होमपेज केही सेकेण्डमा लोड हुनेछ।
Advertisement area
जिल्ला प्रशासान कार्यालय सिन्धुपाल्चोकले जिल्लाको बाह्रविसे नगरपालिकाका केही स्थानमा आइतबारका लागि निषेधाज्ञा जारी गरेको छ । शुक्रबार बाह्रविसे नगरपालिका वडा नं ४ स्थित बजारमा सडक अतिक्रमण गरी निर्माण गरिएका घर टहराहरु भत्काएपछि स्थानीयहरु विरोधमा उत्रिएका छन् । विरोधमा उत्रिएका स्थानीयहरुले शनिबार बजार क्षेत्रमा नारा जुलुस गरी नगरपालिकाको कार्यालयमा तालाबन्दी एवं केही गमला समेत तोडफोड गरेकाले […]
काठमाडौं- त्रिभुवन विश्वविद्यालयल (त्रिवि)ले आगामी फागुन १४ गते स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनको गर्ने निर्णय गरेको छ ।त्रिवि कार्यकारी परिषद्को बुधबार बसेको बैठकले फागुन १४ गते स्ववियु निर्वाचन गर्ने घोषणा गरेको विद्यार्थी कल्याण महाशाखा प्रमुख गङ्गाबहादुर थापाले जानकारी दिए । परिषद्ले महाशाखा प्रमुख थापालाई त्रिवि अन्तर्गतका क्याम्पसमा स्ववियु निर्वाचनको तयारी गर्न निर्देशन दिइसकेको छ ।‘‘मलाई […]
सुदूरपश्चिमका चिकित्सक अभावका कारण समस्या हुन थालेको छ। हिमपातसँगै एकाएकको चिसोले यहाँका अस्पतालमा बिरामीको सङ्ख्या बढे पनि उपचार गर्ने चिकित्सक नहुँदा सथानीयलाई सास्ती हुने गरेको छ। स्वास्थ्यकर्मी समायोजनमा यहाँका स्वास्थ्यकर्मीले सङ्घ रोजेर गएपछि डोटीलगायत समग्र सुदूरपश्चिमका अधिकांश अस्पताल र प्राथमिक स्वास्थ्य केन्द्रमा चिकित्सक अभाव देखिएको हो। सुदूरपश्चिम क्षेत्रीय स्वास्थ्य निर्देशनालय दिपायल राजपुरका अनुसार डोटीसहित समग्र […]
अछाम जिल्लामा छाउ गोठ भत्काउने अभियानमा प्रहरी सक्रिय भएको छ। जिल्ला प्रहरी कार्यालय अछामका अनुसार पुस ९ गतेदेखि सुरु भएको अभियान अन्तरगत अहिले सम्म एक हजार एक सय ५२ छाउ गोठ भत्काईएको छ। समुदाय–प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत छाउ गोठ भत्काउन सुरु गरिएको जिल्ला प्रहरी कार्यालय अछामका प्रहरी निरिक्षक रमेशदत्त अवस्थीले बताए। जिल्ला प्रहरी कार्यालय तथा […]
सार्वजनिक पदको दुरुपयोग गरी करोडौँ रुपैयाँ आर्जन गरेको निजामती, प्रहरीलगायत उच्च पदस्थ राष्ट्रसेवकहरु धमाधम अकूत सम्पत्ति छानबिनमा तानिन थालेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ६ महिनायता झन्डै १ सय ४० जना राष्ट्रसेवक कर्मचारीमाथि अकूत सम्पत्तिमा छानबिन थालेकोमा २० जनाविरुद्ध करोडौँ रुपैयाँ बिगो दाबी गर्दै मुद्दा दायर गरिसकेको छ । अख्तियारका अनुसार पछिल्लो ६ महिनामा […]
काठमाडौं- आगामी माघ ९ गते हुने राष्ट्रिय सभा सदस्यको निर्वाचनमा उम्मेदवारी दर्ता गर्न चाहने हरेक उम्मेदवारले १० हजार रुपियाँ धरौटी बुझाउनुपर्ने भएको छ । निर्वाचन आयोगले तयार गरेको राष्ट्रिय सभा सदस्यको निर्वाचन तालिका अनुसार यही पुस २० गते सम्बन्धित प्रदेशमा उम्मेदवारी दर्ता हुँदैछ । आयोगका अनुसार यही पुस २० गते आइतबार दिनको १० देखि ३ […]
शनिबार पनि देशका धेरै ठाउँमा पानी र हिउँ पर्ने मौसमविद्ले बताएका छन्। तर शुक्रबार हिउँ र पानी पारेको पश्चिमी वायु कमजोर हुँदै गएकाले शनिबार शुक्रबारको तुलनामा कम हिउँ र पानी पर्ने मौसमविद् प्रतिभा मानन्धरले बताए। उनका अनुसार शनिबार देशभर कै मौसम एकैछिन उघ्रिए पनि फेरि बादल लागिहाल्नेछ। काठमाण्डौसहित देशका विभिन्न ठाउँमा पानी पर्ने र उच्च […]
