राजेन्द्र बहादुर रोकाया। बाजुरा यतिखेर देश कोरोना भाइरसले गर्दा लकडाउनमा छ । कोरोना भाइरस कोभिड १९ को जोखीम चिनको वुहानबाट सुरु भएर अहिले बिश्वभरीनै महामारीको रुप लिरहेको छ ।
यो महामरी फैलिरहेको समयमा हाम्रो नेपाल देशमा पछिल्लो समयमा आएर अर्को बिषय बढी बहस चर्चा हुन थालेको छ । नेपालको भुमि लिपुलेख, लिम्पियाधुरा र कालापानिमा भारतले सडक बनाएर उद्घाटन गरेपछी नेपाली जनतामा नैरश्यता छाएको थियो ।
बारम्बार बिवादित बन्दै आएको उक्त भुमि अहिले कोरोना संग लड्नुपर्ने बिषम परिस्थितीमा समेत यो विषय बिवादित बन्न पुगेको छ ।
यसै समयमा भारतले सडक बनाएर उद्घाटन गरेपछी नेपाल सरकारले राजनितिक र प्रसाशनिक नक्सा सार्बजनिक गर्दै उक्त बिवादित क्षेत्र कालापानी लिपुलेक र लिम्पियाधुरा सहित समेटेर नक्सा सार्वजनिक गरीसकेको छ । नेपाल सरकारले सार्वजनिक गरेको नक्साको भारत सरकारले असन्तुष्टि जनाईसकेको छ ।
नेपाली जनताहरु आफ्नो भुमिमा भारतले सडक बनाएको प्रति बिरोध जनाउदै आएका छन् । नेपाली जनताहरुले आ आफ्नो क्षेत्रबाट नेपाल सरकारको ध्यानाकर्षण गराउदै आएका छन् । यतिबेला कलाकारहरुले पनी साँगितिक क्षेत्रबाट सरकारको ध्यानाकर्षण गराइरहेका छन् । उक्त बिषयलाई समेटेर कलाकार लालबहादुर थापाले पनि गित मार्फत उक्त भुमि नेपालकै भएको बताउनुभएको छ ।
उहााले गित मार्फत कालापानी, लिपुलेक र लिम्पियाधुराको लागी नेपालीले सास रहुुन्जेल सम्म लडिरहनुपर्ने बताउनुभयो ।
उहाँले गितबाटै नै सहनु हुन्न कसैको दादागिरी भन्नुभएको छ । फेरी हामी नेपाली बिर गोर्खालीले जसरी हाम्रा पुर्खाले लडेर आफ्नो भुमि बचाएका थिए त्यसै गरी हामी नेपाली एक एक भएर जुट्नु पर्ने समेत कलाकार थापाले गित मार्फत भन्नुभएको छ । थापाले आफ्नै लय, शब्द र दिपक संगम बि सी को एरेन्जमा उक्त देश भक्ति गित बजारमा ल्याउनुभएको छ ।
http://https://www.youtube.com/watch?v=tqLTqldiFik&feature=share
फेसबुक प्रतिक्रियाहरु