होमपेज केही सेकेण्डमा लोड हुनेछ।
Advertisement area
दार्चुला– स्थानीय सरकार गठनपछि दार्चुलाका सबै क्षेत्रमा नागरिकको स्वास्थ्य क्षेत्रमा सहज पहुँच पुगेको छ । दुई नगरपालिका र सात गाउँपालिका रहेको दार्चुलाका सबै स्थानीय तहका बस्तीमा स्वास्थ्य सेवाको सहज पहुँच पुगेको हो ।विगतमा ४१ गाविस हुँदा गाविसस्तरसम्म मात्रै स्वास्थ्य सेवाको पहुँच पुगेकामा अहिले वडा र दुर्गम क्षेत्रका बस्तीसम्म स्वास्थ्य सेवाको सहज पहुँच पुगेको स्वास्थ्य कार्यालय […]
धनगढीः सुदुपश्चिम प्रदेश सरकारले ल्याएको छाउपडी प्रथाजन्य उन्मुलन नीति २०७६ ल्याएको छ। सो नीतिमा महिला विरुद्धका सबै प्रकारका विभेद अन्त्य गर्ने प्रतिबद्धता जाहेर गरिएको छ। शिक्षा तथा जनचेतना अभिबृद्धि गरि छाउपडी प्रथाजन्य पुरातन रुढिबादी अन्धविश्वास, मान्यता, प्रचलन सोच र अभ्यासमा परिवर्तन ल्याई महिला अधिकारको संरक्षण र परिपुर्ति पुरा हुने गरि वातावरण तयार गर्ने उदेश्यले नीति […]
प्रधानमन्त्री केपी शर्मा ओलीले बोलाएको सर्वदलीय बैठक सुरु भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा सुरु भएको बैठकमा संघीय संसदमा प्रतिनिधित्व गर्ने सबै दलको प्रतिनिधित्व रहेको छ । पछिल्लो समय देशभर राजवादीको आन्दोलन चर्किएपछि गणतन्त्र पक्षधरहरु एक ठाउँमा हुनुपर्नेमा जोड दिँइदै आएको छ । गत शनिबारमात्रै प्रधानमन्त्रीको गृह जिल्ला झापासहित देशका विभिन्न स्थानमा राजावादीले प्रदर्शन गरेका […]
वाग्मती प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्रालयले इन्धनबाट सञ्चालित सवारीलाई विस्थापित गरी विद्युतीय बस सञ्चालन गर्न सातवटा मार्ग तयार गरेको छ । मन्त्रालयका अनुसार प्रदेशका मुख्य शहर हेटौँडा, भरतपुर, सिन्धुलीमाढी, विदुर, धुलिखेल, काठमाडौँ उपत्यका र धादिङबेसीमा विद्युतीय सवारीसाधन सञ्चालनका लागि रुट तयार भइसकेको छ । यसका लागि मन्त्रालयले निजी क्षेत्रका व्यवसायीलाई बस सञ्चालन गर्न आग्रह गरिसकेको […]
२२ मंसिर, सुर्खेत । कर्णाली प्रदेश सरकारले प्रदेश प्रहरीलाई भवनलगायतका विभिन्न संरचना बनाउन १० करोड रुपैयाँ दिएको छ । भवन निर्माण, पर्वतीय प्रदेश प्रहरी प्रतिष्ठान र प्रहरी तालिम केन्द्रलगायत विभिन्न संरचना निर्माणका लागि कुल ९ करोड ९३ लाख रुपैयाँ खर्च गर्ने अख्तियारी आन्तरिक मामिला तथा कानुन मन्त्रालयले जनाएको छ । भवन निर्माण र पर्वतीय प्रदेश […]
कोभिड–१९ का कारण नौ महिनादेखि बन्द रहेका कालीकोटका सामुदायिक विद्यालय खुल्न थालेका छन् । नेपाल सरकारले सामुदायिक विद्यालय खोल्ने जिम्मा स्थानीय तहलाई दिएपछि स्थानीय तहहरूले सामुदायिक विद्यालय खुलाउन थालेका हुन् । कालीकोटका नौवटा स्थानीय तहले आजदेखि नै सामुदायिक विद्यालयले पठनपाठनका लागि खुल्ला गरेका छन् । जिल्लाका तिलागुफा नगरपालिका, खाडाँचक्र नगरपालिका, रास्कोट नगरपालिका, पलाँता गाउँपालिका, सान्नी […]
