होमपेज केही सेकेण्डमा लोड हुनेछ।
Advertisement area
धनगढीः सुदूरपश्चिम प्रदेशमा अस्पतालका अईसोलेसनमा भर्ना हुने कोरोना संक्रमितको संख्या बढ्न थालेको छ। प्रदेशमा केही दिनदेखि संक्रमणको दर बृद्धि हुदै गएका बेला आईसोलेसनमा भर्ना हुने क्रम पनि बढेको हो। झण्डै एक हप्ता पहिले ६७ जना संक्रमित र शंकास्पद विरामी अस्पतालको आईसोलेसनमा रहेका बेला अहिले उक्त संख्या बृद्धि भएर ७४ पुगेको सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ। […]
काठमाडौं – अभिनेता भुवन केसी केही समययता विवादमा तानिएका छन् । नायिका साम्राज्ञी राज्यलक्ष्मी शाहले उनीमाथि दुर्व्यवहार गरेको आरोप लगाएपछि उनी विवादमा तानिएका छन् । भुवनले साम्राज्ञीविरुद्ध अदालतमा १० करोड मागदाबी गर्दै मुद्दा दर्ता गराएका छन् । साम्राज्ञीले पनि भुवनविरुद्ध उजुरी हाल्ने तयारी थालेकी छिन् ।भुवन र साम्राज्ञी दुवैले मिडियामा अन्तर्वार्ता दिएर आ–आफ्ना दाबी गरिरहेका […]
जिल्ला प्रहरी कार्यालय रोल्पाले रोल्पाको रून्टिगढी गाउँपालिका-६ सालबाङमा कुटपिटबाट १ युवकको मृत्यु भएपछि १४ युवालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा स्थानीय युवा भीमबहादुर बस्नेत, झुपलाल बुढा, प्रेमबहादुर बुढाथोकी, चेतलाल साहु, चन्द्रलाल रोका, दिलबहादुर रोका, टोपेन्द्र साहु, धनसिंह बुढाथोकी, कमल बस्नेत, प्रकाश बुढा, ठगेन्द्र बुढा, प्रेम बुढा, तिलबहादुर चलाउने र हीराबहादुर बुढाथोकी रहेका छन् । […]
डडेल्धुरामा जिप दुर्घटना हुँदा ८ जना घाइते भएका छन् । भीमदत्त राजमार्ग अन्तर्गत अमरगढी नगरपालिका-७ पोखरा खानेपानीको मोड नजिकै जिप दुर्घटना हुँदा ८ जना घाइते भएका हुन् । डडेल्धुरा प्रहरीका अनुसार आइतबार बिहान करिब १ बजे धनगढीबाट बझाङतर्फ जाँदै गरेको सुपप्र ०१ ००१ ज १११५५ नम्बरको जिप दुर्घटना भएको हो । जिप अनियन्त्रित भई सडकभन्दा […]
कपिलवस्तु, १७ साउन । मुस्लिमहरुको दोश्रो ठूलो पर्व बकर इद कपिलवस्तुका मुस्लिम समुदायले पनि भौतिक दूरी कायम गर्दै मनाएका छन् । कपिलवस्तुका मुस्लिम समुदायले ईद उल अजहा बकर इद खुशी साटसाट गरी मनाएका हुन् । बकर इदका बेला सामुहिक रुपमा इदगाह नमाज पढ्ने प्रचलन रहेको छ । तर, यस वर्ष कोरोना भाईरसका कारण शनिबार आ–आफ्नो घर […]
महेन्द्रनगर । कञ्चनपुरको बेलौरी नगरपालिका–७ भगतपुरमा गए राति धारिलो हतियार प्रयोग गरी अज्ञात समूहले ५५ वर्षीय बेलु खातीको हत्या गरेको छ । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक अमरबहादुर थापाले श्रीमती खातीको हत्या गरिएको बताउँदै उनका श्रीमानलाई हतियार प्रयोग गरी गम्भीर घाइते बनाएको जानकारी दिए । […]
काठमाडौँ – अब सबै नगरपालिकाले व्यवस्थित सहरीकरणको मापदण्ड पालना गर्नुपर्ने भएको छ । अधिकांश नगरपालिका व्यवस्थित सहरीकरणतर्फ उन्मुख हुन नसकेका बेला अब व्यवस्थित मापदण्ड पालना गराउने तयारी गरिएको हो । नेपाल नगरपालिका सङ्घले २९३ वटै नगरपालिकाको एकीकृत सहरी पूर्वाधारको विकासको मापदण्ड अगाडि सारेको छ । सङ्घले सबै नगरपालिकामा सहरी पूर्वाधार कायम गर्ने, सहरी गरिबी, सुुकुम्बासी […]
काठमाडौं – नेकपामा पूर्वमाओवादीतर्फका आधा जति स्थायी कमिटी सदस्यहरुले पार्टी अध्यक्ष पुष्पकमल दाहाललाई अर्का अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीसँग मिलेर अघि बढ्न दबाब दिएका छन् । दुई अध्यक्षबीच विगत केही समयदेखि सम्बन्ध चिसिँदै आएको छ । अध्यक्ष प्रचण्डले आफू निकट असन्तुष्ट नेताहरुसँग गरेको छलफलमा ती नेताहरुसँग गरेको छलफलमा ती नेताहरुले पार्टी एकता जोगाउन अध्यक्ष […]
वीरगन्ज : पर्सामा सांसदसहित थप ६४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। वीरगन्जस्थित नारायणी अस्पतालको प्रयोगशालामा शुक्रबार राति गरिएको पीसीआर परीक्षणमा पर्सा क्षेत्र नम्बर १ का सांसद प्रदीप यादव, उनका सवारी चालक र अंगरक्षकसहित ६४ जनामा संक्रमण पुष्टि भएको हो। संक्रमण पुष्टि भएपछि सांसद यादव, वीरगन्ज १३ राधेमाइ टोलस्थित आफनै घरको होमआइसोलेसनमा छन्। सामान्य खोकी लागेपछि […]
बाजुरा । जडीबुटीका लागि प्रख्यात बाजुराको हिमाली गाँउपालिका वडा नम्बर १, २ र ३ (साविक बिच्छँया गाविस) तीव्र गतिमा जडीबुटीविहीन बन्दैछ । वडा नम्बर १ मा पर्ने हिमाली सामुदायिक वन उपभोक्ता समिति सदस्य बृखबहादुर भण्डारी मनोमानी ढंगबाट संकलन र तस्करीले जडीबुटी सखाप पारेको बताउँछन् । बाजुराको ४० प्रतिशत भूभाग ओगटेको बिच्छँया भौगोलिक हिसाबले ज्यादै बिकट […]
नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीले नेपाल एउटा स्वतन्त्र मुलुक रहेको र कुनै पनि मुलुकले नेपालको आन्तरिक मामिलामा हस्तक्षेप गर्नु नहुने बताएकी छिन् । पछिल्लो समय नेपालको आन्तरिक मामिलामा चीनको हस्तक्षेप बढेको आरोप लागिरहँदा उनले मुलुकबीच विकास र द्विपक्षीय सहयोगबारे विचार आदानप्रदान हुनु भनेको एउटा सामान्य कूटनीतिक कार्य भएको र सामान्य भेटघाट एवं फोन संवादलाई […]
काठमाडौं- नेपालमा विहीबार थप ३ जनाको कोरोना भाइरसको संक्रमणका कारण मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ । योसँगै नेपालमा कोरोनाका कारण ज्यान गुमाउनेको संख्या ५२ पुगेको छ । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार वीरगन्जका २ जना र मोरङका १ जनाको करोनाले मृत्यु भएको पुष्टि भएको हो ।मोरङका ४५ वर्षका पुरुषको […]
काठमाडौं । उद्योगमन्त्री लेखराज भट्टलाई ज्यान मार्ने धम्की आएको छ । आफूलाई बझाङबाट एक व्यक्तिले फोन गरेर जहाँ भेट्यो त्यही ‘टाउको काट्छु’ भन्दै धम्की दिएको भट्टले बताए । एमसीसीको पक्षमा आफूले बोल्दै आएकाले ज्यान मार्ने धम्की आएको भट्टको भनाइ छ । ‘मलाई बझाङबाट फोन गरेर एकजनाले एमसीसीको पक्षमा बोले जहाँ भेट्यो त्यहीँ टाउको काट्छु भनेर […]
