होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

शुक्रबार, चैत्र १६, २०८०
जोडिनुहोस
  • होमपेज
  • समाज
  • सिर्सिया नदीलाई प्रदूषण मुक्त गर्न माग गर्दै माइतीघरमा प्रदर्शन
समाज

सिर्सिया नदीलाई प्रदूषण मुक्त गर्न माग गर्दै माइतीघरमा प्रदर्शन

  • नागरिक रैबार
सिर्सिया नदीलाई प्रदूषण मुक्त गर्न माग गर्दै माइतीघरमा प्रदर्शन

काठमाडौँ । चुरे तथा वन जङ्गल संरक्षण अभियानले पर्साको सिर्सिया नदीलाई प्रदूषण र अपहरण मुक्त गराउन माग गर्दै सिर्सिया नदीको पानी भरिएको बोतल, ब्यानर ,प्ले कार्ड सहित माइतीघर मण्डला विरोध प्रदर्शन गरेका छन् । वीरगन्जबाट काठमाडौँसम्म पैदल आएका अभियन्ताहरूले माइतीघरमा प्रदर्शन गरेका हुन् ।

१० दिन पैदल हिँडेर काठमाडौँ आइपुगेका उनीहरुले बारा औद्योगिक कोरिडोरका उद्योगबाट निस्किने फोहोरका कारण सिर्सिया नदी प्रदूषित हुँदै आएको भन्दै नदीलाई प्रदूषणमुक्त बनाउन माग गर्दै आएका छन् ।

बाराको सिमराभन्दा पश्चिम पर्ने रामवनस्थित वनबाट बग्न सुरु गरेको सिर्सिया नदी पर्साको वीरगन्ज सहर हुँदै भारतको रक्सौलसम्म पुगेको छ । पर्सा–बारा औद्योगिक कोरिडोरका उद्योगबाट रसायनयुक्त पानी र फोहर सिधै नदीमै विसर्जन हुँदै आएका कारण सिर्सिया नदी विगत तीन दशक यता प्रदूषित बनेको हो ।

विज्ञापन

औद्योगिक करिडोरमा रहेका छाला, डिस्टीलरी, टेक्सटाइल, घ्यू, साबुनलगायतका उद्योगबाट निस्कने रसायनयुक्त पानी सो खोलामा बगाइन्छ । जीवजन्तुका सडेगलेका छाला, रौँ, खरानी, लेदोलगायतका विकार प्रशोधन नगरी नदीमा सिधै बगाउने गरिन्छ । जसले गर्दा सिर्सिया नदी प्रदूषित र दुर्गन्धित बनेको हो ।

सिर्सिया नदी आसपासका स्थानीयले प्रदूषण रोक्न माग गर्दैै पटक पटक आन्दोलन समेत गर्दै आएका छन् । सिर्सिया नदी प्रदूषण नियन्त्रणका लागि वीरगन्ज महानगरपालिकाले नदीमा फोहर र रसायनयुक्त पानी सिधै मिसाउँदै आएका उद्योगको पटक पटक अनुगमनसमेत गरेको थियो ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार