होमपेज केही सेकेण्डमा लोड हुनेछ।
Advertisement area
१४ मंसिरमा हुने उपनिर्वाचनका लागि प्रतिनिधिसभा र प्रदेशसभा उम्मेदवारको बिहीबार मनोनयन दर्ता हुँदैछ । स्थानीय तहको मनोनयन दर्ता भने कात्तिक २७ गते तोकिएको छ । प्रतिनिधिसभा र प्रदेशसभा उम्मेदवारको मनोनयन दर्ता बिहीबार बिहान १० बजेदेखि दिउँसो १ बजेसम्म तोकिएको छ । प्रतिनिधिसभा र प्रदेशसभा उम्मेदवारहरूले सम्बन्धित क्षेत्रको निर्वाचन अधिकृतको कार्यालयमा मनोनयन दर्ता गराउन सक्नेछन् । […]
काठमाडौं, कात्तिक २१ । कञ्चनपुर भीमदत्त नगरपालिका उल्टाखामकी १३ वर्षीया निर्मला पन्तको बलात्कारपछि हत्या घटनाको अनुसन्धानका लागि गठित प्राविधिक विज्ञ समितिले डिएनएलाई प्रमाणका रुपमा लिन नमिल्ने ठहर गरेको छ। निर्मलाको भेजिनल स्वाबमा भेटिएको बिर्य पुरुषको हो या होइन भन्ने पुष्टि नभएको भन्दै त्यसलाई प्रमाण मान्न नसकिने समितिको प्रतिवेदनमा उल्लेख छ। गत भदौ २६ गते गृहमन्त्रीस्तरीय […]
काठमाडौं : नेपाल–चीनबीच अन्तरदेशीय रेलसेवा निर्माणसम्बन्धी पाँचौं चरणको वार्ता काठमाडौं–केरुङ रेलमार्गको सम्भाव्यता अध्ययनमा केन्द्रित हुने भएको छ। केरुङसम्म निर्माण हुने चरणमा रहेको रेल्वे सेवा विस्तार गरी काठमाडौं ल्याउनेसम्बन्धी वार्ता डिसेम्बरभित्र काठमाडौंमा आयोजना गर्न दुवै पक्ष सहमत भएका छन्। चिनियाँ टोलीको भ्रमणमा नेपाली पक्षले काठमाडौं–केरुङ रेलमार्ग सम्भाव्यता अध्ययन कार्यान्वयनको चरणमा लग्ने विषयमा केन्द्रित हुने भौतिक पूर्वाधार तथा […]
काठमाडौं : कालापानी र लिपुलेकसहित नेपाल–भारत सीमाका ७१ स्थानमा विवाद छ। भारतसँग जोडिएका २६ मध्ये २३ जिल्लामा सीमा समस्या छ। डँडेल्धुरा, बैतडी र धनुषामा मात्र सीमा अतिक्रमणका घटना देखिएका छैनन्। दार्चुलादेखि ताप्लेजुङसम्म गरी भारतले ६० हजार ६ सय २७ हेक्टर मिचेको छ।सीमाविद् बुद्धिनारायण श्रेष्ठको पुस्तक ‘सीमा संग्राम’ का अनुसार नेपाल र भारतबीच १ हजार ८ सय […]
काठमाडौं : प्रतिनिधिसभा र प्रदेशसभा उपनिर्वाचनका लागि बिहीबार उम्मेदवारी दर्ता हुँदैछ। मंसिर १४ गते हुने उपनिर्वाचनका लागि बिहीबार बिहान १० देखि दिउँसो १ बजेसम्म उम्मेदवारी दर्ताको समय निर्धारण गरिएको निर्वाचन आयोगले जनाएको छ। स्थानीय तहको उम्मेदवारको मनोनयन दर्ता भने एक सातापछि तोकिएको आयोगले जनाएको छ। प्रतिनिधिसभाको कास्की निर्वाचन क्षेत्र २, प्रदेशसभाका तीन वटा र स्थानीय तहका रिक्त […]
काठमाण्डाै – अरब सागरमा बनेको चक्रवातको प्रभाव नेपालमा पनि परेको छ । पश्चिमी वायु् र चक्रवातको प्रभावका कारण अहिले देशका सबैजसो ठाउँको मौसम बद्ली भएको मौसमविद् विभूति पोखरेलले बताउनु भयो । मौसम बद्लीसँगै आज धेरै ठाउँमा पानी पर्ने अनुमान पनि गरिएको छ । आज र भोलि बिहीबार मध्य र पश्चिमका धेरै ठाउँमा पान पर्ने मौसमविद् पोखरेलले […]
