होमपेज केही सेकेण्डमा लोड हुनेछ।
Advertisement area
काठमाडौँ — नेकपाले एकीकरणपछि पहिलोपटक सञ्चालन गर्न लागेको स्कुल विभागको प्रशिक्षण सम्मेलनमा कार्यकर्तालाई ‘सी चिनफिङ पथ’ बारे प्रशिक्षण दिने भएको छ । असोज ६ र ७ गते काठमाडौंमा हुने सम्मेलनको पहिलो कक्षामै चिनियाँ राष्ट्रपति सी चिनफिङको राजनीतिक दर्शन र सिद्धान्तबारे जानकारी गराउने तयारी भएको विभाग प्रमुख ईश्वर पोखरेलले बताए । सम्मेलन तयारीका लागि चिनियाँ कम्युनिस्ट पार्टीका प्रतिनिधि […]
संविधान दिवसका अवसरमा सुदूरपश्चिमका सम्पूर्ण अस्पतालमा आज ओपीडि अर्थात बहिरंग सेवा निःशुल्क गरिएको छ। प्रदेश सरकारले संविधान दिवसका अवसरमा आज प्रदेशभरीका सम्पूर्ण अस्पतालहरुमा निःशुल्क ओपीडी सेवा प्रदान गर्न निर्देशन दिएको हो। प्रदेशको सामाजिक विकास मन्त्रालयका सूचना अधिकारी हेमराज खड्काले भदौँ ३१ गते बसेको मन्त्रीपरिषद् बैठकले गरेको निर्णयका आधारमा सबै सरकारी अस्पताललाई निःशुल्क ओपीडी सेवा दिन […]
वि.सं. २०७६ असोज २। बिहीबार। इ.स. २०१९ सेप्टेम्बर १९। ने.सं. ११३९ ञलगा। आश्विन कृष्णपक्ष। पञ्चमी, १५:५० उप्रान्त षष्ठी। मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ) मामा तथा मावलीबाट तपाईँको काममा सहयोग हुनेछ भने परिवारका आवस्यक्ताहरु पुरा गर्न सकिनेछ । अदालत तथा न्यायबाट हुने न्यायिक निर्णयहरू तपाईँ आफ्नै पक्षमा हुनेछन् । पढाई लेखाइमा अरूभन्दा अग्र पंतिमा तपाईँको नाम आउने तथा विजयको […]
संविधान दिवसका अवसरमा सुदूरपश्चिमका स्वास्थ्य संस्थामा पनि ओपीडि सेवा निःशुल्क हुने भएको छ। प्रदेश सरकारले स्वास्थ्य संस्थाहरुलाई संविधान दिवसका अवसरमा असोज २ गते निःशुल्क बहिरंग (ओ.पी.डी) सेवा प्रदान गर्न निर्देशन दिएको छ। प्रदेशको सामाजिक विकास मन्त्रालयका सूचना अधिकारी हेमराज खड्काले भदौँ ३१ गते बसेको मन्त्रीपरिषद् बैठकले गरेको निर्णयका आधारमा सबै सरकारी अस्पताल तथा स्वास्थ्य संस्थालाई […]
१ असोज, काठमाडौं । बुधबार पनि दिनभर पानी पर्ने मौसमविदले बताएका छन् । काठमाडौं उपत्यकामा बुधबार पनि दिनभर बादल लाग्ने र पानी पर्ने पूर्वानुमान छ । मौसमविद मञ्जु बासीले अनलाइनखबरसँग भनिन्, ‘काठमाडौं उपत्मायकामा आज पनि घाम लाग्ने सम्भावना छैन । दिनभरि नै पानी पर्छ । कुनै ठाउँमा केही क्षण रोकिए पनि एकछिनपछि फेरि पानी पर्ने छ […]
१ असोज, काठमाडौं । मलेसियामा जाने कामदारको मेडिकल शुल्क बढेको छ । दुईदेशबीच भएको श्रम समझदारी अनुरुप नै मेडिकल शुल्क बढेको हो । मेडिकलको सबै शुल्क भने मलेसियाली रोजगारदाता कम्पनीले नै बेहोर्ने भनिएको छ । नेपालबाट मलेसिया जाने कामदारको मेडिकल परीक्षणबात अब ७ हजार ६६४ रुपैयाँ तिर्नुपर्नेछ । यसमा स्वास्थ्य परीक्षण शुल्क ४ हजार ५ […]
काठमाडौं , असोज १ । आज असोज १ गते अर्थात विश्वकर्मा पूजा । हिन्दुहरुले विभिन्न फलामे औजार र कलाकारखानाहरुको पुजा आजा गरेर बिश्वकर्मा पूजा मनाउदै छन । आज कलकारखानामा रंगीचंगी पार्नुका साथै बिशेष पूजा पनि गरिन्छ । सवारी साधन हुनेहरूले बिहानै सवारी साधनलार्इ धाेएर पूजाअाजा गरेका छन् । बिहानै गुड्ने सार्वजनिक सवारीका साधनलार्इ पनि बिहानै धोएर […]
काठमाडौं : नेपाली सेनाले शान्ति सेनामा खटिने सैनिकको भत्ता बढाएको छ। सैनिक कल्याणकारी कोष सञ्चालन तथा व्यवस्थापन समितिको बैठकले भत्ता बढाउने निर्णय गरेको हो। प्रधानसेनापति पूर्णचन्द्र थापाको अध्यक्षतामा सोमबार बसेको बैठकले सिपाहीले प्रति महिना ८५ अमेरिकी डलर भत्ता बढाएको हो। हाल उनीहरूले मासिक अमेरिकी डलर १०२९ प्राप्त गर्छन्। भत्ता बढाइएपछि अब उनीहरूले प्रति महिना अमेरिकी डलर […]
३१ भदौ, काठमाडौं । नगरपालिकाले चोरी, दुर्घटना, अपराध नियन्त्रणलगायतका गतिविधि घटाउन सिसी क्यामेरा जडान गर्ने भएको छ । नगरपालिकाले सबै वडाका मुख्य–मुख्य चोक, त्यहाँ रहेका सामुदायिक विद्यालय र बजार क्षेत्रमा सिसी क्यामेरा जडान गर्न लागेको हो । क्यामेरा जडान गर्न प्रदेश सरकार र नगरपालिका मिलेर रु एक करोड खर्च गर्ने योजना अघि बढेको नगर प्रमुख गजेन्द्र […]
काठमाडौं, भदौ ३१ । पछिल्लो ५ महीनाको अवधिमा विपद्का घटनामा परि २ सय ७१ जनाको मृत्यु भएको छ। प्रहरी प्रधान कार्यालयका अनुसार २०७६ बैसाख १ देखि भदौ २९ गतेसम्ममा विपद्मा परि सो सङ्ख्यामा मृत्यु भएको हो। यस्तै, ६ सय ४६ जना घाइते भएका छन् भने ७ सय ६७ व्यक्ति विस्थापित भएका छन्। घटनामा परि १ […]
झट्ट हेर्दा त सजिलो र साह्रै लोभ अनि माया लाग्दो देखीन्छ । तर भित्र त्यती नै जटिल छ,त्यो प्रहरी हो जो आत्मसम्मानका लागी नभई आफ्नो देश र जनताको स्वाभिमानका लागी र सुशासनको प्रत्याभुती जनतालाई दिलाउन तथा देश र जनतालाई आतंकित बन्न बाट आफ्नो ज्यानको बाजी लगाएर पनि बचाउन रात दिन लागी परेको हुन्छ । सबैको […]
नागरिक रैबार/बाजुरा २८ भदौ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) सुदूरपश्चिम प्रदेश कमिटीले सुदूरपश्चिमका ८८ वटै स्थानीय तहमा नेकपा अध्यक्ष र सचिवको टुङ्गो लगाएको छ । दुई दिन अघि धनगढीमा बसेको नेकपा सुदूरपश्चिम कमिटीको बैठकले सुदूरपश्चिमका ९ वटै जिल्लाका ८८ वटा स्थानीय तहमा अध्यक्ष र सचिवको टुङ्गो लगाएको छ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) सुदूरपश्चिम प्रदेशले […]
धनगढी– नेपाल कम्युनिस्ट पार्टी (नेकपा) सुदूरपश्चिम प्रदेश कमिटीले पार्टीभित्र गुटगत भेला गरे कारबाही गर्ने निर्णय गरेको छ।पार्टीको प्रदेश कमिटी बैठकले गरेका निर्णय सार्जजनिक गर्न शुक्रबार धनगढीमा आयोजित पत्रकार सम्मेलनमा अनुशासन पालना गर्न सबै नेता तथा कार्यकर्तालाई निर्देशन दिएको हो। एकताबद्ध दुवै पूर्व पार्टीभित्र (तत्कालीन नेकपा र तत्कालीन माओवादी) का कतिपय समूहले पार्टी निर्णय विपरीत समूहगत […]
कैलाली २७ भाद्र/नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले सुदूरपश्चिम प्रदेशका ८८ वटै स्थानीय तहमा अध्यक्ष र सचिवको टुङ्गो लगाएको छ । दुई दिन सम्म धनगढीमा बसेको नेकपाको सुदूरपश्चिम प्रदेश कमिटीको बैठकले ९ जिल्लाका ८८ वटै स्थानीय तहमा अध्यक्ष र सचिवको टुङ्गो लगाएको हो । सबै स्थानीय तहका अध्यक्ष र सचिवको टुङगो लगाएको नेकपा सुदूरपश्चिम प्रदेश कमिटीले […]
जाजरकोट– तीन दिनदेखि सुत्केरी बेथाले छटपटाउनुभएकी कुशे गाउँपालिका– ८ लाताकी ३८ वर्षीया तुल्सी सुनारलाई शुक्रबार हेलिकप्टरबाट उद्धार गरी सुर्खेत लगिएको छ । भदौ २२ गते नै सुत्केरी हुने मिति तोकिएकामा तीन दिनअघि मात्र सुत्केरी बेथा लागेपनि सुत्केरी हुन कठिन भएपछि उहाँको उद्धार गरिएको हो । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयको राष्ट्रपति महिला उत्थान कार्यक्रम […]
काठमाडौं । नेपालीहरुको महान चाड वडादशैंलाई लक्षित गर्दै अग्रिम टिकट बुकिङ खुल्ने भएको छ । यातायातको भाडा वृद्धि नगरे टिकट बुकिङ नखुलाउने अडानमा रहेका यातायात व्यवसायी र सरकारबीच बिहीबार भएको वार्तामा असोज ५ गतेबाट दशैंको लागि टिकट खुला गर्ने सहमति भएको हो । यातायात व्यवस्था विभागका महानिर्देशक गोगनबहादुर हमालको संयोजकत्वमा यातायात व्यवसायी महासंघका प्रतिनिधि, ट्राफिक प्रहरी, […]
दसैंका लागि असोज ५ गतेदेखि अग्रिम बस टिकट बुकिङ खुल्ने भएको छ। यातायात व्यवस्था विभागमा आज बसेको विभागका महानिर्देशक, यातायात व्यवसायी तथा ट्राफिक प्रहरीको संयुक्त बैठकले असोज ५ देखि अग्रिम बस टिकट बुकिङ खुला गर्ने निर्णय गरेको हो। यस पटकको दसैंमा नयाँ यातायात भने थपिएको छैन। दसैं तिहारका लागि हालको प्रचलित भाडाअनुसार नै टिकट बुकिङ […]
नवलपरासी, २६ भदाै : पूर्व-पश्चिम राजमार्ग अन्तर्गत पहाडी क्षेत्र मानिने नवलपरासीको दाउन्नेमा यात्रुवाहक बसमा आगजनी भएको छ । गत राती महेन्द्रनगरबाट काठमाडौंको लागि छुटेको ना ६ ख ८४५६ नम्बरको यात्रुवाहक बसमा अज्ञात समूहले आगजनी गरेको हो । आगलागी किन र कसले गरेको भन्ने अनुसन्धान भइरहेको जिल्ला ट्राफिक प्रहरीले जनाएको छ । बर्दघाट नगरपालिका ४ मा […]
काठमाडौं : नेपाल आयल निगमले मंगलबार मध्याह्न १२ बजेदेखि लागू हुने गरी पेट्रोल, डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर दुई रुपैयाँ घटाएको छ। नेपाल आयल कर्पोरेसनका कार्यकारी निर्देशक सुरेन्द्र पौडेलले नेपाल भारत पेट्रोलियम पाइपलाइनको उद्घाटनसँगै तीन प्रकारको इन्धनको मूल्य घटाइएको जानकारी दिए। ‘आम उपभोक्तालाई राहत दिन निगमको स्वचालित मूल्य प्रणाली बमोजिम अन्तर्राष्ट्रिय बजार मूल्य, पाइपलाइनबाट ढुवानी गर्दा […]
एक वर्षमा देशैभर फोरजी सेवा सुरु गर्ने उद्देश्य सहित सेवा विस्तार गरिरहेको नेपाल टेलिकमले दसैं अघि नै सुदूरपश्चिमका कम्तीमा १२ सहरमा फोरजी सेवा सुरु गर्ने तयारी गरेको छ। नेपाल टेलिकम क्षेत्रीय निर्देशनालय सुदूरपश्चिमका अनुसार प्रदेशका १२ सहरमा दशैँ अगाडी नै फोरजी सेवा विस्तारको कार्य भईरहेको हो। ‘अहिले कैलाली र कञ्चनपुर जिल्लाका मुख्य सहरमा मात्रै फोरजी […]