होमपेज केही सेकेण्डमा लोड हुनेछ।
Advertisement area
चैत १४ धनगढी: धनगढीको सेती प्रादेशिक अस्पतालमा कोरोना भाइरस (कोभिड-१९) को चौथो संक्रमित भेटिएका छन। उनी प्रादेशिक अस्पताल धनगढीमा उपचाररत रहेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता विकास देवकोटाले जानकारी दिएका छन् । हाल उनको अवस्था सामान्य छ। उनी ३४ वर्षका नेपाली पुरूष हुन्। प्रवक्ता देवकोटाले संक्रमित अरु पनि हुन सक्ने भन्दै विदेशबाट आएका सबैलाई होम क्वारेन्टाइनमा बस्न आग्रह […]
नागरिक रैबार/बाजुरा १४ चैत्र।कोरोना भाइरस संक्रमणको सम्भावित जोखिम र संकाष्पद व्यक्तिहरुको अलग्गै उपचारका लागि सदरमुकाम मार्तडीमा १० बेड क्षमताको आइसोलेसन कक्ष निर्माण गरिएकोे छ । जिल्ला अस्पताल बाजुरा, स्वास्थ्य कार्यालय बाजुरा र जिल्ला सुरक्षा समितिको सामुहिक बैठकले आईसोलेन कक्ष निर्माणका लागि तत्कालीन जिल्ला समन्वय समितिमा रहेको सभाहललाई अलग्गै उपचार कक्ष बनाउने निर्णय गरेको थियो । […]
धनगढी : धनगढीमा बस्दै आएका तीर्थराज भट्ट हाल स्थायी घर डोटीको जोरायल गाउँपालिकामा छन्। बिहिवार मध्य राती उनलाई फोन आयो र उनले फोन उठाए। फोनमा सन्देश थियो, ‘घरको मूल ढोका अगाडिको आँगन उज्यालो नहुँदै आजै खन्नुहोस्। त्यहाँ कालो अँगार जस्तो वस्तु भेटिने छ। त्यसको घरपरिवार सबैका निधारमा तिलक लगाउनुहोस् कोरोना भेद हुन्छ अर्थात लाग्दैन्।’ त्या फोन […]
अमेरिकामा कोरोना भाइरस संक्रमितको कूल संख्या ८५ हजार २ सय ६८ पुगेको छ । यससँगै संसारमा कोरोना संक्रमितको संख्या अमेरिकामा सबैभन्दा धेरै भएको छ । वर्ल्डोमिटरको ताजा आँकडा अनुसार अमेरिकामा १७ हजार ५७ जना नयाँ संक्रमित थपिएका छन् भने मृतकका संख्या १२ सय ९३ पुगेको छ । यसका साथै अमेरिकामा एकैदिन २ सय ६६ जनाको […]
सरकारले मंगलबारदेखि देशलाई पूर्ण रुपमा लकडाउन गरेको छ। लकडाउन गरेको अघिल्लो दिन भारत र चीनसँग जोडिएका सबै सीमानाका बन्द गर्ने निर्णय गरेको थियो। सरकारले सीमा नाका बन्द र लकडाउन गरेपनि भारतमा रोजगारीको सिलसिलामा गएकाहरु भने फर्किने क्रम रोकिएको थिएन्। मंगलबार गौरीफन्टा र गड्डाचौकी नाकामा सयौँको संख्यामा फर्किनेहरु रोकिएपछि प्रवेश गर्न पाउनुपर्ने माग सहित नाराबाजी नै […]
सबै नेपालीमा, नमस्कार । आज विश्व नै स्वास्थ्य संकटमा छ । यसबाट हामी नेपाली अछुतो रहने कुरै भएन । यो संकटबाट उन्मुक्ति पाउन विश्वका सबै शक्ति लागिपरेका छन् । हामी पनि डटिरहेकै छौं । ईटाली, फ्रान्स, स्पेन लगायतका यूरोपियन राष्ट्रको तयारी र सामना गर्ने रणनीतिले नपुगेर अहिले ती राष्ट्रहरु लर्खराईरहेको बेला अमेरिका समेत सोही कारणले […]
गगन अयडी/धनगढी १३ चैत्र। बाजुराको त्रिवेणी नगरपालिकाले भारतका विभिन्न जिल्लाबाट काम गरेर फर्केका त्रिवेणी नगरपालिकाका बासिन्दालाई क्वारेन्टाइनमा राखेको छ । सुदुरपश्मिका कैलालीको त्रिनगर भन्सार र कन्चनपुरको गड्डाचौकी नाका भएर नेपाल आएका नागरीकलाई नगरपालिकाले क्वारेन्टाइनमा राखेको छ । सीमा नाकाबाट नेपाल प्रवेश गरेका महिला पुरुष गरी ९ र १ जना बालक गरी जम्मा १० जनालाई नगरपालिको […]
नागरिक रैबार/बाजुरा १३ चैत्र। नेपाल सरकारले गत मंगलबारबाट देशभरका जिल्लाहरु लकडाउन गर्ने निर्णय गरेपछि लकडाउनको तेस्रोदिन आज बाजुरा जिल्ला झनै सुनसान बन्दै गएको छ । विश्वभर महामारीका रुपमा फैलिएको ‘कोरोना भाईरसको संक्रमण र रोकथामका लागि बाजुरा जिल्लामा पनि लकडाउन जारी रहेको छ । लकडाउनको तेस्रो दिन सदरमुकाम मार्तडी बजार आसपासका क्षेत्रहरुमा प्रहरीले बाक्लो उपस्थिति जनाएर […]
काठमाडौं– विश्वभर महामारीका रुपमा फैलिएको कोरोना भाइरसको संक्रमण विश्वका १९८ देशमा पुगेको छ । फैलँदो संक्रमणसहित मृतकको संख्या पनि बढिरहेको छ । अहिलेसम्म कोरोना भाइरसकै संक्रमणबाट ज्यान गुमाउनेको संख्या २१ हजार १ सय ९१ पुगेको छ । त्यस्तै ४ लाख ६८ हजार ६ सय ६६ जनामा संक्रमण भएको पुष्टि भएको छ । कोरोनाको संक्रमण भएकामध्ये […]
काठमाडौं । सरकारले देशभर एक लाखभन्दा बढी मान्छे राख्ने गरि क्वारेन्टाइन व्यवस्थापन शुरु गरेको छ । उच्चस्तरीय समन्य समितिले पर्यटनमन्त्री योगेश भट्टराईको अध्यक्षतामा गठन गरेको क्वारेन्टाइन व्यवस्थापन समितिले नगरकोटमा मात्रै २ हजार जनालाई राख्न मिल्ने गरी क्वारेन्टाइन बनाउन लागेको छ । मन्त्री भट्टराईले नगरकोटका होटलहरु र दुवाकोटस्थित केएमसी अस्पतालमा क्वारेन्टाइन बनाउन बुधवार स्थगलत निरीक्षण गरी […]
१३ चैत, काठमाडौं । संयुक्त राष्ट्रसंघले कोरोना भाइरस (कोभिड-१९) सम्पूर्ण मानव जातिका लागि जोखिम भएको बताएको छ । राष्ट्रसंघका महासचिव एन्टोनियो गुथ्रेसले सबै मिलेर यसको सामना गर्नुपर्ने उल्लेख गरे । कोरोनाको जोखिम विकासोन्मुख मुलुकहरुमा बढी रहेको भन्दै उनले अन्तर्राष्ट्रिय मानवीय सहायताको लागि २ अर्ब डलर सहयोगको अपिल पनि गरेका छन् । डिसेम्बर २०१९ मा देखिएको […]
अछाम १२ चैत । अछाममा दुइजनामा कोरोना भाइरस (कोभिड-१९)को संक्रमण भएको आशंका गरिएको छ । आफना आफन्त संग भारतबाट आएका ढकारि गाउपालिकाका पाँच बर्षिय बालकलाई मंगलसैन स्थित अछाम जिल्ला अस्पतालको आइसोलेसन वार्डमा राखिएको छ । साथै भारतबाट आएका आर्का एक ब्यक्तिलाई पनि कोरोना भाइरसको संक्रमण भएको आशंका गरिएको छ । छ दिनदेखि निरन्तर ज्वरो आएपछि […]
संसारभरी कोरोना भाइरसका कारण ज्यान गुमाउनेको संख्या २१ हजार नाघेको छ । वर्ल्डोमिटर तथा जोन होप्किन्स युनिभर्सिटीले तयार गरेको डाटा अनुसार मृतकको संख्या २१ हजार १ सय ९८ पुगेको छ भने ४ लाख ६८ हजार ८ सय ७ मा कोरोनाको संक्रमण देखिएको छ । गत वर्ष नोभेम्बरमा चीनबाट सुरु भएको कोरोनाको संक्रमण संसारभरी फैलिसकेको छ […]
नागरिक रैबार/बाजुरा १२ चैत्र । बाजुराका प्रमुख जिल्ला अधिकारी तथा जिल्ला सुरक्षा समितिका संयोजक गंगाप्रसाद न्यौपानेले बाजुराबासी सवैलाई अत्यावश्यक काम बाहेक घरबाहिर ननिस्कन आग्रह गरेका छन् । अनावश्यक रुपमा घरबाहिर निस्किएर भिडभाड गर्ने जो कोहीलाई भोली देखि नियन्त्रणमा लिएर सरकारले गरेको निर्णय अनुसार कानुनी कारवाही गर्न बाध्य हुनेछौ प्रजिअ न्यौपानेले बताए । उहाँले भन्नुभयो बरु […]
अनिल शाही/कोल्टी १२ चैत्र । जिल्लाको स्वामीकार्तिक खापर गाउँपालिकाले जिल्लामै पहिलो पटक आफ्नै लगानिमा एम्बुलेन्स खरीद गरी बुधबारबाट एम्वुलेन्स सेवा सूचारु गरेको छ । स्वामीकार्तिक खापर गाउँपालिका लगाएत कुण्डा क्षेत्रका स्थानीय बिरामीलाई लक्षित गर्दै स्वामीकार्तिक खापर गाउँपालिकाले एम्बुलेन्स सेवा संचालनमा ल्याएको गाउपालिकाका अध्यक्ष चिरन्जीवी शाहीले बताएका छन् । बुधबार गाउँपालिकाले पिलुचौरमा एम्बुलेन्सको पण्डित बर्तराज उपाध्याय […]
नागरिक रैबार/बाजुरा १२ चैत्र। छिमेकी मुलक भारत र स्वदेश भित्रका विभिन्न शहरबाट बाजुरा आएका ४६ जना नेपालीहरुलाई मालिका माविमा राखिएको छ । बुधबार साँझ मार्तडीमा पुगेका उनीहरु सवैलाई मालिका माविमा राखिएको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ । बुधबार मात्रै सदरमुकाम मार्तडीमा पुगेका उनीहरुलाई मालिका माध्यामिक बिद्यालयका बिभिन्न कोठामा राखिएको प्रहरीले जनाएको छ । प्रहरीका […]
नागरिक रैबार/बाजुरा १२ चैत्र। बाजुरा जिल्लामा कोरोना भाईरस (कोभिड–१९) को संक्रमण हुनबाट बच्नका लागि निर्माण गर्ने भनिएका आईसोलशन कक्षहरु अझै निर्माण हुन सकेका छैनन् । यस अघि जिल्लास्थित सरोकारवाला निकायसहितको ९ गते बसेको बैठकले तत्काललाई जिल्ला समन्वय समिति बाजुराको समिक्षालय हल प्रयोग गरेर २० वटा आईसोलेसन कक्ष निर्माण गर्ने निर्णय गरेको थियो । बैठकले निर्णय […]
नागरिक रैबार/बाजुरा १२ चैत्र। बाजुरा जिल्लाका ९ वटै स्थानीय तहमा अहिलेसम्म १५ वटा हेल्थ डेस्क स्थापना गरिएको स्वास्थ्य कार्यालय बाजुराले जनाएको छ । स्वास्थ्य कार्यालय बाजुराका अनुसार कोरोना भाईरसको संक्रमण जिल्लामा फैलिन नदिनका लागि १५ वटा स्थानमा हेल्थ डेस्कहरु स्थापना भएका छन् । बाजुरामा कोरोना भाइरसको संक्रमण रोकथाम र नियन्त्रणका लागि इकडी, मार्तडी बसपार्क, जिल्ला […]
कोराना भाइरस (कोभिड–१९)को कारण मंगलबारदेखि देशभर लकडाउन गरिएको छ। यस्तो अवस्थामा कुनैपनि स्थानमा मानिसहरु आवत जावत गर्न रोक लगाइएको छ भने विभिन्न स्थानहरुमा उच्च सतर्कता अपनाइएको छ। तर दैलेखको महाबु गाउँपालिकाका स्वास्थ्यकर्मी भने जुवातासमा रिझेको पाइएको छ। गाउँपालिकाको सिमाना गिताचौरमा स्थापित ‘हेल्थ डेस्क’मा खटिएका स्वास्थ्य चौकी काँसिकाँधमा कार्यरत अहेव यूवराज शाही स्थानीयवासीसँग तास रिझेको पाइएको […]
मदन विक/बाजुरा १२ चैत्र। कोरोना भाइरस (कोभिड–१९) संक्रमणको महामारीबाट जोगिन सरकारले मंगलबार बाट घोषणा गरेको ‘लकडाउन’ लाई प्रभावकारी रुपमा कार्यान्वयनमा ल्याउन बाजुरा प्रहरीले पनि सक्रियता बढाएको छ । मंगलबारबाट सूरु भएको लकडाउनलाई प्रभावकारी बनाउन जिल्ला प्रहरी कार्यालय बाजुराले सदरमुकाम मार्तडी लगायतका बजारहरुमा बिहानैदेखि सकडमा गस्ति परिचालन संगै कोरोना भाइरसबारे जनचेतना जगाउँदै माइकिङ समेत गरेको छ […]