काठमाडौं : सत्तारुढ दलका नेताले नै भारतीयले जारी गरेको नयाँ नक्सामा नेपाली भूमि भारत भनी देखाएको भन्दै आपत्ति प्रकट गरेका छन्। नेकपाका स्थायी समिति सदस्य भिम रावलले ट्विट गर्दै नेपालको लिम्पियाधुरा लिपुलेक क्षेत्र भारत सरकारले नक्शामा भारतीय भूमी भनी देखाएको प्रति आपत्ति जनाएका छन्। उनले नेकपा स्थायी कमिटीको र सर्बदलीय बैठक बोलाउनुका साथै कूटनीतिक माध्यमबाट तत्काल […]
कार्तिक २० । भारतले जारी गरेको नयाँ नक्सामा नेपाली भूभाग अतिक्रमण गरेको भन्दै आज नेपाल मजदुर किसान पार्टीले भक्तपुरमा विरोध र्यालि निकालेको छ । भारतले नेपालको झण्डै ३ सय ७२ वर्ग किलोमिटरभन्दा धेरै जमिन आफ्नो भन्दै नयाँ राजनीतिक नक्सा सार्वजनिक गरेको छ । दार्चुला जिल्लाको लिपुलेक, लिम्पियाधुरा र कालापानी क्षेत्रलाई गएको शनिबार भारतले सार्वजनिक गरेको […]
भारतको नयाँ नक्साप्रति साझा पार्टीले आपत्ती जनाएको छ। नेपाली भूभाग कालापानी, लिपुलेक र लिम्पियाधुरालाई भारतीय भूमी भन्दै भारतले नयाँ नक्सा सार्वजनिक गरेपछि पार्टीले आपत्ति जनाएको हो। बुधबार एक विज्ञप्ति जारी गर्दै पार्टीले नक्सा सच्याउन माग गरेको छ। ‘नेपालको भू–भाग कालापानी, लिपुलेक र लिम्पियाधुरालाई भारतले हालै जारी गरेको नयाँ नक्सामा आफ्नो भू–भाग दाबी गरेकोप्रति साझा पार्टी […]
दार्चुलामा जीप दुर्घटना हुँदा १२ जना घाइते भएका छन्। जिल्लाको शैल्यशिखर नगरपालिका वडा नम्बर ६ चौतलीचौरमा बुधबार बिहान दुर्घटना भएको प्रहरीले जनाएको छ। लेकम गाउँपालिकाको रिठाचौपातास्थित लटिनाथ मन्दिरमा लागेको जयपुरमा जात्रा हेरेर घर फर्किने यात्रु बोकेर शैल्यशिखर नगरपालिकाको पनेबाजबाट गोकुलेश्वर तर्फ जाँदै गरेको से १ ज ११३१ नम्बर को जिप दुर्घटनामा परेको दार्चुला प्रहरीले जनाएको […]
सुदूरपश्चिम प्रदेश सरकारले खरिद गरेका १६ वटा एम्बुलेन्स झण्डै तीन महिना पछि वितरण गर्ने तयारी गरेको छ। गत साउनको अन्तीम साता अत्याधुनिक १६ वटा एम्बुलेन्स खरिद गरिएको भएपनि झण्डै तीन महिना पछि वितरण गर्ने तयारी भएको हो। प्रदेशको सामाजिक विकास मन्त्रालयका सूचना अधिकारी हेमराज खड्काले २० गते एम्बुलेन्स वितरण गर्ने तयारी भईरहेको बताए। सुरुवातमा दशैं अगाडी […]
नेपाल भ्रमण वर्ष २०२० नजिकिदै गर्दा सुदूरपश्चिममा मुख्य पर्यटकीय स्थलको पहिचान हुन सकेको छैन्। अन्य प्रदेशमा भ्रमण वर्षलाई लक्षित गरी सोही अनुसारका गतिविधी अघि बढेका बेला सुदूरपश्चिममा भने मुख्य पर्यटकीय स्थल कुन–कुन हुने भन्ने कुराको टुङगो नलागेको हो। तर प्रदेशको पर्यटन मन्त्रालयले सांसदहरुसँग छलफल गरेर मात्र उक्त विषयलाई निष्कर्षमा पुगाईने जनाएको छ। गत कात्तिक ८ […]
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले सातवटै प्रदेशका प्रदेश प्रमुखहरु नियुक्त गरेकी छन् । नेपालको संविधानको धारा १६३ (२) बमोजिम मन्त्रिपरिषदको सिफारिसमा उनले सोमबार प्रदेश प्रमुखहरुको नियुक्ति गरेकी हुन् । जसअनुसार प्रदेश १ को प्रदेश प्रमुखमा सोमनाथ अधिकारी ‘प्यासी’, प्रदेश २ मा तिलक परियार, प्रदेश ३ मा विष्णु प्रसाईं, गण्डकी प्रदेशमा अमिक शेरचन, प्रदेश ५ मा […]
