होमपेज केही सेकेण्डमा लोड हुनेछ।
Advertisement area
मदन वि.क./बाजुरा २४ असार। प्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पाटी –नेकपाका अध्यक्ष केपी शर्मा ओलीको प्रधानमन्त्री र पार्टी अध्यक्ष दुवै पद धरापमा परेपछि देशभर ओलीका पक्षमा नेता तथा कार्यकर्ताहरु प्रर्दशनमा उत्रिएका छन् । ओलीका पक्षमा प्रर्दशनमा उत्रेका नेता कार्यकर्ताहरुले ओलीको दुवै पद यथास्थानमा कायम राख्न माग गर्दै सडकमा प्रर्दशन गरिरहेका छन् । बुधबार बाजुरामा पनि ओलीका […]
२४ असार, काठमाडौं । लोमस फर्मासिटिकल्सले उत्पादन गरेको दुई औषधि कम गुणस्तरको भेटिएको छ । औषधि व्यवस्था विभागले बजार अनुगमनका क्रममा संकलन गरिएका औषधिहरुको नमुना परीक्षण गर्दा मेट्रो ४०० एमजी (मेट्रोनिन्डाजोल ट्याबलेट) र सेटोफेन (प्यारासिटामोल ट्याबलेट ५०० एमजी) कम गुणस्तरको पाइएको हो । विभागले मेट्रो ४०० को ब्याच नम्बर एमटीटी-०९१७ र सेटोफेजको ब्याच नम्बर सीटी-१०१९ […]
चालु आर्थिक वर्ष (२०७६/७७) मा खर्च नभइ फ्रिज भएको रकम असार मसान्तसम्म राज्यको ढुकुटीमा फिर्ता गर्न महालेखा नियन्त्रकको कार्यालयले सबै कोष तथा लेखा नियन्त्रकको कार्यालयललाई निर्देशन दिएको छ । महालेखा नियन्त्रकको कार्यालयको असार २१ गते बसेको बैठकले १३ बुँदे निर्देशन कोष तथा लेखा नियन्त्रकलाई दिएको छ । आर्थिक वर्ष सकिन अब ८ दिन बाँकी रहेकाले […]
नेपालमा ९९ प्रतिशत कोरोना भाइरसका लक्षणविहीन ‘असिम्प्टोम्याटिक’ बिरामी रहेका छन्। पुष्टि भएको ९७ प्रतिशत बिरामीमा सङ्क्रमण आयातित छन्। नेपालमा १६ हजार १६८ जनामा कोरोना सङ्क्रमणको पुष्टि भएको छ। जसमध्ये अधिकांश लक्षणविहिन बिरामी फेला परेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ। मन्त्रालयले नियमित पत्रकार सम्मेलनमा हालसम्म दुई लाख ६० हजार व्यक्तिमा कोरोना सङ्क्रमणको परीक्षण गरिएकोमा ९९ […]
बैतडी- भारतसँग सीमा जोडिएको बैतडीको झुलाघाट नाका बुधबारदेखि तीन दिनका लागि खुल्ने भएको छ। दुवै देशका स्थानीय प्रशासनको समन्वयमा बुधबारदेखि तीन दिनका लागि सीमा नाका खुला गर्ने सहमति भएको बैतडीका सहायक प्रमुख जिल्ला अधिकारी लोकेन्द्रसिंह नेगीले जानकारी दिए। कोरोना भाइरसको जोखिमका कारण अन्तर्राष्ट्रिय सीमा नाका बन्द भएकाले दुवै देशका स्थानीय प्रशासनहरुको सहमति नाका खुल्न लागेको हो। […]
धनगढी : सुदूरपश्चिमका विभिन्न अस्पतालबाट नौँ सय ३८ जना कोरोना संक्रमित डिस्चार्ज भएका छन्। प्रदेशको सामाजिक विकास मन्त्रालयका स्वास्थ्य महाशाखा प्रमुख नरेन्द्र कार्कीले नियमित प्रेस व्रिफिङमा मंगलवार साँझ नौँ सय चार जना कोरोना संक्रमित डिस्चार्ज भएको जानकारी दिए। उनका अनुसार शुक्रवार मात्रै ३४ जना संक्रमितलाई विभिन्न अस्पताल र क्वारेन्टिनबाट घर पठाइएको छ। अछामबाट ३०, कैलालीबाट तीन […]
