होमपेज केही सेकेण्डमा लोड हुनेछ।
Advertisement area
सिरहा- सिरहा र सप्तरीमा यस वर्ष धान उत्पादनमा वृद्धि भएको छ ।समयमा वर्षा भएको, मौसम अनुकूल भएको र रोग किराको प्रकोप कम भएकाले यस वर्ष धान उत्पादनमा वृद्धि भएको हो ।यस वर्ष सिरहामा ५४ हजार हेक्टर क्षेत्रफलमा प्रतिहेक्टर तीन मेट्रिक टनका दरले एक लाख ६२ हजार मेट्रिक टन धान उत्पादन भएको कृषि ज्ञान केन्द्र सिरहाका […]
काठमाडौँ– परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले पुसको पहिलो साता भारत भ्रमण गर्ने भएका छन् ।प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो दूतका रुपमा ज्ञवालीलाई भारत पठाउन लागेको उच्च सरकारी स्रोतले जनाएको छ । त्यसो त भर्खरै नेपाल भ्रमणमा आएका भारतीय विदेशसचिव हर्षवर्धन श्रृंगलाले मन्त्री ज्ञवालीलाई भारतका विदेश मामिला मन्त्री एस जयशंकरले पठाएको भारत भ्रमणको औपचारिक निमन्त्रणा दिएका थिए । […]
काठमाडौँ – आज मुलुकभर एकसाथ ४०३ वटा अस्पतालको शिलान्यास हुँदैछ ।३९६ पालिकामा आधारभूत अस्पताल र सातवटै प्रदेशमा सरुवा रोग अस्पताल गरी ४०३ अस्पताल भवनको शिलान्यास हुँन लागेको हो । पालिकासम्म स्वास्थ्य सेवा पुर्याउने उद्देश्यले सरकारले आज एकैसाथ अस्पताल भवन शिलान्यास गर्न लागेको हो । बजेट भाषणका क्रममा गरिएको घोषणा कार्यान्वयनका क्रममा सरकारले पहिलो चरणमा अस्पताल […]
नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का वरिष्ठ नेता झलनाथ खनालले पार्टी एक ढिक्का हुनेमा ढुक्क रहेको बताएका छन् । सूर्योदय नगरपालिकामा नेकपाका कार्यकर्तासँगको भेटमा नेता खनालले पार्टी एक जुट बनाउन आफू लागी पर्ने उल्लेख गरे । उनले पछिल्लो समय नेकपाभित्र अन्तरसङ्घर्ष बढे पनि पार्टी एकताबद्ध बनाउनका लागि भइरहेको छलफलका रूपमा बुझ्न अनुरोध गरे । “पार्टी नै फुट्छ […]
काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच लिखित रुपमै प्रश्न–प्रतिप्रश्न चलेको छ । पार्टी सचिवालय बैठकमा दुवै अध्यक्षले एक अर्कामाथि आरोप लगाउँदै पेश गरेको राजनीतिक प्रस्तावले प्रश्न–प्रतिप्रश्नको शृङ्खला बनाएको हो । गत कार्तिक २८ गतेको सचिवालय बैठकमा कार्यकारी अध्यक्ष प्रचण्डले पेश गरेको लिखित प्रस्तावमा अध्यक्ष ओलीमाथि गम्भीर प्रश्न […]
नुवाकोट- नुवाकोटको विदुर नगरपालिका–८ पिडालुबारीस्थित जङ्गलबाट दुईनाल भरुवा बन्दुकसहित पाँच जनालाई प्रहरीले पक्राउ गरेको छ । बन्दुक लिएर जङ्गलमा सिकार गर्न गएको समयमा दुईनाल बन्दुक र त्यसमा लाग्ने १०० ग्राम बारुदसहित उनीहरुलाई शनिबार पक्राउ गरेर कारवाही अघि बढाउन लागिएको जिल्ला प्रहरी प्रमुख तुलबहादुर कार्कीले जानकारी दिए । उनका अनुसार पक्राउ पर्नेमा जिल्लाको म्यागङ गाउँपालिका–३ बस्ने […]
नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालय बैठकमा प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीले छु्ट्टै प्रस्ताव ल्याएका छन् । शनिबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सचिवालय बैठकमा प्रधानमन्त्री ओलीले यसअघि कार्यकारी अधयक्ष प्रचण्डले ल्याएको प्रस्तावलाई जवाफ दिनेगरी छुट्टै प्रस्ताव ल्याएका हुन् । यसअघि कार्यकारी अध्यक्ष प्रचण्डले ओलीको आलोचना गर्दै प्रतिवेदन ल्याएपछि ओलीले पनि प्रचण्डलाई जवाफ दिने […]
रूपन्देही- बुटवलस्थित कोरोना विशेष अस्पतालमा उपचाररत थप दुई कोरोना संक्रमितको मृत्यु भएको छ।बुटवल उपमहानगरपालिका–७ का ४२ वर्षीय पुरुषको राति साढे ११ बजे र कपिलवस्तु गोरूसिंगेका ७४ वर्षीय वृद्धको शुकरबार राति मृत्यु भएको अस्पतालका प्रवक्ता डा. विष्णु गौतमले जानकारी दिए । बुटवलका पुरूषलाई मंसिर ५ गते कोरोना संक्रमण पुष्टि भएको थियो।त्यस्तै, कपिलवस्तुको गोरुसिङ्गेका वृद्धको राति १०:२० […]
काठमाडौँ- काठमाडौँमा आज यो वर्षकै धेरै जाडो भएको छ ।जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार शनिबार विहान काठमाडौँको तापक्रम यो वर्षकै कम मापन गरिएको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार शनिबार बिहान काठमाडौंको तापक्रम ५ डिग्री सेल्सियसमा झरेको हो । यसअघि शुक्रबार ८ दशमलव ५ डिग्री सेल्सियस मापन गरिएको काठमाडौंको तापक्रम एकैदिन ३.५ डिग्रीले घटेको हो […]
काठमाडौँ- भारतमा कोरोना भाइरसको संक्रमणले १ लाख ३६ हजार नाघेको छ ।पछिल्लो २४ घण्टामा थप ४३८ जनाको मृत्यु भएसँगै भारतमा कोरोनाले ज्यान गुमाउनेको संख्या १ लाख ३६ हजार १९० पुगेको हो । यस्तै भारतमा कोरोना संक्रमितको संख्या पनि ९३ लाख नाघेको छ ।डेढ महिनायता संक्रमण दर घट्दै गएको भारतमा पछिल्लो २४ घण्टामा ३९ हजार ४१४ […]
काठमाडौँ – नेपाल उद्योग वाणिज्य महासंघको नयाँ नेतृत्वको लागि आज मतदान हुँदैछ ।महासंघको ५४औँ वार्षिक साधारण सभाको बन्दसत्र सम्पन्न भएसँगै आउँदो कार्यकालको वरिष्ठ उपाध्यक्षलगायत पदाधिकारी चयनका लागि चुनाव हुन लागेको हो । सहमतिको प्रयास सफल नभएपछि ६४ पदका लागि १ सय २१ जनाको उम्मेदवारी परेको छ ।काठमाडौँका तीन ठाउँमा हुने मतदान बिहान ८ बजेदेखि दिउँसो […]
काठमाडौं । सरकारले असोज मसान्तसम्म कोरोना रोकथाम, नियन्त्रण र उपचारमा खटिएका स्वास्थ्यकर्मीका लागि जोखिम भत्ताबापत ६६ करोड ८७ लाख ४५ हजार पठाइएको बताए पनि स्वास्थ्यकर्मीले भने समयमै भत्ता पाउन सकेका छैनन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले असोज मसान्तसम्म जोखिम भत्ताबापत सो रकम विभिन्न अस्पतालका लागि पठाइएको बताए पनि अस्पतालले समयमै भत्ता उपलब्ध गराउन नसक्दा स्वास्थ्यकर्मी […]
सत्तारूढ नेकपाभित्र आन्तरिक विवाद चुलिँदै गएका बेला प्रधानमन्त्री केपी शर्मा ओली, कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल र वरिष्ठ नेता माधवकुमार नेपालले आ–आफ्नो गुटको भेला तथा प्रशिक्षण कार्यक्रमलाई तीव्रता दिएका छन् । यसै क्रममा इटहरीमा आयोजित दाहाल–नेपाल पक्षीय भेलाले अबको लडाइँ वारपार गर्ने खालको हुनुपर्ने निचोड निकालेको छ । इटहरीको एक होटलमा मोरङ जिल्लाभरिका प्रदेश कमिटी सदस्यसँगै […]