काठमाडौं– राष्ट्रपति विद्यादेवी भण्डारीले सातै प्रदेशमा नयाँ प्रदेश प्रमुख नियुक्त गरेकी छन् । मन्त्रिपरिषदको सिफारिसमा राष्ट्रपति भण्डारीले सातै प्रदेशमा प्रमुखको नियुक्ति गरेकी हुन् । सोमबार बसेको मन्त्रिपरिषद बैठकले सातै प्रदेशका लागि प्रदेश प्रमुखको नाम राष्ट्रपतिसमक्ष सिफारिस गरेको थियो । राष्ट्रपति कार्यालयबाट जारी विज्ञप्तिमा नेपालको संविधानको धारा १६३ को उपधारा (२) बमोजिम मन्त्रिपरिषदको सिफारिसमा प्रदेश प्रमुख […]
१८ कात्तिक, काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले प्रदेश प्रमुखहरुको नाम सिफारिस गरेको छ । सोमबार प्रधामन्त्रीको सरकारी निवास बालुवाटारम बसेको सचिवालय बैठकले सात वटै प्रदेशका लागि प्रदेश प्रमुखहरुको नाम सिफारिस गरेको हो । सचिवालय बैठकले विष्णु प्रसाईं, शर्मिला त्रिपाठी, धर्मनाथप्रसाद साह, अमिक शेरचन, सोमनाथ अधिकारी प्यासी, तिलक परियार र गोविन्द कलौनीलाई प्रदेश प्रमुख बनाउने […]
बैतडीका ८४ वडामध्ये ७२ वडा सचिवविहीन भएका छन् । वडामा सचिव नहुँदा सेवा प्रवाहमा समस्या भएको छ । जिल्लाको शिवनाथ गाउँपालिका, पञ्चेश्वर गाउँपालिका, मेलौली नगरपालिका र सिगास गाउँपालिकाका एउटा वडामा पनि सचिव छैनन् । ती सबै स्थानीय तहले प्राविधिक सहायक, कार्यालय सहायक र सामाजिक परिचालकमार्फत वडाको काम गराउँदै आएका छन् । पाटन नगरपालिका–१० वडामध्ये ७ […]
काठमाण्डौ । सरकारले सातै वटा प्रदेशका प्रदेश प्रमुखलाई पदमुक्त गरेको छ । मन्त्रिपरिषद्को आइतबारको बैठकले सातै प्रदेशका प्रदेश प्रमुखहरुलाई पदमुक्त गर्ने निर्णय गरेको हो । मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले पदमुक्त गर्नु भएको हो । संविधानको धारा १६५ को उपधारा १ (ख) बमोजिम प्रदेश प्रमुखहरुलाई पदमुक्त गरिएको हो।
सुदूरपश्चिम प्रदेशका उद्योग पर्यटन वन तथा वातावरण राज्यमन्त्री प्रकाश रावल विरुद्ध अदालतमा ठगी र कागज किर्ते गरेको मुद्दा दर्ता भएको छ। जनज्योती बहुमुखी क्याम्पस महेन्द्रनगरका शेयर सदस्य समेत रहेका रावल सहितका ३६ जना विरुद्ध गत साउनमा ठगी र किर्ते मुद्दा दर्ता भएको जिल्ला अदालत कञ्चनपुरले पुष्टि गरेको छ। अधिकृत नवराज पाण्डेले भीमदत्त नगरपालिकाका ताराप्रसाद जोशी […]
महेन्द्रनगरबाट बाजुरा जाँदै गरेको ना ७ ख ६१८१ नम्बरको बस सह चालकले चलाउँदा दुर्घटना भएको खुलेको छ। जिल्लाको शिखर नगरपालिका वडा नम्बर १ गेरुपानीमा बस दुर्घटना हुँदा एक जनाको मृत्यु हुनुका साथै ३३ जना घाइते भएका छन्। चालक खगेन्द्र बडैलाले निन्द्रा लागेको भन्दै सह चालकलाई बस चलाउन दिएको २० मिनेटमा नै दुर्घटना भएको बाजुरा रिठाबजार […]
काठमाडौं । शैक्षिक गुणस्तर सुधारका लागि पश्चिम नवलपरासीको रामग्राम नगरपालिकाले सामुदायिक विद्यालयमा सञ्चालक समितिको अध्यक्ष बन्नका लागि शैक्षिक योग्यता निर्धारण गरेको छ । नगरपालिकाले जारी गरेको शिक्षा ऐन २०७५ र नगर शिक्षा नियमावलीअनुसार माध्यमिक तहको विद्यालयको सञ्चालक समितिको अध्यक्षका लागि स्नातक तह र आधारभूत तहको सञ्चालक समितिको अध्यक्ष बन्न उच्च मावि तहको अनिवार्य शिक्षा उत्तीर्ण […]