मौसममा बद्ली भएसँगै सुदूरपश्चिमका पहाडी जिल्लामा फेरी हिमपात भएपछि विभिन्न राजमार्ग अवरुद्ध भएको छ। अत्तरिया– डडेल्धुरा भीमदत्त राजमार्ग र डडेल्धुरा बैतडी दशरथ चन्द राजमार्ग विभिन्न ठाउँमा अवरुद्ध भएको छ। डडेल्धुराका प्रमुख जिल्ला अधिकारी राजु पौडेलका अनुसार भीमदत्त राजमार्गको हगुल्टे र दशरथ चन्द राजमार्गको अनारखोलीमा भारी हिमपात भएको छ। डडेल्धुरा सदरमुकाममै पनि केही ठाउँमा एक फिट […]
बिहिवार रातिदेखि भईरहेको हिमपातका कारण सुदूरपश्चिमका पहाडी र हिमाली जिल्लाको जनजीवन प्रभावित भएको छ। डडेल्धुरा, डोटी, बैतडी, बझाङ, बाजुरा, लगायतका जिल्लामा हिमपात भईरहेको छ। हिमपातपछि बढेको चिसोले जनजीवन प्रभावित भएको हो। अहिले भने मौसम पुर्वानुमान महाशाखाले अनुसार अबको केही दिन तापक्रम घटबढ भइरहने छ। पश्चिमी वायु सक्रिय भएकाले अझै देशको पश्चिमी तथा मध्य हिमाली भू–भागका […]
आज देशभर मौसम बदली भइ केही स्थानमा वर्षा र हिमपात हुने मौसमविदले बताएका छन्। अहिले काठमाडौं उपत्यकासहित देशभरको आकास बादलले ढाकेको छ। त्यसैले आज घाम लाग्ने सम्भावना कम छ। मौसमविद प्रतिभा मानन्धरले भनिन, ‘काठमाडौं उपत्यकासहित देशभर नै अहिले बदलीको अवस्था छ। आज पानी पर्छ, घाम लाग्ने सम्भावना छैन।’ शुक्रबार रातिसम्मै उच्च पहाडी तथा हिमाली भागमा मध्यमदेखि […]
कञ्चनपुर : नेपाल भ्रमण वर्ष २०२० बुधबारदेखि सुरु हुँदैछ। सुदूरपश्चिम प्रदेश पनि नेपाल भ्रमण वर्षको शुभारम्भका दिन विविध कार्यक्रम गर्दैछ। कैलालीको धनगढीमा सांस्कृतिक कार्यक्रमसहित मुख्यमन्त्री त्रिलोचन भट्टले नेपाल भ्रमण वर्षको शुभारम्भ गर्ने कार्यक्रम छ। कार्यक्रम धनगढीस्थित संघीय प्रहरीको खेल मैदानमा हुनेछ। उद्घाटनको दिन सुदूरपश्चिम प्रदेशका सांस्कृतिक नृत्य, पहिरन र पर्यटकीय क्षेत्र झल्किने झाँकी प्रदर्शन गरिने जनाइएको […]
प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले पुस महीनाको तलव, भत्ता हाल सरुवा भएको दरबन्दीबाट पाउने गरी डीएसपीहरूको सरुवा गरेका छन्। काठमाडौं। नेपाल प्रहरीका ७७ जना प्रहरी नायव उपरीक्षक (डीएसपी)को सरुवा भएको छ। प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले पुस महीनाको तलव, भत्ता हाल सरुवा भएको दरबन्दीबाट खान पाउने गरी डीएसपीहरूको सरुवा गरेका हुन्। महानगरीय प्रहरी वृत्त दरबारमार्गका डीएसपी बिनोद […]
महेन्द्रनगर- कञ्चनपुर सदरमुकाम महेन्द्रनगरमा कांग्रेसबाट विजयी मेयर युवती सहित डान्स बारबाट पक्राउ परेका छन्। महेन्द्रनगर बजारमा रहेको ब्लू डान्सबारबाट दार्चुलाको शैल्यशिखर नगरपालिकाका मेयर अमरसिंह धामीलाई पक्राउ गरिएको हो। मध्यरातमा डान्सबारमा युवती सहित मदिरा सेवन गरेर होहल्ला गरेको आरोपमा धामीलाई पक्राउ गरेर सम्झाई बुझाई छोडिएको प्रहरीले जनाएको छ। जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरिक्षक नरेन्द्रबहादुर […]
काठमाडौं, १३ पुस । बहुमतको बलमा सभापति शेरबहादुर देउवाले केन्द्रीय समितिको कार्यकाल एक वर्ष थप गरेपछि प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसपभित्रको विवाद उत्कर्षमा पुगेको छ । २६ मंसिरबाट सुरु केन्द्रीय समिति बैठकलाई वरिष्ठ नेता रामचन्द्र पौडेल समूहले निरन्तर बहिष्कार गर्दै आएपछि संस्थापन समूहले शुक्रबार बहुमतका आधारमा केन्द्रीय समितिको कार्यकाल एक वर्ष थप गर्ने निर्णय गरेको […]
काठमाडौँ। स्थानीय तहमा कानुनको अभावमा कतिपय दैनिक कामकाजमा समस्या भइरहेका बेला सरकारले स्थानीय तहका लागि चार दर्जन नमुना कानुन निर्माण गरेको छ । स्थानीय तहलाई कानुन निर्माणमा सहजीकरण गर्नका लागि सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले चार दर्जन नमुना कानुन निर्माण गरी स्थानीय तहलाई पठाएको हो । स्थानीय तहमा कानुनको अभावमा कतिपय काममा समस्या भएपछि […]
काठमाडौं, १२ पुस । काठमाडौं–केरुङ रेलमार्गपछि यहाँबाट पोखरा र लुम्बिनी जोड्ने अन्य दुई रेलमार्गको पनि पूर्वसम्भाव्यता अध्ययन पूरा भएको छ । त्यसअनुसार काठमाडौंबाट कुरिनटार हुँदै पोखरा र कुरिनटारबाट लुम्बिनीसम्म पुर्याइने रेलमार्ग बनाउन करिब ७ खर्ब रुपैयाँ लाग्ने देखिएको छ । त्यसको निर्माण अवधि ६ वर्षको हुने अध्ययन प्रतिवेदनमा उल्लेख छ । चीनका दुई सरकारी कम्पनीले नेपालको रेल विभागलाई गत […]
काठमाडौं- नेपाली कांग्रेसले १४ औं महाधिवेशन २०७७ फागुनमा गर्ने निर्णय गरेको छ । शुक्रबार बसेको केन्द्रीय कार्यसमिति बैठकले ०७७ फागुन ७ देखि १० गतेसम्म महाधिवेशन गर्ने निर्णय गरेको प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए । बैठकले बहुमतका आधारमा कांग्रेसको वर्तमान कार्यसमितिको म्याद एक वर्षका लागि थप गर्ने निर्णय गरेको छ । बैठकले १४ औं महाधिवेशनको कार्यतालिका […]
नागरिक रैबार/ बाजुरा ९ पुस । जिल्ला प्रहरी कार्यालय बाजुराको हिरासतमा रहेका विप्लव समुहका केन्द्रीय सदस्य चुणामणी ओलीले गृहमन्त्री राम बहादुर थापालाई अपराधी भएको आरोप लगाएका छन् । जिल्ला प्रहरी कार्यालय बाजुरामा पत्रकारहरुले चुणामणी ओलीलाइ भेट्ने क्रममा उक्त कुरा बताएका हुन बाजुराको गौमुल गाउँपालिका ३ माँझपालीबाट कार्तिक २२ गते शुक्रबार दिउसो नेत्रविक्रम चन्द ‘विप्लव’नेतृत्वको नेपाल […]
पाल्पा- प्राथमिक तहका शिक्षकको दरबन्दी मिलान गर्ने क्रममा जिल्लाका निमावि र मावि दरबन्दी अभाव हुने अवस्था आएको भन्दै सरोकारवालाहरुले चिन्ता व्यक्त गरेका छन् । प्रावि तहका शिक्षकका भरमा मावि र निमावि कक्षा सञ्चालन भइरहेका छन् । विद्यार्थी शिक्षक औषतका आधारमा पाल्पाका प्रावि तहका ४४० शिक्षक जिल्ला बाहिरिने छन् । प्राविमा शिक्षक दरबन्दी बढी रहेको भनेर […]
पुस ४, चौतारा । सिन्धुपाल्चोकको सुनकोशी गाउँपालिका-७ स्थित लामोसाँघु-जिरी सडक खण्डअन्तर्गत छ किलोमा मङ्सिर २९ गते भएको बस दुर्घटनामा मृतकको सङ्ख्या १६ पुगेको छ । दुर्घटनामा गम्भीर घाइते भइ काठमाडौँ मेडिकल कलेज सिनामङ्गलमा उपचाररत बलेफी गाउँपालिका-३ निवासी ७ वर्षीया आशिका तामाङको बिहीबार राति मृत्यु भएपछि मृतकको सङ्ख्या १६ पुगेको प्रहरी नायब उपरीक्षक माधवप्रसाद काफ्लेले जानकारी […]