बिहिबार, माघ १५, २०७७
जोडिनुहोस
  • होमपेज
  • पत्रपत्रिका
  • बौद्धमा आमाछोरी मृत अवस्थामा फेला, श्रीमान् अचेत
पत्रपत्रिका

बौद्धमा आमाछोरी मृत अवस्थामा फेला, श्रीमान् अचेत

  • नागरिक रैबार
बौद्धमा आमाछोरी मृत अवस्थामा फेला, श्रीमान् अचेत

बौद्धमा एक महिला आफ्नो एक महिनाको छोरीसहित मृत अवस्थामा फेला परेकी छन् । गोकर्णेश्वर नगरपालिका–२ नयाँपाटी बस्दै आएकी २७ बर्षकी पेम्बी शेर्पा एक महिनाको छोरीसहित मृत फेला परेकी हुन् ।

सिन्धुपाल्चोक जुगल गाउँपालिका घर भएकी शेर्पाकी ३२ बर्षका श्रीमान दोर्जे शेर्पा भने अचेत अवस्थामा फेला परेको महानगरीय प्रहरी वृत्त बौद्धका डीएसपी नवीन कार्कीले जानकारी दिए ।

दोर्जेको नेपाल मेडिकल कलेजमा उपचार भइरहेको कार्कीले बताए । राती सुत्दा हिटर बालेर सुतेको हुँदा निस्सासिएर उनीहरुको मृत्यु भएको हुनसक्ने आशका गरिएको प्रहरीले जनाएको छ ।

विज्ञापन

उनीहरुले बस्दै आएको घरमा किराना पसल सञ्चालन राखेका थिए । बिहान घरबेटी सामान लिन जादा समेत अबेरसम्म नउठेपछि बोलाउदा नबोलेपछि प्रहरीलाई खबर गरेका थिए ।

प्रहरी आएर कोठाको ढोका फोडेर हेर्दा आमाछोरी मृत अवस्थामा फेला परेको र बुबा छट्पटाइरहेको अवस्थामा फेला परेको डीएसपी कार्कीले बताए ।

‘राति सुत्दा उनीहरुले क्वाइलवाला हिटर र इलेक्ट्रिकल हिटर बालेर सुतेका रहेछन्,’ डीएसपी कार्कीले भने, ‘झ्यालढोका सबै बन्द रहेछ । कोठामा भेन्टिलेसन समेत रहेनछ ।

फेसबुक प्रतिक्रियाहरु

चर्चामा

सम्बन्धित समाचार