विराटनगरबाट काठमाडौँतर्फ जाँदै गरेको मालबाहक कन्टेनर इच्छाकामना गाउँपालिका–५ नाग्दीखोला नजिकबाट त्रिशूली नदीमा खसेर आज विहान वेपत्ता भएको छ। जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार ना ३ ख ८९८७ नम्बरको कन्टेनर र काठमाडौँबाट नारायणगढतर्फ आउँदै गरेको ना ६ ख ५६८७ नम्बरको ट्रक एकापसमा सो स्थानमा ठक्कर खाँदा कन्टेनर त्रिशूलीमा खसेको हो। ट्रकका चालक भने सामान्य घाइते भएका […]
आज साउन १५ अर्थात् खीर खाने दिन। सुदूरपश्चिममा पनि यो दिनलाई विशेष पर्वका रुपमा लिने गरिन्छ। आजको दिन चामल, दूध, नरिवल, छोकडा, मरिच चिनी लगायतका अन्य चिजहरु हालेर खीर बनाउने चलन छ। खीर उच्च क्यालोरी भएको खाना हो। साउनमा खीर खानुकोे वैज्ञानिक महत्व पनि रहेको डाक्टरहरु बताउँछन्। डाक्टरहरुका अनुसार गर्मीको समयमा शरीरमा दाद, खटिरा, र […]
धनगढी : पश्चिम तराईका जिल्ला कैलाली र कञ्चनपुरमा आज पनि बर्षा भईरहेको छ। बुधवारको बर्षाले कैलालीको दक्षिणपूर्वी क्षेत्र डुवानमा परेकोमा आज धनगढीका अधिकासं क्षेत्र जलमग्न भएका छन्। जल तथा मौसम विज्ञान विभागले सामान्य बदली रही सुदूरपश्चिमका केही स्थानहरुमा हल्का देखि मध्यम बर्षा भइरहेको जनाएको छ। आज दिउँसो सुदूरपश्चिम प्रदेशहरूका थोरै स्थानहरूमा भारी वर्षाको सम्भावना रहेको […]
नागरिक रैबार/बाजुरा १५ साउन। नेपाल निजामती कर्मचारी संगठन जिल्ला कार्य समिति बाजुराले यस वर्षपनि“शहिद मनोज झपेन्द्र सुरेन्द्र स्मृति दिवस फलफुल विरुवा रोपण गरेर मनाएको छ । स्मृति दिवसका अवसरमा कर्मचारी संगठनले यस बर्ष बाजुरा क्यम्पस परिसरमा फलफुल विरुवा रोपण गरेको हो ।बाजुरा क्याम्पसका क्याम्पस प्रमुख सुरेश प्रसाद पण्डितको प्रमुख आतिथ्यता र आधिकारिक ट्रेड युनियन बाजुराका […]
धनगढी : सुदूरपश्चिम प्रदेशमा तीन वटा कोरोना परीक्षण प्रयोगशाला स्थापना गर्न ढिलाई भएको छ। सुदूरपश्चिम प्रदेशको मन्त्रीपरिषदको बैठकले प्रदेशमा कोरोना परीक्षणको दायरा बढाउनका लागि तीन वटा प्रयोगशाला स्थापना गर्ने निर्णय गरेको चार महिना पुगे पनि कार्यान्वयन नभएको हो। प्रदेशको सामाजिक विकास मन्त्रालय मातहतको प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रले प्रयोगशालाका लागि आवश्यक उपकरण खरिद गरेपनि जडान गर्न […]
चक्रबहादुर अयडी बाजुरा १३ साउन लगातारको वर्षासंगै गुईगाड खाेलामा अाएकाे बाढीले बुढीगंगा नदि थुनेपछि सेरावगरमा ताल जमेकाे छ । साेमबार रातिको लगातारको वर्षका कारण बुढिगंगा नगरपालिका वडा नम्वर ३ मा पर्ने गुईगाडि खोला अाउदा बुढिगंगा नदि पुणरुपमा थुनिएको छ । अहिले सेरावगरमा ताल जमेकाे छ । नदि थुनिएपछि सेरावगरमा जमेकाे ताल हेर्नेकाे घुईचाे लागेकाे छ […]
नागरिक रैबार/बाजुरा १२ साउन। जिल्लाको सदरमुकाम मार्तडी देखि बुढीगंगा नगरपालिकाको दवारी सम्मको सडक संचालनमा आएको छ । सडकमा खसेको पहिरोका कारण करिव ३ साता देखि अवरुद्ध रहेको साँफे मार्तडीसडक अन्तरगत पानीनाउलामा खसेको पहिरो पन्छाएपछि मार्तडीदेखि दवारी सम्मको सडक सूचारु भएको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी निरिक्षक दानबहादुर रोकायाले बताए । सो क्षेत्रसम्म सडक सूचारु भएपछि […]