काठमाडौं २२ असार । गृह मन्त्रालयले मास्क नलगाई घर बाहिर निस्कनेलाई पक्राउ गर्न प्रहरीलाई निर्देशन दिएको छ । असार १ गते नै सरकारले निर्देशन जारी गरे पनि कार्यान्वयन नभएकाले रिमाइन्ड मात्र गरिएको गृह प्रवक्ता केदार शर्माले बताएका छन् । उनले भने, ‘प्रहरी प्रधान कार्यालय र सिडिओ कार्यालयलाई थप प्रभावकारी बनाउन भन्दै रिमाइन्ड गरिएको हो । यद्यपी […]
धनगढी : कोरोना महामारीको जोखिम रोक्न सरकारले गरेको लकडाउनको एक सय दिनको अवधिमा सुदूरपश्चिम प्रदेशमा एक सय ७५ जनाले आत्महत्या गरेका छन्। चैत ११ गतेदेखि असार २० गतेसम्म सुदूरपश्चिमका नौँ जिल्लामा एक सय ७५ जनाले आत्महत्या गरेका प्रदेश प्रहरी कार्यालय डोटीले जनाएको छ। प्रदेशमा महिलाभन्दा बढि पुरुषले आत्महत्या गरेका छन्। ९३ जना पुरुष र ८२ जना […]
जीवन कैला/बाजुरा २१ असार। जिल्लाको बुढीनन्दा नगरपालिका वडा न ७ को वडा कार्यालयमा तालावन्दी गरिएको छ । कोरोना भाईरस कोभिड १९ को रोकथाम तथा नियन्त्रण गर्न वडा कार्यालयले हेलचक्रयाई गरेको भन्दै नेकपा ७ न वडा संगठन कमिटीले आईतबार दिउसो वडा कार्यालयमा ताला बन्दी गरेका हुन् । अाइतबार नेकपा वडा संगठन कमिटीका लालविर कडारको नेतृत्वमा गएको […]
चक्र बहादुर अएडी/बाजुरा २१ असार। कुर्षि पकेट उद्यमिहरुका लागि व्यवसाय सुधार तालिम सुरु त्रिवेणी नगरपालिका वडा नम्वर ९ मा हिजो देखि रत्न माध्यामिक विद्यालयमा सुरुगरिएको छ । प्रधान मन्त्री स्वरोजगार त्रिवेणी नगरपालिकाको आयोजनामा तालिम शनिबारदेखि सुरु भएको छ । व्यवसाय गर्न सोच बनाएका तरकारि व्यवसाय गर्ने कुखुर , बाख्रा लगएतका व्यवसाय गर्न चाहाने वेरोजगार युवाहरुलाई […]
काठमाडौँ । काठमाडौँको नयाँ बसपार्क नजिकै रहेको एक ग्यारेजमा आइतबार बिहान अगलागी हुँदा ८ वटा माइक्रोबस जलेको छ । आगलागीबाट ८ वटा माइक्रोबसमा क्षति पुगेको प्रहरीले जनाएको छ । बा १ ज ९६०९, बा २ ख २०८०, बा १ ज ९४५८, बा २ ज १०९६, बा ३ ख ८५८९, बा ४ ख २४०, बा ४ […]
काठमाडौं, २१ असार । सरकारले कक्षा ११ को परीक्षा सञ्चालन तथा विद्यार्थीको अन्तिम मूल्याङ्कन गर्ने अधिकार सम्बद्ध विद्यालयलाई नै जिम्मा दिने निर्णय गरेको छ । राष्ट्रिय पाठ्यक्रम विकास तथा मूल्याङ्कन परिषद्ले कक्षा ११ को परीक्षा सञ्चालनको अधिकार सम्बद्ध विद्यालयलाई दिने नीतिगत निर्णय गरेको हो । पाठ्यक्रम विकास केन्द्रका महानिर्देशक केशव दाहालले हाल कक्षा ११ को […]
राजेन्द्र बहादुर राेकाया बाजुरा,२०असार। बाजुराको बुढिनन्दा नगरपालिका वडा न १० पाण्डुसैनको कालापाटन भन्ने ठाउँ स्थित भैसीखर्कमा गएराति परेको चट्याङ लागेर गम्भीर घाइते भएका ५५बर्षका सौरे बोहराको बाजुरामा उपचार सम्भव नभएपछि आज जिल्ला प्रशासन कार्यालय बाजुराको समन्वय तथा नेपाल सरकार गृहमन्त्रालयको सहयोगमा उदार गर्न आएको नेपाली सेनाको हेलिकप्टर मौसम प्रतिकुलताका कारण उक्त स्थानमा अवतरण गर्न नसकेका […]
