होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

शनिबार, जेष्ठ १२, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • डडेल्धुरामा जिप दुर्घटना हुँदा ८ जना घाइते, ४ कोे अवस्था गम्भीर
समाचार

डडेल्धुरामा जिप दुर्घटना हुँदा ८ जना घाइते, ४ कोे अवस्था गम्भीर

  • नागरिक रैबार
डडेल्धुरामा जिप दुर्घटना हुँदा ८ जना घाइते, ४ कोे अवस्था गम्भीर

डडेल्धुरामा जिप दुर्घटना हुँदा ८ जना घाइते भएका छन् । भीमदत्त राजमार्ग अन्तर्गत अमरगढी नगरपालिका-७ पोखरा खानेपानीको मोड नजिकै जिप दुर्घटना हुँदा ८ जना घाइते भएका हुन् ।

डडेल्धुरा प्रहरीका अनुसार आइतबार बिहान करिब १ बजे धनगढीबाट बझाङतर्फ जाँदै गरेको सुपप्र ०१ ००१ ज १११५५ नम्बरको जिप दुर्घटना भएको हो ।

जिप अनियन्त्रित भई सडकभन्दा करिब २०० मिटर तल खसेको डडेल्धुराका प्रहरी नायव उपरीक्षक दधिराम न्यौपाने जानकारी दिए ।

विज्ञापन

दुर्घटनामा घाइते हुनेमा बझाङको केदारस्यूँ गाउँपालिका-४ बागथलाका ३२ वर्षीय विभु प्रकाश भट्ट, ४५ वर्षीय मानबहादुर मल्ल, ३५ वर्षीय रवीन्द्र मल्ल, १२ वर्षीया सम्पदा मल्ल, १२ वर्षीय विवेक मल्ल रहेको छन् ।

यस्तै, सोही ठाउँका ४२ वर्षीया यशोदा मल्ल, ५० वर्षीया सरस्वती मल्ल र बझाङकै बङ्गल नगरपालिका-४ का जिप चालक ३२ वर्षीय अम्मर विक पनि घाइते भएका डिएसपी न्यौपानेले जानकारी दिए ।

घाइतेमध्ये ४ जनाको अवस्था गम्भीर छ । उनीहरूलाई थप उपचारका लागि धनगढी रेफर गरिएको छ ।अन्य घाइतेहरूको डडेल्धुरा सदरमुकामस्थित डडेल्धुरा अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार