होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

शुक्रबार, चैत्र १६, २०८०
जोडिनुहोस
  • होमपेज
  • पत्रपत्रिका
  • नेपाल भ्रमण वर्ष : सुदूरपश्चिममा यसरी हुँदैछ शुभारम्भ
पत्रपत्रिका

नेपाल भ्रमण वर्ष : सुदूरपश्चिममा यसरी हुँदैछ शुभारम्भ

  • नागरिक रैबार
नेपाल भ्रमण वर्ष : सुदूरपश्चिममा यसरी हुँदैछ शुभारम्भ

कञ्चनपुर : नेपाल भ्रमण वर्ष २०२० बुधबारदेखि सुरु हुँदैछ। सुदूरपश्चिम प्रदेश पनि नेपाल भ्रमण वर्षको शुभारम्भका दिन विविध कार्यक्रम गर्दैछ।

कैलालीको धनगढीमा सांस्कृतिक कार्यक्रमसहित मुख्यमन्त्री त्रिलोचन भट्टले नेपाल भ्रमण वर्षको शुभारम्भ गर्ने कार्यक्रम छ। कार्यक्रम धनगढीस्थित संघीय प्रहरीको खेल मैदानमा हुनेछ। उद्घाटनको दिन सुदूरपश्चिम प्रदेशका सांस्कृतिक नृत्य, पहिरन र पर्यटकीय क्षेत्र झल्किने झाँकी प्रदर्शन गरिने जनाइएको छ।

सुदूरपश्चिम प्रदेश उद्योग पर्यटन तथा वातावरण मन्त्रालयका शाखा अधिकृत भोजराज पाठकका अनुसार औपचारिक कार्यक्रम बिहान १० बजेदेखि सुरु हुने छ।

विज्ञापन

यसैगरी, कञ्चनपुरकोे पश्चिमी सीमा नाका गड्डाचौकीमा बुधबार सबैभन्दा पहिले प्रवेश गर्ने पर्यटकलाई सीमा नाकाममा भीमदत्त नगरपालिकाका प्रमुख सुरेन्द्र विष्टले स्वागत गर्ने कार्यक्रम छ। स्वागतपछि महेन्द्रनगर बजारको मदनचोकमा औपचारिक कार्यक्रमको आयोजना गरी पर्यटकलाई बग्गीमा राखेर नगर परिक्रमा गराइने छ। नगरभित्रका पर्यटकीय क्षेत्रको प्रचारप्रसारका लागि तयार गरिएका प्रचार सामग्री समेत सोही क्रममा वितरण गरिने नगर प्रमुखका प्रेस सल्लाहकार रनी विवसले बताए।

डडेल्धुराको अमरगढी नगरपालिकमा समेत नेपाल भ्रमण वर्षका अवसरमा भव्य कार्यक्रमको आयोजना गरिएको छ। ‘घुम्न जाऔं अमरगढी’ अभियानको बुधवार एक समारोहबीच सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुलप्रसाद बाँस्कोटाले सुभारम्भ गर्नेछन्। कार्यक्रमका लागि मन्त्री बाँस्कोटा मंगलवार नै अमरगढी पुगिसकेका छन।

सुदूरपश्चिमका अन्य जिल्लामा समेत नेपाल भ्रमण वर्षका अवसरमा अन्तर्क्रिया, गोष्ठी, ¥यालीलगायतका कार्यक्रम तय भएका छन्। थाहाखबरबाट

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार