नेपाली क्रिकेट टोलीका कप्तान पारस खड्काले अन्तर्राष्ट्रिय क्रिकेटमा नयाँ उचाई हासिल गरेका छन् । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल आइसीसी ले जारी गरेको टी २० ब्याटिङतर्फ पारसले ४५ औं स्थानमा नाम बनाएका हुन् । पारसभन्दा भारतका महेन्द्रसिंह धोनी र वेष्ट इन्डिजका क्रिस गेलभन्दा पारसको वरियता माथि पुगेको छ । अलराउन्डरतर्फ पारस २४ औं स्थानमा परेका छन् […]
काठमाडौँ – चिनियाँ राष्ट्रपति सी जिनपिङले नेकपाका नेताहरूलाई सत्ता कब्जा गरेर जनताको मन जित्न नसकिने सन्देश दिएका छन् । उनले निरन्तर जनताको सेवा गरेकोले चिनियाँ कम्युनिष्ट पार्टीले चीनमा शासन गर्न सकेको पनि बताएका छन् । सत्तारुढ नेकपाका शीर्ष नेताहरुसँगको भेटमा राष्ट्रपति सीले यस्तो बताएका हुन् । ‘चिकपाले चीनमा शासन गर्न सकेको क्रान्ति गर्दा एकचोटी सत्ता […]
काठमाडौं, असोज २६ । चिनियाँ राष्ट्रपति सी चिनफिङले नेपालको विकासमा आर्थिक सहयोग गर्ने घोषणा गरेका छन् । नेपाली समकक्षी विद्यादेवी भण्डारीसँगको भेटवार्तामा सीले तीन वर्षभित्र ५६ अर्ब सहयोग रकम उपलब्ध गराउने घोषणा गरे । राष्ट्रपति भवन शितल निवासमा भएको भेटलाई सम्वोधन गर्दै राष्ट्रपति सीले विमानस्थलमा आफुलाई गरिएको स्वागतको खुलेर प्रशंसा गरे । आफु र चीनलाई […]
चितवन – चितवनमा बस दुर्घटना हुँदा ३८ जना घाइते भएका छन् । काठमाडौँबाट सर्लाहीको मलङ्गावातर्फ जाँदै गरेको ना ५ ख ५३४४ नम्बरको रात्रिबस भरतपुर महानगरपालिका–१२ आस्था चोकमा गए राति १२ः३० बजे दुर्घटना हुँदा ३८ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । घाइतेमध्ये एकको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार […]
२० असोज, काठमाडौं । यतिबेला गाउँ सहर सबैतिर दशैंको रमाइलो छ । दशैंमा दक्षिणा पाएका हुन् वा दक्षिणा दिन तयार पारिएका नयाँ नोटहरु बजारमा प्रशस्त छन् । दशैंको टीकापछि पसलमा केही सामान किन्यो भने फिर्ता रकम पनि नयाँ नोट नै आउँछ । नयाँ नोट बजारमा छ्याप्पछ्याप्ती रहेका बेला तिनै नोटमा कतै नक्कली त मिसिएको छैन […]
आज दुर्गा भवानीको पूजा आराधना गरी महानवमी पर्व हर्षोल्लासका साथ मनाइँदैछ ।महानवमीका दिनमा गरिने दुर्गा पूजालगायतका कार्य गरी घटस्थापनाका दिनमा राखिएको जमरा विभिन्न शक्तिपीठमा लगेर चढाइन्छ । दशैँ घर र कोतलगायत देशका विभिन्न देवी मन्दिर र शक्तिपीठमा बोका, हाँस, कुखुरा र राँगाको बलिसहित दुर्गा भवानीको विशेष पूजा आराधना र दुर्गा सप्तशती, श्रीमद्देवीभागवत एवं देवी स्तोत्र […]
१७ असोज, काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरणले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा महाप्रवन्धक परिवर्तन गरेको छ । प्राधिकरणले विमानस्थलका महाप्रवन्धक राजकुमार क्षेत्रीलाई बिहीबार साँझ सचिवालयमा तानेको छ । स्रोतकाअनुसार चिनियाँ राष्ट्रपति सी जिनपिङको आसन्न नेपाल भ्रमणबारे सूचना चुहाएको आरोपमा उनीमाथि कारबाही गरिएको हो । प्राधिकरणका सूचना अधिकृत त्रिलोचन पौडेलले भने नियमित प्रशासनिक प्रक्रिया अनुसार विमानस्थलको नेतृत्व […]
काठमाडौं । चिनियाँ राष्ट्रपति सी चिनफिङ यही असोज २५ गते अर्थात् अक्टोबर १२ तारिखमा नेपाल आउने भएका छन्। चिनियाँ राष्ट्रपति सीको नेपाल भ्रमण दुई साताअघि नै तय भए पनि सरकारले गोप्य राखेको छ। सरकारी उच्च स्रोतका अनुसार सी २५ गते नेपाल आई २६ गते फर्कने छन्। ‘अहिलेसम्म सी नेपाल आउने अक्टोबर १२ तारिखकै कुरा छ तर […]
काठमाडौं– निवर्तमान सभामुख कृष्णबहादुर महराबाट आफूमाथि यौन दुर्व्यवहार भएको भन्दै मिडियामा आएकी संसद सचिवालयमा कार्यरत महिलाले हाल आफूमाथि कुनै दुर्व्यवहार नभएको दाबी गर्दै प्रहरीमा निवेदन दर्ता गराएकी छिन् । उनले महानगरीय प्रहरी वृत्त नयाँ वानेश्वरमा बुधबार निवेदन दर्ता गराएकी हुन् । महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता होविन्द्र बोगटीले महिलाले निवेदन दर्ता गराएको पुष्टि गरे । […]
दशैँ-तिहार लगायत चाडपर्वका समयमा बढी भाडा असुल्ने लामो तथा छोटो दुरीका सवारी साधनका व्यवसायी तथा चालकलाई ठगी अभियोगमा कारबाही गर्ने व्यवस्था छ । चाडपर्वका बेला सार्वजनिक यातायातमा सरकारले तोकेभन्दा बढी भाडा लिए टेलिफोनमार्फत् सवारी साधनको नम्बरसहित प्रहरीलाई जानकारी गराउन सकिन्छ । लामो दुरीको गाडीका लागि टिकटमा कालोबजारी, नक्कली टिकट बिक्री, दोहोरो बिक्री, ट्याक्सीमा हुने ठगी लगायतका […]
एक वर्षमा देशैभरी फोरजी सेवा सुरु गर्ने उद्देश्य सहित सेवा विस्तार गरिरहेको नेपाल टेलिकमले आज सुदूरपश्चिममा पनि सेवाको उद्वघाटन गर्ने भएको छ। कैलाली र कञ्चनपुरका विभिन्न सहरमा फोरजी सेवा सुरु गर्न आज उद्वघाटन कार्यक्रम राखिएको हो। नेपाल टेलिकम क्षेत्रीय निर्देशनालय सुदूरपश्चिमका अनुसार दुई जिल्लाका १२ सहरमा दशैँ अगाडी नै फोरजी सेवा विस्तारको कार्य अनुसार आज […]
सिन्धुपाल्चोक । हेलम्बु गाउँपालिकाले एकल पुरुषलाई पनि सामाजिक सुरक्षा भत्ता दिने भएको छ । पाँचौं गाउँसभाबाट २० लाख बजेट छुट्टयाएर एकल पुरुषलाई भत्ता दिन मूल अभिलेख अध्यावधिक गर्न सूचना जारी गरिसकेको छ । एकल पुरुष महिला दुवैलाई दर्ताका लागि सूचना गरसकेको हेलम्बु गाउँपालिकाका प्रमुख निमाग्याल्जेन शेर्पाले बताए । ‘पुरुष र महिलालाई व्यावहारिक रुपमा समानता दिन बराबरी […]
काठमाडौं- दशैंका लागि अग्रिम टिकट बुकिङ खुला भएयता झण्डै १० लाख यात्रु काठमाडौं उपत्यकाबाट बाहिरिएका छन् ।महानगरीय ट्राफिक प्रहरी महाशाखाका अनुसार मंगलबारसम्म ९ लाख ९२ हजार ८ सय ६७ यात्रु बाहिरिएका छन्।६ लाख ९१ हजार ६ सय ४६ यात्रु भित्रिएका छन् । जसमा १ लाख १९ हजार ४ सय ६७ सवारी साधन यात्रु बोकेर बाहिरिएको […]
रमित विक/असोज १४ बाजुरा। नेपालीहरुको महान चाड बडादशैं हिजोबाट विधिवत रुपमा सुरु भए संगै दशैं मनाउन घर फर्किनेहरुको चाप बढेको छ । यति खेर घर छाडेर बाहिर गएकाहरु दशैँ मनाउन घर फर्कीन थालेका छन् । विशेष गरी कामको लागि देशका विभिन्न भु–भाग र भारतका विभिन्न स्थानहरुमा गएका तथा अध्ययनको शिलशिलामा जिल्ला बाहिर गएकाहरु यतिखेर सामुहिक […]
काठमाडौं– नेपालीहरुको महान चाड बडा दशैंको दोस्रो दिन आज विभिन्न शक्तिपीठहरुमा ब्रह्मचारिणी माताको पूजा आराधना गरिँदैछ ।नवरात्रभर नवदुर्गा भवानीको पूजा गर्ने प्रचलन अनुसार आज ब्रह्मचारिणीको पूजा गरिन्छ । पूजा आजाका लागि बिहानैदेखि शक्तिपीठहरुमा भक्तजनहरुको भीड लागेको छ । नवरात्रको अवधिभर विभिन्न देवी देवता र शक्तिपीठहरुमा एक चित्त र एकाग्र भइ ब्रत बस्नाले मनोकांक्षा पूरा हुने […]
ओखलढुंगामा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) जिल्ला कमिटी सचिवालय सदस्य अशोक थापाले आफ्नै पार्टीका वडाअध्यक्षमाथि कुटपिट गरेका छन् ।शनिबार बेलुका पार्टीको आन्तरिक विवादकाकारण थापाले चिसंखुगढी गाउँपालिका–२ का वडा अध्यक्ष नरेन्द्र वस्नेतलाई गिलास प्रहार गरेका हुन् । गिलास प्रहारबाट बस्नेतको आखामाथी चोट लागेको छ । पार्टीको कार्यक्रम सकेर वडा नं. २ स्थित पोखरेमा खाजा खाने क्रममा विवाद […]
सुदूरपश्चिम प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालयले प्रहरीको लागि गाडी हस्तान्तरण गरेको छ । बुधबार आन्तरिक मामिला तथा कानुन मन्त्री प्रकाश शाहले प्रदेश प्रहरी प्रमुख डिआइजी तारिणि प्रसाद लम्साललाई नौ ओटा गाडीको साँचो हस्तान्तरण गरेका हुन् । गाडी खरिद गरेको झन्डै ७५ दिन पछि प्रदेश सरकारले प्रहरीलाई गाडी हस्तान्तरण गरेको हो । प्रदेश प्रहरीको लागि […]