झापा : झापाको विर्तामोड नगरपालिका– ८ की रेनुका नेपालले पतिको निधनपछि सिन्दूर पोते फाल्नुपर्ने प्रचलनलाई तोडेर घाटबाटै सिन्दूर–पोतेसहित घर फर्केर काजकिरिया बारिरहेकीे छिन् । उनका पति केशव नेपालको मिर्गौला रोगका कारण शनिबार ६१ वर्षको उमेरमा निधन भएको थियो । सत्र दिनअघि घरछेउ पैदलयात्रा गरिरहेका बेला मोटरसाइकलको ठक्करले घाइते भएपछि उनको मिर्गौलामा समस्या थपिएको थियो । बिएन्डसी […]
धनगढीः दार्चुलामा आइतबार राति ट्रक दुर्घटना हुँदा चालकसहित ३ जनाको मृत्यु भएको छ ।शैल्यशिखर नगरपालिका वडा नम्बर ९ गोकुलेश्वरबाट दार्चुला सदरमुकाम खलंगातर्फ जाँदै गरेको ना ३ ख ३४८५ नम्बरको खाली ट्रक मालिकार्जुन गाउँपालिका वडा नम्बर १ भर्तोलामा दुर्घटनामा परेको हो । जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी निरीक्षक तथा सूचना अधिकारी पुष्कर सिंह ऐरीका अनुसार दुर्घटनामा परि […]
धनगढीः सुदूरपश्चिममा पूर्वाधार विकास कार्यक्रम अन्तरगत गत आर्थिक वर्षमा छनोट भएका योजनाबारे प्रदेश सरकारलगायत निकाय बेखबर भएको पाइएको छ । पूर्वाधार विकास कार्यक्रम अन्तरगत ३२ जना सांसदको निर्वाचन क्षेत्रमा कार्यान्वयन हुने गरी गत आर्थिक वर्षमा छनोट भएका योजनाबारे बेखबर देखिएका हुन् । अनुगमन र मूल्याङकन नै नगरिएपछि प्रगतिवारेको अवस्था नै अज्ञात रहेको छ । भने स्वास्थ्य […]
नागरिक रैबार/बाजुरा २१ मंसिर। नेपाल पत्रकार महासंघ जिल्ला शाखा बाजुराले बाजुरामा पत्रकार महासंघ स्थापना भएको १६ बर्षपछि आफ्नै भवन निर्माण गरेको छ । महासंघले लामो समयको प्रयासपछि बाजुरा जिल्लाको सदरमुकाम मार्तडीमा आफ्नै भवन निर्माण गरेको हो । शनिबार हिन्दु परमपरा अनुसार पुजापाठ गरेर आइतबार आजबाट आफ्नै भवनमा कार्यालय संचालन गरिएको छ । शाखा स्थापना भएको […]
नागरिक रैबार/बाजुरा २१ मंसिर। जिल्लाको हिमाली गाउँपालिकाको वडा नं ७ बाँधुकि एक महिला ७० दिनदेखि बेपत्ता भएकी छन् । बेपत्ता हुनेमा सोही गाउँपालिका ७ बाँधुकि अन्दाजी ३८ वर्षिया रत्ना आउजी रहेकी छन् । आउजी गत असोज ११ गते विहान पिलुचौरबाट हराएकोे र अहिलेसम्म पनि खोजी गर्दा कतै नभेटिएको आफन्त बसन्ती नेपालीले बताएकि छन् । बेपत्ता […]
काठमाडौँ — सत्तारूढ दल नेकपाका अध्यक्षद्वय प्रधानमन्त्री केपी शर्मा ओली र पुष्पकमल दाहालका आ–आफ्नो अडानका कारण आरोप–प्रत्यारोपको दस्ताबेज सचिवालयमै टुंगो लगाएर स्थायी कमिटी बैठकमा जाने प्रयास असफल भएको छ । प्रधानमन्त्री ओलीको अनुपस्थितिका कारण गत १७ गते स्थगित भएको सचिवालय बैठक शनिबारका लागि निर्धारण गरिएको छ । ओली पक्षधरले बैठक केही समय रोकेर अध्यक्षद्वयकै बीचमा थप संवाद […]
प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस सरकारको पछिल्लो कदमविरुद्ध सडकमा उत्रने भएको छ। कोरोना भाइरसको नियन्त्रण र त्यसले निम्त्याएको असहजताबाट मुलुकलाई उतार्नुको सट्टा लोकतान्त्रिक शासन व्यवस्थाको खिल्ली उडाउँदै फरक मत राख्ने राजनीतिक दललाई निषेध गर्न थालेको ठहर गर्दै कांग्रेसले सरकारविरुद्ध सडकमा उत्रने निर्णय गरेको हो। सभापति शेरबहादुर देउवाको निवास बुढानीलकण्ठमा शुक्रबार दिउँसो बसेको पदाधिकारी र पूर्वपदाधिकारीको आकस्मिक […]
नेपालमा कोरोनाभाइरसका सक्रिय संक्रमितको संख्या १५ हजार ७६६ जना रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । पछिल्लो समय परीक्षण घट्नुका साथै संक्रमित निको हुने दरसमेत बढेपछि सक्रिय संक्रमितको संख्या घटेको बताइएको छ । मन्त्रालयका अनुसार हाल कोरोना निको हुने दर ९२.७ प्रतिशत रहेको छ । अर्थात बिहीबारसम्म कुल २ लाख ३७ हजार ५८९ जनामा […]
बौद्धमा एक महिला आफ्नो एक महिनाको छोरीसहित मृत अवस्थामा फेला परेकी छन् । गोकर्णेश्वर नगरपालिका–२ नयाँपाटी बस्दै आएकी २७ बर्षकी पेम्बी शेर्पा एक महिनाको छोरीसहित मृत फेला परेकी हुन् । सिन्धुपाल्चोक जुगल गाउँपालिका घर भएकी शेर्पाकी ३२ बर्षका श्रीमान दोर्जे शेर्पा भने अचेत अवस्थामा फेला परेको महानगरीय प्रहरी वृत्त बौद्धका डीएसपी नवीन कार्कीले जानकारी दिए […]
काठमाडौं । अभिनेत्री श्वेता खड्काले विवाह गर्ने भएकी छन् । उनले धनगढीका विजयेन्द्र सिंह रावतसँग यही मंसिरमा लगनगाँठो कस्न लागेकी हुन् । श्वेता र रावतको विवाहका बिषयमा छापिएको विवाह कार्ड अहिले सार्वजनिक भएको छ । जसले उनले रावतसँग बिवाह गर्न लागेको समेत पुष्टि गर्दछ । उनले यहि मंसिर २२ अर्थात ७ डिसेम्बरमा बिवाह गर्न लागेकी […]
कोरोना भाइरस संक्रमणको जोखिमबीच काठमाडौंका विद्यालय सञ्चालन गर्ने वा नगर्ने भन्ने विषयमा स्थानीय सरकारबीच मात्रै होइन, एउटै स्थानीय तहका जनप्रतिनिधिबीच पनि मतभेद देखिएको छ । जसले गर्दा विद्यालय खुल्ने वा नखुल्ने भन्ने विषय टुंगो लाग्न सकेको छैन । केही स्थानीय तहका वडाध्यक्षले विद्यालय खोल्ने तयारीसमेत गरेका छन् । काठमाडौं उपत्यकामा दुई महानगर र १६ वटा […]
नागरिक रैबार/बाजुरा १५ मंसिर। ग्रामिण सुधार केन्द्र बाजुराले आफ्नो १२ औं स्थापना दिवस भव्य रुपमा मनाएको छ । दिवसका अवसरमा केन्द्रले बाल मन्दिर आधारभुत विद्यालयका १२ जना अतिविपन्न र जेहेन्दार विद्यार्थीहरुलाई शैक्षिक सामाग्री वितरण गरेको छ । बडीमालिका नगरपालिकाको सभा हलमा मनाईएको केन्द्रको १२ औं स्थापना दिवसका अवसरमा बाल मन्दिर आधारभुत विद्यालयका १२ जना अति […]
काठमाण्डौ १५ मंसिर । ब्राउन सुगर सहित बाजुराकी एक युवती काठमाण्डौमा पक्राउ परेकि छन् । पक्राउ पर्नेमा बाजुरा जिल्ला गाैमुल गाउँपालिका घर भएकी विनिस्ता धामी र एक बालक रहेको काठमाण्डाै प्रहरीले बताएको छ । युवति धामी सहित नाबालकलाइ सोमबार लागु औषध ओसार पसार गरिरहेको अवस्थामा काठमाण्डाै प्रहरीले पक्राउ गरेको हो । काठमाण्डौ प्रहरीका अनुसार युवति […]
धनगढी: महिला हिंसा विरुद्धको १६ दिने अभियान जारी रहेकै अवधिमा सुदूरपश्चिममा महिला हिंसाका घटना बाहिर आएका छन् । अभियान सुरु भएको ४ दिनको अवधिमा ३ वटा जबरजस्तीकरणीसहित १५ वटा उजुरी दर्ता भएका छन् । अभियानको पहिलो दिन मंसिर १० गते बैतडीको सिगास गाउँपालिकाकी १८ वर्षीया किशोरीमाथि बलात्कार भएको घटना मिलापत्रमा टुंग्याइयो । सो घटना ६ महिनापछि […]