होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

शुक्रबार, चैत्र १६, २०८०
जोडिनुहोस
  • होमपेज
  • देश/प्रदेश
  • सुदूरपश्चिममा भ्रमण वर्ष लक्षित मुख्य पर्यटकीय स्थलको टुङ्गो लागेन
देश/प्रदेश

सुदूरपश्चिममा भ्रमण वर्ष लक्षित मुख्य पर्यटकीय स्थलको टुङ्गो लागेन

  • नागरिक रैबार
सुदूरपश्चिममा भ्रमण वर्ष लक्षित मुख्य पर्यटकीय स्थलको टुङ्गो लागेन

नेपाल भ्रमण वर्ष २०२० नजिकिदै गर्दा सुदूरपश्चिममा मुख्य पर्यटकीय स्थलको पहिचान हुन सकेको छैन्। अन्य प्रदेशमा भ्रमण वर्षलाई लक्षित गरी सोही अनुसारका गतिविधी अघि बढेका बेला सुदूरपश्चिममा भने मुख्य पर्यटकीय स्थल कुन–कुन हुने भन्ने कुराको टुङगो नलागेको हो।  तर प्रदेशको पर्यटन मन्त्रालयले सांसदहरुसँग छलफल गरेर मात्र उक्त विषयलाई निष्कर्षमा पुगाईने जनाएको छ।

गत कात्तिक ८ गते बसेको पर्यटन प्रवद्र्धन समितिको पहिलो बैठकले पर्यटकीय स्थलको प्रर्वद्धनमा कसरी अगाडी बढ्ने भन्ने छलफल गरेको थियो। तर भ्रमण वर्षको २५ दिन मात्रै बाँकी रहदा पनी मुख्य पर्यटकीय स्थलको भने कुनै टुङ्गो लाग्न नसकेको हो।

उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालयको वार्षिक स्वीकृत कार्यक्रम अनुसार एक निर्वाचन क्षेत्र एक पर्यटकीय गन्तव्यको विकास गर्ने भनिएको छ। तर उक्त कार्यक्रम पनि अलपत्र अवस्थामा छ। पर्यटन मन्त्रालयका भ्रमण वर्ष सम्पर्क  व्यक्ति भोजराज पाठकले सांसदहरुसँग छलफल गरेर मात्र मुख्य स्थल टुङ्गो लगाईने  बताए।

विज्ञापन

उनले सांसदहरु सँग छलफलको तयारी गरिएको समेत उल्लेख गरे। प्रदेश सरकारले अहिले सम्म कुनै जानकारी नगराएको भन्दै सुदुरपश्चिका विभिन्न  निर्वाचन क्षेत्रबाट निर्वाचित सांसदहरुले भने मुख्य क्षेत्रलाई पर्यटकीय गन्तव्यमा राख्न नसकिएको बताउदै आएका छन्।

प्रदेशसभाको हिउँदे अधिवेशन सुरु नभएकाले छलफललाई अगाडी बढाउन नसकिएको कैलाली क्षेत्र नम्बर ३ बाट निर्वाचित नेकपाका प्रदेशसभा सदस्य अमर बहादुर साउँदले बताए। उनले छफलफमा पर्यटकीय गन्तव्यका नाम दिईने समेत बताए। सरकारले नेपाल भ्रमण वर्ष २०२० मनाउने बताईरहदा निजी क्षेत्रलाई भने ‘कागलाई बेल पाक्यो हर्ष न विस्मात’ झै भएको छ।

भ्रमण वर्षमा व्यापार व्यवसाय समेत दोब्बरले फष्टाउने आशामा रहेका यस क्षेत्रका उद्योगी व्यवसायीमा भ्रमण वर्षको कुनै तयारी नथालिएपछि निराशा छाएको छ। सीमानाकाबाट भएर आउने पर्यटकका लागि कुनै होडिङ बोर्डको समेत व्यवस्था मिलाईएको छैन्। मुख्य पर्यटकीय स्थलको नाम सहित नक्साङकन गरिएका होडिङ बोर्ड प्रवेश द्धारमा लगाउनुपर्ने कञ्चनपुर उद्योग वाणिज्य संघले जोड दिएको छ।

प्रदेश सरकारले पर्यटकीय स्थलको प्रचारमा कुनै वास्ता नगरेको उद्योग वाणिज्य संघ कञ्चनपुरका अध्यक्ष जंग मल्लले आरोप लगाए। संघीय सरकारले घोषणा गरेका सय पर्यटकीय स्थल मध्ये सुदुरपश्चिममा पनी १० प्रमुख गन्तव्य छनौट भएका थिए। तर प्रदेश सरकारले भने अहिले सम्म भ्रमण वर्ष लक्षित पर्यटकीय स्थलको टुङ्गो  लगाउन नसकेको हो। दिनेशखबरबाट

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार