होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

आइतवार, बैशाख २३, २०८१
जोडिनुहोस
  • होमपेज
  • देश/प्रदेश
  • नेपालमा ९९ प्रतिशत सङ्क्रमित लक्षणविहीन
देश/प्रदेश

नेपालमा ९९ प्रतिशत सङ्क्रमित लक्षणविहीन

  • नागरिक रैबार
नेपालमा ९९ प्रतिशत सङ्क्रमित लक्षणविहीन

नेपालमा ९९ प्रतिशत कोरोना भाइरसका लक्षणविहीन ‘असिम्प्टोम्याटिक’ बिरामी रहेका छन्। पुष्टि भएको ९७ प्रतिशत बिरामीमा सङ्क्रमण आयातित छन्। नेपालमा १६ हजार १६८ जनामा कोरोना सङ्क्रमणको पुष्टि भएको छ। जसमध्ये अधिकांश लक्षणविहिन बिरामी फेला परेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ।

मन्त्रालयले नियमित पत्रकार सम्मेलनमा हालसम्म दुई लाख ६० हजार व्यक्तिमा कोरोना सङ्क्रमणको परीक्षण गरिएकोमा ९९ प्रतिशत बिरामी लक्षणविहीन फेला परेको जनाएको छ। सरुवा रोग नियन्त्रण महाशाखाका निर्देशक डा. वासुदेव पाण्डेले लक्षण भएका सङ्क्रमितको संख्या एक प्रतिशतभन्दा पनि कम रहेको खुलाए।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले हालसम्म १२ हजार सङ्क्रमितको परीक्षण प्रतिवेदन अध्ययन गरेको छ। डा. पाण्डेले अध्ययन गरिएको प्रतिवेदनमध्ये दशमलब पाँच प्रतिशत मात्रै लक्षण भएको बिरामी फेला परेको बताए। मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले काठमाडौं उपत्यकामा हालसम्म २५९ जना सङ्क्रमित पुष्टि भएको जानकारी दिए।

विज्ञापन

उनले काठमाडौंमा १७५, ललितपुरमा ४१ र भक्तपुरमा ४३ जनामा सङ्क्रमणको पुष्टि भएको बताए। उनले काठमाडौँमा १७५, ललितपुरमा ४१ र भक्तपुरमा ४३ जनामा सङ्क्रमणको पुष्टि भएको बताए।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार