होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

शुक्रबार, जेष्ठ ११, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • सुदूरपश्चिम सरकारले चार महिनासम्म स्थापना गर्न सकेन कोरोना परीक्षण प्रयोगशाला
समाचार

सुदूरपश्चिम सरकारले चार महिनासम्म स्थापना गर्न सकेन कोरोना परीक्षण प्रयोगशाला

  • नागरिक रैबार
सुदूरपश्चिम सरकारले चार महिनासम्म स्थापना गर्न सकेन कोरोना परीक्षण प्रयोगशाला

धनगढी : सुदूरपश्चिम प्रदेशमा तीन वटा कोरोना परीक्षण प्रयोगशाला स्थापना गर्न ढिलाई भएको छ। सुदूरपश्चिम प्रदेशको मन्त्रीपरिषदको बैठकले प्रदेशमा कोरोना परीक्षणको दायरा बढाउनका लागि तीन वटा प्रयोगशाला स्थापना गर्ने निर्णय गरेको चार महिना पुगे पनि कार्यान्वयन नभएको हो।

प्रदेशको सामाजिक विकास मन्त्रालय मातहतको प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रले प्रयोगशालाका लागि आवश्यक उपकरण खरिद गरेपनि जडान गर्न सकेको छैन्। प्रदेश सरकारको मन्त्रीपरिषद बैठकले चैत १५ गते सेती प्रादेशिक अस्पतालसँगै डोटी जिल्ला अस्पताल र बैतडी जिल्ला अस्पतालमा कोरोना परीक्षण प्रयोगशाला स्थापना गर्ने निर्णय गरेको थियो।

तर अस्पतालहरुमा अहिलेसम्म आवश्यक भौतिक संरचना नै तयार पारिएको छैन्। तर अस्पतालहरुमा भने अहिले सम्म प्रयोगशालाका लागि उपकरणहरु पुगाइएको छैन्। प्रयोगशाला स्थापनाका लागि आवश्यक उपकरण नै नपाएको जिल्ला अस्पताल डोटीका प्रमुख डाक्टर ज्योती पाण्डेले बताए। ‘ल्यावका लागि आवश्यक भौतिक संरचना निर्माण गर्दैछौ,’ उनले भने, ‘एक कर्मचारीलाई खटाएका छौ। कामदारहरुले काम गर्दैछन्।’

विज्ञापन

भौतिक संरचना र जनशक्ति व्यवस्थापनमा समस्या भएकाले प्रयोगशाला स्थापनामा पनि समय लागेको बताइएको छ। सेती प्रादेशिक अस्पतालले स्वास्थ्य कार्यालयको भवनको माथिल्लो तलामा प्रयोगशाला स्थापनाका लागि भौतिक संरचना निर्माण गरिरहेको सूचना अधिकारी दिलिपकुमार श्रेष्ठले बताए। उनले भौतिक संरचना निर्माण अन्तिम चरणमा पुगेको बताए। ‘भौतिक संरचना निर्माण हुँदैछ। प्रदेश सरकारले प्रयोगशालाका सामाग्री भने हामीलाई दिएको छैन्।’ उनले भने।

धनगढीमा संघीय सरकारले स्थापना गरेको प्रयोगशाला र डडेल्धुरामा जनस्तरबाट रकम संकलन गरी स्थापना गरिएको प्रयोगशाला मार्फत अहिले कोरोना परीक्षण हुँदै आएको छ। तीन प्रयोगशाला थप भए अझै परीक्षणको दायरा बढ्नेछ। तर प्रयोगशाला स्थापनामा भने अझै समय लाग्ने देखिएको छ।

तीन वटा प्रयोगशाला स्थापना गर्न प्रदेशको सामाजिक विकास मन्त्रालय मातहतको प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रले चार करोड ५० लाख खर्च लाग्ने अनुमान गरेको छ। प्रदेशको सामाजिक विकास मन्त्रालय मातहतको स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रका सूचना अधिकारी लक्ष्मी श्रेष्ठले प्रयोगशालाका लागि आवश्यक उपकरणहरु सबै आएको बताए।

उनले भने, ‘उपकरणहरु आएका छन्। तर अस्पतालहरुले भौतिक संरचना निर्माणको काम नसकेकाले समय लागेको हो। भौतिक संरचना तयार हुँने बित्तिकै हामी उपकरणहरु पठाउछौ।’ जनस्तरबाट अभियान थालिएको एक महिनामै डडेल्धुरामा प्रयोगशाला स्थापना भएर अहिले सञ्चालनमा छ। तर प्रदेश सरकारले भने निर्णय गरेको चार महिनासम्म पनि प्रयोगशाला स्थापना समेत गर्न नसकेको हो।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार