होमपेज केही सेकेण्डमा लोड हुनेछ।
Advertisement area
काठमाडौं– सरकारले चालु आर्थिक वर्षको बजेटमा सरकारी कर्मचारीको तलब वृद्धि गर्ने घोषणा गरेको थियो । जसअनुसार सरकारी कर्मचारीको नयाँ तलब तय भएको छ । अर्थ मन्त्रालयले तयार गरेको नयाँ तलब संरचना मन्त्रिपरिषदले स्वीकृत पनि गरिसकेको छ । निजामति कर्मचारीसँगै सुरक्षा निकायका कर्मचारीको तलब पनि वृद्धि भएको छ । आन्तरिक सुरक्षा व्यवस्थापनदेखि अपराध अनुसन्धान गर्ने निकायका रुपमा […]
नेपालगञ्ज । पछिल्लो समय भारतले नेपाली भूमि मिचेर नयाँ नक्सा जारी गरेसँगै देशभर भारतको व्यापक विरोध भईरहेका बेला भारतले नेपालगञ्ज नाका बन्द गरेको छ । भारतले नक्सा विवादमा नाका बन्द गरेको नभई आज (शनिबार) भारतको सर्वोच्च अदालतले अयोध्याको राम मन्दिर–बाबरी मस्जिद विवादको मुद्दामा फैसला सुनाउने भएकाले आज बिहानैबाट नाका बन्द गरिएको भारतीय पक्षले जनाएको छ […]
नागरिक रैबार /बाजुरा २२ कार्तिक । बाजुराको गौमुल गाउँपालिका ३ माझपालीबाट शुक्रबार दिउसो नेत्रविक्रम चन्द ‘विप्लव’नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका केन्द्रीय सदस्य सहित १६ जना कार्यकर्ता पक्राउ परेका छन् । इलाका प्रहरी कार्यालय घटमुनाको टोलीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी नायव उपरिक्षक उद्धवसिं भाटले बताउनुभएको छ । गाउँमा चन्दा संकलन गरिरहेको बेला गोप्य सुचनाका […]
काठमाडौं मोबाईलकै कारण किशोर किशोरीहरुले बाल विवाह गर्न थालेपछि समाजि अभियन्तहरु कडा रुपमा प्रस्तुत भएका छन् । उनीहरुले अब माध्यमिक तह कक्षा १२ पास नगेरेसम्म मोबाईल बोक्न नपाउनु पर्ने कानुन निमार्ण हुन जरुरी रहेको भन्दै कडा रुपमा आफ्नो धारण प्रस्तुत गरेका हुन् । बालबालिकाका क्षेत्रमा काम गर्ने विभिन्न सामाजिक संघसस्थाले आधारभूत तहदेखि नै किशोरकिशोरीको हातहातमा मोबाइल […]
काठमाडौं २२ कात्तिक । नेपाली सीमामा भारतीय पक्षले गरेको अतिक्रमण र उपनिर्वाचनका लागि बिहीबार गरिएको मनोनयन दर्ता आजका दैनिक पत्रिकाहरूको पहिलो प्राथमिकतामा परेको छ । यसबाहेक अपराध र अनियमिततासँग सम्बन्धित विषय पनि आजका पत्रिकाहरूले उठाएका छन् । ‘भारतले कालापानीवरै पनि मन्दिर बनाउन दिएन’ शीर्षकमा कान्तिपुरले सीमा अतिक्रमणबारे मुख्य समाचार बनाएको छ । समाचार अनुसार भारतीय पक्षले […]
काठमाडौँ — नेपाल–भारतको सीमा कति लामो होला ? यसबारे दुवै मुलुकका दाबी छुट्टाछुट्टै छन् । केही ठाउँमा सीमा विवाद कायमै रहेका कारण हालसम्म यसको लम्बाइबारे साझा बुझाइ बन्न सकेको छैन । मुख्यतः दार्चुलास्थित लिम्पियाधुरा, लिपुलेक र कालापानी तथा नवलपरासीको सुस्ता क्षेत्र भारतीय अतिक्रमणमा परेका कारण यस्तो हुन गएको हो । नेपालको उत्तरी छिमेकी चीनसँगको एक हजार चार सय १४ […]
काठमाडौँ । भारतले जारी गरेको नयाँ राजनीतिक नक्सामा नेपाली भूभाग अतिक्रमण गरिएको विरोधमा देशभर आन्दोलन जारी रहेको छ । यसैक्रममा शुक्रबार राजधानीस्थित भारतीय दूतावास अगाडि प्रदर्शन गर्दै विद्यार्थीहरुले भारतको नक्सा जलाएका छन् । संयुक्त विद्यार्थी आन्दोलनको ब्यानरमा गरिएको प्रदर्शनमा उनीहरुले अतिक्रमित सम्पूर्ण नेपाली भूमि फिर्ता गर्नुपर्ने मागसहित नारा लगाएका थिए । हेर्नुहोस् तस्विर
२१ कात्तिक, काठमाडौं । नेपाली सेनाले सञ्चालन गरेको पेट्रोल पम्पमा सेनाकै उच्च अधिकारीले इन्धनको रकम नतिरेको पाइएको छ । भद्रकालीस्थित रिपुमर्दिनी पेट्रोलस्टेशनमा ३० जना सेनाका अधिकारीहरुले ईन्धनको रकम नतिरेको भनी सूचना टाँस गरिएको छ । उनीहरुले गत असोज महिनासम्मको सहुलियतमा पाउने इन्धन प्रयोग गरेर पनि थप इन्धनको रकम नतिरेको सूचनामा जनाइएको छ । इन्धनको पैसा […]
१ कात्तिक, काठमाडौं । भारतको हालै जारी गरेको आफ्नो नक्सामा नेपाली भूभाग परेको नेपालको दाबीलाई उसले अस्वीकार गरेको छ । नयाँ नक्सामा नेपालसँगको सीमा परिमार्जन नगरेको भारतको दाबी छ । भारतीय विदेश मन्त्रालयमा बिहीबार आयोजित नियमित पत्रकार सम्मेलनमा भारतको नयाँ नक्सालाई लिएर नेपालमा व्यापक विरोध भएको र नेपालले पनि एकपक्षीय निर्णय अस्वीकार्य हुने बताएको भन्दै […]
सुदूरपश्चिम प्रदेश राजधानी पूर्वाधार विकास समिति गठन आदेश पारित भएको छ। आज बसेको प्रदेश मन्त्रीपरिषद्को बैठकले गठन आदेश पारित गरेको हो। प्रदेशको राजधानी कैलालीको गोदावरीमा घोषणा भएको एक बर्ष बढि भईसक्दा समेत राजधानी स्थापनाको कार्य अगाडी बढ्न नसकेको अवस्थामा गठन आदेश पारित भएको हो। यस्तै आज बसेको मन्त्रीपरिषद् बैठकले सुदूरपश्चिम वित्तिय सम्मेलन मंसिर २० गते […]
पोखरा, २१ कार्तिक । आगामी मङ्सिर १४ गते हुने कास्की क्षेत्र नं २ को प्रतिनिधिसभा सदस्यको उपनिर्वाचनका लागि नेकपाकोतर्फबाट विद्या भट्टराईले उम्मेद्धारको मनोनयन दर्ता गराउनु भएको छ । उहाले आज विहान जिल्ला निर्वाचन कार्यालय कास्की पुगेर उहाले मनोनयन दर्ता गराउनु भएको हो । मनोनयन दर्ता अगाडी नेकपाले बाजागाजासहित ¥याली निकालेर जिल्ला निर्वाचनको कार्यालय पुगेको थियो । […]
कार्तिक २१ । सुदूरपश्चिम प्रदेशका उद्योग पर्यटन वन तथा वातावरण मन्त्री प्रकाश रावलको सम्पत्ती छानिबिन सुरु गरिएको छ। राज्यमन्त्री रावलविरुद्ध परेको उजुरीका आधारमा सम्पत्ति शुद्धिकरण अनुसन्धान विभागले छानबिन सुरु गरिएको जनाएको हो। स्रोतलाई उदृत गर्दै अनलाईन खबरले रावलको सम्पत्ती छानविनका लागि विभागका एसएसपी सहितको टोली मंगलबार कञ्चनपुर पुगेको उल्लेख गरेको छ। रावल विरुद्ध विभागमा सम्पत्ती छानबिनका लागि […]
१४ मंसिरमा हुने उपनिर्वाचनका लागि प्रतिनिधिसभा र प्रदेशसभा उम्मेदवारको बिहीबार मनोनयन दर्ता हुँदैछ । स्थानीय तहको मनोनयन दर्ता भने कात्तिक २७ गते तोकिएको छ । प्रतिनिधिसभा र प्रदेशसभा उम्मेदवारको मनोनयन दर्ता बिहीबार बिहान १० बजेदेखि दिउँसो १ बजेसम्म तोकिएको छ । प्रतिनिधिसभा र प्रदेशसभा उम्मेदवारहरूले सम्बन्धित क्षेत्रको निर्वाचन अधिकृतको कार्यालयमा मनोनयन दर्ता गराउन सक्नेछन् । […]
काठमाडौं, कात्तिक २१ । कञ्चनपुर भीमदत्त नगरपालिका उल्टाखामकी १३ वर्षीया निर्मला पन्तको बलात्कारपछि हत्या घटनाको अनुसन्धानका लागि गठित प्राविधिक विज्ञ समितिले डिएनएलाई प्रमाणका रुपमा लिन नमिल्ने ठहर गरेको छ। निर्मलाको भेजिनल स्वाबमा भेटिएको बिर्य पुरुषको हो या होइन भन्ने पुष्टि नभएको भन्दै त्यसलाई प्रमाण मान्न नसकिने समितिको प्रतिवेदनमा उल्लेख छ। गत भदौ २६ गते गृहमन्त्रीस्तरीय […]
काठमाडौं : नेपाल–चीनबीच अन्तरदेशीय रेलसेवा निर्माणसम्बन्धी पाँचौं चरणको वार्ता काठमाडौं–केरुङ रेलमार्गको सम्भाव्यता अध्ययनमा केन्द्रित हुने भएको छ। केरुङसम्म निर्माण हुने चरणमा रहेको रेल्वे सेवा विस्तार गरी काठमाडौं ल्याउनेसम्बन्धी वार्ता डिसेम्बरभित्र काठमाडौंमा आयोजना गर्न दुवै पक्ष सहमत भएका छन्। चिनियाँ टोलीको भ्रमणमा नेपाली पक्षले काठमाडौं–केरुङ रेलमार्ग सम्भाव्यता अध्ययन कार्यान्वयनको चरणमा लग्ने विषयमा केन्द्रित हुने भौतिक पूर्वाधार तथा […]
काठमाडौं : कालापानी र लिपुलेकसहित नेपाल–भारत सीमाका ७१ स्थानमा विवाद छ। भारतसँग जोडिएका २६ मध्ये २३ जिल्लामा सीमा समस्या छ। डँडेल्धुरा, बैतडी र धनुषामा मात्र सीमा अतिक्रमणका घटना देखिएका छैनन्। दार्चुलादेखि ताप्लेजुङसम्म गरी भारतले ६० हजार ६ सय २७ हेक्टर मिचेको छ।सीमाविद् बुद्धिनारायण श्रेष्ठको पुस्तक ‘सीमा संग्राम’ का अनुसार नेपाल र भारतबीच १ हजार ८ सय […]
काठमाडौं : प्रतिनिधिसभा र प्रदेशसभा उपनिर्वाचनका लागि बिहीबार उम्मेदवारी दर्ता हुँदैछ। मंसिर १४ गते हुने उपनिर्वाचनका लागि बिहीबार बिहान १० देखि दिउँसो १ बजेसम्म उम्मेदवारी दर्ताको समय निर्धारण गरिएको निर्वाचन आयोगले जनाएको छ। स्थानीय तहको उम्मेदवारको मनोनयन दर्ता भने एक सातापछि तोकिएको आयोगले जनाएको छ। प्रतिनिधिसभाको कास्की निर्वाचन क्षेत्र २, प्रदेशसभाका तीन वटा र स्थानीय तहका रिक्त […]
काठमाण्डाै – अरब सागरमा बनेको चक्रवातको प्रभाव नेपालमा पनि परेको छ । पश्चिमी वायु् र चक्रवातको प्रभावका कारण अहिले देशका सबैजसो ठाउँको मौसम बद्ली भएको मौसमविद् विभूति पोखरेलले बताउनु भयो । मौसम बद्लीसँगै आज धेरै ठाउँमा पानी पर्ने अनुमान पनि गरिएको छ । आज र भोलि बिहीबार मध्य र पश्चिमका धेरै ठाउँमा पान पर्ने मौसमविद् पोखरेलले […]
काठमाडौं : सत्तारुढ दलका नेताले नै भारतीयले जारी गरेको नयाँ नक्सामा नेपाली भूमि भारत भनी देखाएको भन्दै आपत्ति प्रकट गरेका छन्। नेकपाका स्थायी समिति सदस्य भिम रावलले ट्विट गर्दै नेपालको लिम्पियाधुरा लिपुलेक क्षेत्र भारत सरकारले नक्शामा भारतीय भूमी भनी देखाएको प्रति आपत्ति जनाएका छन्। उनले नेकपा स्थायी कमिटीको र सर्बदलीय बैठक बोलाउनुका साथै कूटनीतिक माध्यमबाट तत्काल […]
कार्तिक २० । भारतले जारी गरेको नयाँ नक्सामा नेपाली भूभाग अतिक्रमण गरेको भन्दै आज नेपाल मजदुर किसान पार्टीले भक्तपुरमा विरोध र्यालि निकालेको छ । भारतले नेपालको झण्डै ३ सय ७२ वर्ग किलोमिटरभन्दा धेरै जमिन आफ्नो भन्दै नयाँ राजनीतिक नक्सा सार्वजनिक गरेको छ । दार्चुला जिल्लाको लिपुलेक, लिम्पियाधुरा र कालापानी क्षेत्रलाई गएको शनिबार भारतले सार्वजनिक गरेको […]