बझाङ । बझाङको केदार स्युँ गाउँपालिका–८ मल्लेस गाउँमा पहिरो जाँदा पुरिएर मृत्यु हुनेको संख्या ६ पुगेको छ । यस्तै १ जना अझै बेपत्ता छन् । पहिरोले पुरिएर केदार स्युँ गाउँपालिका–८ का ४२ वर्षीय राममती देवी जेठारा, उनका ११ वर्षीय छोरा प्रयाग जेठारा र ७ वर्षीय छोरी अस्मीता जेठाराको शव फेला परेको छ । यस्तै सोही […]
धेरै रिस राख्ने हो भने मान्छेलाई रिसले सफलताबाट असफलता तर्फ लैजान्छ । व्यक्ति, परिवार, समाज हुँदै आफ्नो व्यवसाय हरेक काममा रिसले समस्या निम्त्याउन सक्छ । स्वास्थ्यको दृष्टीकोणले पनि रिसलाई राम्रो मानिदैन । मस्तिष्क मात्रै होइन मुटुमा रिसले असर गर्न सक्छ । रिसले हाम्रो स्वास्थ्यमा के–के बेफाईदा पु¥याउँछ भन्ने कुराको बारेमा डाक्टर ओम मूर्ति अनिलले जानकारी […]
बाजुरा । जिल्लाको जगन्नाथ गाउपालिका वडा नं ५ गोत्री, स्थायी घर भई हाल काठमाडौ जिल्ला गोकणेश्वर नगरपालीकाको शनिष्टार गाउँमा बस्दै आईरहेका ४३ वर्षका नरजित शाही दुई बर्ष अगाडि आफ्नो श्रीमतिको उपचार गर्न र धोरा छोरिको भबिस्य उज्जल बनाउन काठमाण्डौ आएका ती शाहि केही महिना देखि कम्मरको नसा च्यापिएर थला परे पछि अहिले घरमै तड्पिएका छन […]
काठमाडौं, १९ असार । प्रधानमन्त्री केपी शर्मा ओलीलाई आफ्नै पार्टीबाट राजीनामाको दबाब आए पनि उनी प्रधानमन्त्री र अध्यक्ष दुवै पदबाट बाहिरिने सम्भावना छैन । उनले राजनीतिक रूपमा नै दबाबको सामना गर्ने गरी आफूलाई तयारी अवस्थामा राखेको उनी निकटकाले बताएका छन् । पार्टीमा दबाब खेपे पनि प्रम ओलीले सरकार सञ्चालनका नियमित कार्यलाई जारी राखी विरोधी खेमाका […]
काठमाडौं, १९ असार । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)मा गम्भीर संकट उत्पन्न भएपछि शीर्ष नेताहरूले पार्टी जोगाउन दौडधुपलाई तीव्र पारेका छन् । पार्टीको जारी स्थायी कमिटी बैठकमा प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीको राजीनामाको माग उठेपछि त्यसले नेकपामा तरंग सिर्जना भएको छ । प्रम ओलीको राजीनामा मागसँगै पार्टीमा देखिएको संकट समाधानका लागि नेताहरू प्रधानमन्त्री […]
काठमाडौं, १९ असार । सत्तारूढ नेकपाको आन्तरिक किचलो चरमोत्कर्षमा पुगेको छ। अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीलाई दुवै पदबाट राजीनामा गराउन स्थायी समितिको बहुमत अग्रसर भएपछि टकरावको स्थिति आएको छ। प्रधानमन्त्री दुवै पदबाट राजीनामा गर्न इच्छुक छैनन्। बरु, बैठककै बीचमा मन्त्रिपरिषद्बाट सिफारिस गराएर उनले संसद् अधिवेशन अन्त्य गराएका छन्। त्यसले झन् असमझदारी बढाएको छ। पार्टीभित्र […]
काठमाडौं, १९ असार । कोरोना भाइरसका कारण बालविवाह गर्नेको सङ्ख्या बढ्ने देखिएको छ । संयुक्त राष्ट्रसङ्घीय जनसङ्ख्या कोष (यूएनएफपीए) ले यस्तो आकलन गरेको हो । यूएनएफपीएका अनुुसार हाल विश्वमा सिर्जना भएको विकराल स्थिति अझै छ महिना लम्बिए सन् २०३० सम्म विश्व भरिका थप एक करोड ३० लाख किशोरी बालविवाह गर्न बाध्य हुनेछन् । लैङ्गिक विभेद […]