जाजरकोट : जन्ती बोकेको जीप कच्ची सडकमा दुर्घटना हुँदा रुकुम पश्चिम आठबीसकोट नगरपालिका–७ पोखरामा चार जनाको मृत्यु भएको छ । आठबीसकोट–२ घारीखोलाबाट जन्ती लिएर आठबीसकोट–८ दाँजेतर्फ जाँदै गरेको रा १ ज ५८९ नम्बरको जीप गए राति दुर्घटना हुँदा आठबीसकोटका ६६ वर्षीय सार्के नेपाली, ४८ वर्षीय आइते चदारा, अन्दाजी ५१ वर्षीय गोरे नेपाली र सोही नगरपालिका–७ का […]
१३ मंसिर, काठमाडौं । क्रिकेटर सन्दीप लामिछानेलाई कोरोना संक्रमण पुष्टि भएको छ । उनले शनिबार बिहान सामाजिक सन्जाल ट्वीटरमार्फत् यसको जानकारी दिएका हुन् । लामिछानेका अनुसार गत बुधबारदेखि उनलाई शरीर दुख्ने समस्या देखिएको थियो । तर अहिले स्वास्थ्यमा सुधार भइरहेको उनले जानकारी दिएका छन् । अहिले होम आइसोलेसनमा रहेको जानकारी दिँदै सन्दीपले लेखेका छन्, ‘यदि […]
नागरिक रैबार/बाजुरा १२ मंसिर।पूर्व संविधान सभा सदस्य माननीय पेम्बा गुरुङ भोटेकी धर्म पत्नी सुनि गुरुङ्गले आफ्नो जन्मदिनको फजुल खर्च कटाएर बडीमालिका नगरपालिका ९ का सहाराविहिन लालबहादुर चंदारालाई नगद १० हजार १ सय सहयोग गरेकी छिन् । पूर्व संविधान सभा सदस्य माननीय पेम्बा गुरुङ भोटेकी धर्म पत्नी सुनि गुरुङ्ग हाल अमेरिका बस्दै आउनु आएकि छन् । […]
नागरिक रैबार/बाजुरा १२ मंसिर। जिल्लाको बुढीगंगा नगरपालिकाका एक जना वडा सचिवलाई कोरोना संक्रमण देखिएपछि नगरपालिकाले नगरका सेवा ३ दिनका लागि बन्द गरेको छ । नगरपालिकामा एक पछि अर्को गर्दै कर्मचारी र जनप्रतिनिधिहरुमा कोरोना संक्रमण हुन् थालेपछि नगरपालिकाले आगामि आईतबार सम्मका लागि नगरका सेवा बन्द गरेको नगरपालिकाले बताएकाे छ । यस अघि नगर प्रमुख दिपक शाह, […]
नागरिक रैबार/बाजुरा १२ मंसिर। सुदूरपश्चिम प्रदेश सभा सदस्य माननीय बलदेव रेग्मीले प्रदेश सरकार मातहत संचालनमा रहेका बाजुराका सरकारी कार्यालयहरुको अनुगमन तथा सुपरिवेक्षण गरेका छन् । प्रदेश सभा सदस्य रेग्मीले प्रदेश सरकार मातहतका जिल्ला सदरमुकाम मार्तडीमा रहेका सरकारी कार्यालयको विहिबार र शुक्रबार अनुगमन गरेका हुन् । प्रदेश सभा सदस्य रेग्मीले प्रदेश सरकार मातहत संचालनमा रहेका जिल्ला […]
बझाङ मस्टा गाउँपालिका–२ की १४ वर्षीया बालिकालाई घट्टमा गएका बेला साउन २९ गते साँझ १८ वर्षीय राजेन्द बोहराले बलात्कार गरे । गर्भ रहे स्विकार्ने सर्तमा गाउँमै उक्त घटनामा मिलापत्र गराइयो । बलात्कार गरेबापत ५ सयको नोट जरिवानास्वरूप ती बालिकाको खुट्टामा राखेर बोहराले ढोगे । मिलापत्र भएको डेढ साता नबित्दै बोहराले १२ वर्षीया सम्झना कामीलाई बलात्कार […]
गुल्मीः गुल्मीको इस्मामा जिप दुर्घटाना हुँदा ५ जनाको मृत्यु भएको छ भने अन्य २ जना गम्भीर घाइते भएका छन् । आज बिहान इस्मा गाउँपालिका वडा नम्बर ४ स्थित हुला गाउँबाट तम्घासतर्फ जाँदै गरेको लु १ ज ११६६ जिप हुलामै दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको हो । थप विवरण आउन बाँकी ।