होमपेज केही सेकेण्डमा लोड हुनेछ।
Advertisement area
काठमाडौं । बहराइनमा भइरहेको एएफसी यू-२० एसियन कप छनोट अन्तर्गत समूह बीको आफ्नो तेस्रो खेलमा नेपालले बहराइनसँग प्रतिस्पर्धा गर्दैछ । बहराइनको शेख अली बिन मोहम्मद अल खालिफा स्टेडियममा हुने खेल नेपाली समय अनुसार राति ११:४५ बजे सुरु हुनेछ । समूहमा यसअघि दुवै खेलमा पराजित भएको नेपालले बहरइन विरुद्ध सुधारिएको प्रदर्शन गर्ने आशामा छ ।नेपालका मुख्य […]
नेपाल लगानी बोर्डले सार्वजनिक निजी साझेदारीमा कार्यान्वयन गरिने आयोजनाको सूची तयार पार्न परियोजना बैंक निर्देशिका सार्वजनिक गरेको छ । प्राविधिक र आर्थिक दृष्टिले सम्भावित लगानीको सूची तयार पार्ने लक्ष्यसहित तयार पारिएको परियोजना बैंक निर्देशिका बोर्डका अध्यक्षसमेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवाले आज सार्वजनिक गरेका हुन् । लगानी बोर्डद्वारा आयोजित दिगो पूर्वाधार लगानी फोरमको उद्घाटन गर्दै प्रधानमन्त्री […]
महाअभियोग सिफारिस समितिले निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरासँग बयानका क्रममा नाम आएका बहालवाला न्यायाधीशलाई पनि बोलाउने निर्णय गरेको छ । सिंहदरबारस्थित आज बसेको समितिको बैठकले निलम्बित प्रधानन्यायाधीश राणाले बयानका क्रममा नाम लिएका बहालवाला न्यायाधीशलाई पनि बोलाउने निर्णय गरेको समितिका सचिव लक्ष्मीप्रसाद गौतमले जानकारी दिए । “निलम्बित प्रधानन्यायाधीश राणासँग अनुसन्धानका लागि लिइएको बयानका क्रममा नाम जोडिएर आएका […]
काठमाडौं । काठमाडौं महानगरपालिकाले महाबौद्ध क्षेत्रमा सार्वजनिक स्थान, फुटपाथ क्षेत्रमा ओगटेर बसेका मिनी मार्केट हटाउन थालेको छ । महाबौद्ध आसपासमा रहेका होलसेल पसलहरु, चाइनिज मार्केट, मिनी मार्केटहरुले अनधिकृत रुपमा सार्वजनिक जग्गामा व्यवसाय गर्दै आएको पाइएको महानगर प्रहरी प्रमुख राजु पाण्डेले बताए । अनधिकृत रुपमा सञ्चालित बजारलाई महानगर प्रहरीमार्फत माइकिङ गरेर हट्न निर्देशन दिइएको पाण्डेले बताए […]
राष्ट्रियसभाका सांसदहरुले महामारीको रुपमा फैलिँदै गएको डेंगु रोग नियन्त्रणका लागि विशेष ध्यान दिन सरकारसँग माग गरेका छन् । बुधबार बसेको राष्ट्रियसभा बैठकको शुन्य समयमा बोल्दै प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का सांसदद्वय देवेन्द्र दाहाल र गोपाल भट्टराई तथा सत्तारुढ नेकपा (माओवादी केन्द्र)का सांसद मायाप्रसाद शर्माले डेंगु रोगको उपचारका लागि अतिआवश्यक रहेको सिटामोलको अभाव हुन नदिन पनि […]
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग ऐन २०७१ लाई संशोधन गर्न बनेको विधेयकलाई सहमतिकै आधारमा अघि बढाइनुपर्ने बताएका छन् । बुधबार कानुन, न्याय तथा मानवअधिकार समितिको बैठकमा सहभागी हुँदै उनले विधेयकका बारेमा दलहरुबीच व्यापक अन्तरक्रिया गरेर आजै बेलुकासम्ममा टुङ्गो लगाउनुपर्नेमा जोड दिए । उनले […]
काठमाडौं । महाअभियोग सिफारिस समितिले राजनीतिक दलका नेताहरुलाई भने सोधपुछका लागि नबोलाउने भएको छ ।निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरासँग एकसरो बयान लिएर सकेको समितिको बैठक आज बिहान बसेको छ । सो बैठकले जबराले नाम लिएका पूर्वन्यायाधीश लगायतसँग पनि सोधपुछ गर्ने निर्णय गरेको छ । समितिका ज्येष्ठ सदस्य राम बहादुर विष्टका अनुसार चोलेन्द्रले बयानको क्रममा नाम […]
काठमाडौं । नेकपा एमालेले संविधान दिवसको अवसर पारेर असोज १ गते वाकाथन नामक प्रातःकालीन पैदल भ्रमण आयोजना गर्ने भएको छ ।संविधान दिवस असोज ३ गते पर्ने भए पनि निर्वाचन आयोगसँग सम्बन्धित अभियानहरुमा सहभागी हुनुपर्ने भएकाले एमालेले दुई दिन अगावै मर्निङ वाक कार्यक्रम राखेको हो । अरु बेलाका कार्यक्रमजस्तो झन्डा, ब्यानर नलगी विशुद्ध मर्निङ वाककै रुपमा […]
काठमाडौं । ललितपुर महानगरपालिकाले लगनखेलमा रहेको मञ्जुश्री पेट्रोल सेन्टर हटाउन सुरु गरेको छ । महानगरकै जग्गामा रहेको पेट्रोल पम्प लामो समयदेखि सञ्चालनमा रहेको थियो । तर महानगरले सार्वजनिक जग्गामा रहेको सबै संरचना हटाउने अभियान चलाएपछि १२ नम्बर वडामा रहेको उक्त पेट्रोल पम्प हटाउन थालिएको महानगरले जनाएको छ ।महानगरका मेयर चिरिबाबु महर्जनसहितको टोली अहिले लगनखेल पुगेर […]
कैलालीको भजनी नगरपालिकामा सामाजिक सुरक्षा भत्ताको रकम कम आएपछि सेवाग्राहीहरुले पाउनुपर्ने पूरा रकम नपाएको खुलासा भएको छ । आर्थिक वर्ष २०७८/०७९ को अन्तिम चौमासिकमा सामाजिक सुरक्षा भत्ता पाउने नागरिकहरूका लागि सरकारबाटै आउने रकम कम आएका कारण सेवाग्राहीहरुले पाउनुपर्ने रकममा कटौती भएको पाइएको हो । आर्थिक वर्षको तेस्रो चौमासिकसम्म मागअनुसारको रकम आए पनि अन्तिम चौमासिकमा रकम […]
काठमाडौँ — शैक्षिक सत्र सुरु भइसक्दा पनि कक्षा ११ र १२ का पाठ्यपुस्तक पाउन नसकेको विद्यार्थी, अभिभावक र शिक्षकले गुनासो गरेका छन् । कक्षा ४–१० को पाठ्यपुस्तक समयमै छाप्न नसकेको जनक शिक्षा सामग्री केन्द्रले कक्षा ११ र १२ को पुस्तक छपाइमा पनि ढिलाइ गरेको हो । पुस्तक तथा स्टेसनरी व्यवसायी महासंघले बजारमा कक्षा ११ र १२ को […]
काठमाडौंः नेपाल विद्यार्थी संघले त्रिचन्द्र क्याम्पस अघि निकालेको विरोध प्रदर्शनमा प्रहरीले हस्तक्षेप गरेको छ। नागरिकता विधेयक प्रमाणीकरण नगरेको भन्दै राष्ट्रपति विद्यादेवी भण्डारीको विरुद्धमा संघले प्रदर्शन गरेको थियो। ‘नागरिकता विधेयक प्रमाणीकरण नगरेकाले राष्ट्रपतिको पुत्ला जलाउन लाग्दा प्रहरीले हस्तक्षेप ग¥यो’, त्रिचन्द्रमा अध्यययनरत दिनेश कार्कीले भने, ‘प्रहरीसँगको हानहानमा एउटा साथीको हातमा चोट लागेको छ।’ नेविसंघले राष्ट्रपति विद्या भण्डारीको […]
काठमाडौं । आगामी प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि १ लाख १५ हजार जना म्यादी प्रहरीका लागि भर्ना खुलेको छ । प्रहरी प्रधान कार्यालय नक्शालले आज सूचना जारी गरी भर्ना खुलेको जानकारी दिएको हो । म्यादी प्रहरीमा भर्ना हुन इच्छुकले यही भदौ ३० गतेदेखि असोज ६ गतेसम्म दरखास्त दिन सक्ने छन् । दरखास्त सबै […]
काठमाडौं । दार्चुलाका बाढीपहिरो पीडितलाई आजदेखि राहत वितरण सुरु गरिने भएको छ । जिल्ला विपद् व्यवस्थापन समितिको आज बिहान (आइतबार) बसेको बैठकले राहत वितरण गर्ने निर्णय गरेको हो । अविरल वर्षासँग शुक्रबार रातिदेखि आएको पहिरो र बाढीले जिल्लाको महाकाली नगरपालिका र नौगाड गाउँपालिकामा ठूलो जनधनको क्षति गरेको छ । हालसम्म ५ जनाको शव फेला परेको, […]
मुगु — जिल्लाको पर्यटकीय गन्तव्य राराको दोस्रो सर्वेक्षण कार्य सुरु गरिएको छ । २०५४ साल राराको पहिलो सर्वेक्षण गरिएकोमा २५ वर्षपछि पुन: सर्वेक्षण कार्य सुरु भएको रारा रारा राष्ट्रिय निकुञ्ज कार्यालयले जनाएको छ । जल तथा मौसम विज्ञान विभागको आर्थिक सहयोगमा कार्ड इ–टु सर्भिस जेड जेभी प्रालिले भदौ दोस्रो सातादेखि राराको गहिराई, लम्बाई, चौडाइ क्षेत्रफल, […]
काठमाडौँ — दार्चुलामा बाढी पहिरोमा परी मृत्यु हुनेको संख्या ५ पुगेको छ । मृत्यु हुनेमा नौगाड गाउँपालिकाका ३ र महाकाली नगरपालिकाका २ जना छन् । बाढी पहिरोमा परी १० जना अझै बेपत्ता छन् । बेपत्ता सबै सदरमुकाम खलंगास्थित महाकाली नगरपालिकाका छन् । सहायक प्रमुख जिल्ला अधिकारी हेमन्ती साउदका अनुसार बाढी पहिरोमा परेर मृत्यु हुनेमा महाकाली […]
धनगढीः दार्चुलामा गएराति परेको अविरल वर्षापछिको बाढी र पहिरोमा फसेका घाइतेहरुलाई नेपाली सेनाको हेलिकोप्टरले उद्धार गर्न थालेको छ। जिल्लाको नौगाड गाउँपालिका २ सल्ला गाउँमा आएको बाढीपहिरोमा परेर पाँच जनाको मृत्यु भएको थियो। गृहमन्त्री बालकृष्ण खाणको निर्देशनपछि सेनाको हेलिकोप्टर बाढीपहिरो प्रभवित क्षेत्रमा पुगेको हो। गृह मन्त्रालयका सहसचिव एवं प्रवक्ता फणिन्द्रमणि पोखरेलका अनुसार कर्णाली प्रदेशको राजधानी सुर्खेतबाट […]
बाजुरा । बाजुराको अर्गानिक स्याउ धनगढी आएको छ। कृषि ज्ञान केन्द्रको सहयोगमा व्यापारीहरुले स्याउ धनगढी ल्याएका हुन्। कृषि ज्ञान केन्द्र बाजुराका प्रमुख हरि पनेरुका अनुसार स्वामिकार्तिक–खापर गाउँपालिकाको स्याउ शनिबार धनगढी पुगेको छ। किसानको बारीबाट भरिया र खच्चरमा तिलिचोसम्म ढुवानी गरिएको स्याउ ट्रकमा धनगढी ल्याइएको हो। साँफे–मार्तडी सडक अवरुद्ध भएकाले कर्णाली करिडोरबाट सुर्खेत–कोहलपुर हुँदै स्याउ धनगढी […]
धनगढीः नेपाल सरकारका उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दिलेन्द्र प्रसाद बडु, सुदूरपश्चिम सरकारका आन्तरिक मामिला तथा कानुन मन्त्री रणबहादुर रावल र वनमन्त्री मानबहादुर धामी दार्चुलातर्फ उडेका छन्। मन्त्रीत्रय बडु, रावल र धामी राहत सामग्री लिएर दार्चुलातर्फ लागेका हुन्। बाढीपहिरो पीडितका लागि तत्काल आवश्यक पर्ने त्रिपाल, खाद्यान्न र कम्बलहरु लगायतका राहत सामग्रीसहित मन्त्रीत्रयको टोली त्यहाँतर्फ उडेको […]
काठमाडौं । दार्चुलाको महाकाली नगरपालिकास्थित लास्कु खोलामा आएको बाढीले १३ घर बगाएको छ । बाढीमा परेर ४ जना बेपत्ता भएका छन् । अविरल वर्षापछि शुक्रबार रातिदेखि आएको बाढीले १३ घर बगाएको र ४ जना बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी निरीक्षक जगत मगरले जानकारी दिए । बेपत्ता हुने महाकाली नगरपालिकाका दुई जना र नौगाड […]