होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

आइतवार, असार ३०, २०८१
जोडिनुहोस
  • होमपेज
  • देश/प्रदेश
  • हिमपातपछि भीमदत्त र दशरथ चन्द राजमार्ग अवरुद्ध
देश/प्रदेश

हिमपातपछि भीमदत्त र दशरथ चन्द राजमार्ग अवरुद्ध

  • नागरिक रैबार
हिमपातपछि भीमदत्त र दशरथ चन्द राजमार्ग अवरुद्ध

मौसममा बद्ली भएसँगै सुदूरपश्चिमका पहाडी जिल्लामा फेरी हिमपात भएपछि विभिन्न राजमार्ग अवरुद्ध भएको छ। अत्तरिया– डडेल्धुरा भीमदत्त राजमार्ग र डडेल्धुरा बैतडी दशरथ चन्द राजमार्ग विभिन्न ठाउँमा अवरुद्ध भएको छ।

डडेल्धुराका प्रमुख जिल्ला अधिकारी राजु पौडेलका अनुसार भीमदत्त राजमार्गको हगुल्टे र दशरथ चन्द राजमार्गको अनारखोलीमा भारी हिमपात भएको छ।

डडेल्धुरा सदरमुकाममै पनि केही ठाउँमा एक फिट सम्म हिउ जमेको प्रमुख जिल्ला अधिकारी पौडेलले बताए।

विज्ञापन

सुरक्षाकर्मी र सडक विभागका डोजर मार्फत अवरुद्ध सडक खोल्ने प्रयास भएपनि हिमपात अहिले पनि जारी हुँदा समस्या भएको उनले बताए। राजमार्ग अवरुद्ध भएपछि यात्रुहरु समस्यामा परेका छन्।

दिनेशखबरबाट

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार