होमपेज केही सेकेण्डमा लोड हुनेछ।
Advertisement area
नेपाल कम्यूनिष्ट पार्टी (नेकपा) कास्कीका अध्यक्ष एवम् गण्डकी प्रदेशसभा सदस्य कृष्ण थापाले दुई वर्षभित्र बृद्धभत्ता रु पाँच हजार पुग्ने बताएका छन् । पोखरा महानगरपालिका वडा नं १७ सितापाईलास्थित पोखरा बृद्धाश्रमको २४ औं वार्षिक साधारणसभा तथा विशेष अधिवेशनको बुधबार यहाँ उद्घाटन गर्दै उनले सरकारले जेष्ठ नागरिकलाई सार्वजनिक यातायात सुविधासहित निःशुल्क स्वास्थ्य उपचारको नीति लिएको बताए । […]
सप्तरीमा कोरोना संक्रमित एक जना सरकारी कर्मचारीको मृत्यु भएको छ ।जिल्ला प्रशासन कार्यालयमा कार्यरत ५५ वर्षीय कार्यालय सहयोगी पुरुषको कोरोना संक्रमणले बिहीबार बिहान ५ बजेतिर मृत्यु भएको हो । गत ३१ भदौमा कोरोना पोजेटिभ देखिएपछि उनी होम आइसोलेसनमा रहँदै आएका थिए । शुरुवाती समयमा ज्वरो देखिए पनि पछिल्लो चार दिन यता उनको स्वास्थ्य अवस्था सामान्य […]
८ असोज, वीरगञ्ज । प्राध्यापक डाक्टर गोविन्द केसीमाथि भएको अभद्र व्यवहारको वीरगञ्जका चिकित्सकहरुले पनि विरोध गरेका छन् । उनीहरुले डा. केसीमाथि भएको अभद्र व्यवहारको विरोध गर्दै आज हातमा कालोपट्टी बाँधेर काम गरेका छन् । जनताको प्रत्यक्ष सरोकारको विषयमा आवाज उठाउनु आम नागरिकको प्रजातान्त्रिक अधिकार भएको मुलुकमा बल प्रयोग गरी अमर्यादित ढंगले अनसनरत डाक्टर केसीमाथि अभद्र […]
८ असोज, कैलाली । २०७५ साउन १० गते गृहकार्य गर्न भन्दै साथीको घर पुगेकी कञ्चनपुर भिमदत्त नगरपालिकाकी १३ वर्षीया निर्मला पन्त ११ गते उखुबारीमा मृत भेटिइन् । बलात्कारपछि उनको हत्या भएको थियो । घटना भएको २ वर्षमा अपराधीको पहिचानसम्म भएको छैन । सुदूरपश्चिम प्रदेशमा यो मात्रै एउटा घटना होइन, जसको दोषी पक्राउ नपरेको होस् । […]
स्याङ्जाका दुई स्थानमा पहिरो जाँदा दुई जनाको मृत्यु भएको छ भने ८ जना बेपत्ता भएका छन् । एक जनालाई जीवितै उद्धार गरिएको छ । स्याङ्जाको वालिङ नगरपालिका–१४ तमाधीमा पहिरो जाँदा माया परियारको घरमा रहेका १० जना पुरिएका थिए । तीमध्ये एक जनाको मृत्यु भएको छ भने आठ जना सम्पर्कविहीन छन् । पहिरोबाट एक जनालाई भने […]
मौसम पुर्वानुमान महाशाखाका अनुसार हाल भारतको मध्य प्रदेशको पूर्वी भुभागमा न्युन चापीय क्षेत्र रहेको छ। अहिले देशभर सामान्य देखि पुर्णतया बदली रही धेरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ। सामान्यदेखि पुर्णतया बदली रही देशका धेरै स्थानहरूमा मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। सबै प्रदेशका थोरै स्थानमा भारी वर्षाको सम्भावना रहेको छ भने […]
डडेल्धुरा : डडेल्धुरामा एक जना कोरोना संक्रमितको मृत्यु भएको छ। जिल्लाको नवदुर्गा गाउँपालिकाका ४८ वर्षीय पुरुषको डडेल्धुरा अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो। केही दिनअघि भारतबाट आएका उनी श्वासप्रश्वासमा समस्या भएपछि अस्पतालमा भर्ना भएका थिए। उनमा भारतमै कोरोना पुष्टि भएको थियो भने डडेल्धुरा अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा पनि संक्रमण पुष्टि भएको कोभिड–१९ सम्पर्क व्यक्ति हरिप्रसाद […]
बैतडी: बैतडीको मेलौली नगरपालिका–२ कि १०१ वर्षीया कमला चन्दले हालसम्म बृद्ध भत्ता पाएकी थिइनन्। जेष्ठ नागरिकले पाउने भत्ताको लागि नागरिकता अनिवार्य भएपछि उनका ६३ वर्षीय छोरा मानबहादुर चन्द केहि समय अघि मात्रै जिल्ला प्रशासन कार्यालय पुगेका थिए। कमला हिडडुल गर्न नसक्ने र सवारीसाधनमा समेत आवतजावत गर्न नसक्ने भएका कारण प्रमुख जिल्ला अधिकारी मोहनराज जोशीले गाउँमै आएर […]
दोहा— नेपाल सरकारले १ अक्टोबर अर्थात असोज १५ देखि कतार, साउदी अरब र कुवेतबाट पनि नियमित उडान गर्ने भएपछि प्रवासी नेपालीहरूले खुसी प्रकट गरेका छन् । स्वदेश फिर्तीको पर्खाइमा बसेका नेपालीहरूले सामाजिक सञ्जालमा खुसीको कुरा लेखेका हुन् । कतिपयले सरकारले ढिलो गरेकोमा आक्रोश प्रकट गरे पनि घर फर्किन पाउने भएकोमा सन्तोष प्रकट गरेका छन् । […]
बैतडी : तीन जिल्ला जोड्ने सडकको रूपमा बैतडीको महत्वपूर्ण गन्ना–गनैखान सडकको ट्र्याक विस्तार गर्ने कार्य शुरु भएको छ। बझाङ जिल्लासँग जोडिने जिल्लाको महत्वपूर्ण सडकका रूपमा रहेको सो सडकको ट्र्याक विस्तारको काम शुरु भएको हो। बैतडीको गन्नादेखि बझाङको सिमाना गनैखानसम्म २० किलोमिटर ट्र्याक खोल्नका लागि निर्माण कम्पनीसँग सम्झौता भएर काम अघि बढिसकेको पूर्वाधार विकास कार्यालयका प्रमुख […]
धनगढी– सुदूरपश्चिम प्रदेशमा झण्डै ७९ हजारको कोरोना परीक्षण गरिएको छ। प्रदेशका ९ वटै जिल्लाबाट संकलन गरिएका ७८ हजार ६ सय ८८ जनाको स्वाब परीक्षण गरिएको स्वास्थ्य निर्देशनालय डोटीले जनाएको छ। धनगढी प्रयोगशाला मार्फत ४१ हजार ८ सय १६, राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला र प्रदेश बाहिरका अन्य प्रयोगशाला मार्फत १६ हजार तीन सय १८, डडेल्धुरा अस्पतालको प्रयोगशाला […]
गुल्मी जिल्लाकाे मुसिकाेट नगरपालिका वडा न. ३ खस्थाेक अमराई कुन्ढाला श्री खग बहादुर र उनकै श्रीमती इन्द्र कला नेपाली काे काेख बाट जन्मिएकी तीन छाेरीहरु नेपाल प्रहरी मा छिन् ।नेपाल प्रहरीमा छाेरी प्रहरी जवान सुनिता नेपाली ले पूर्व ताप्लेजुङमा आफ्नाे जिम्मेवारीमा छिन भने अर्की छाेरी राेमा नेपाली रुपन्देही मा छिन् र उनकै कान्छी बहिनी अन्जु […]
धनगढी– सुदूरपश्चिम प्रदेशमा थप ५ जना कोरोना संक्रमण मुक्त भएका छन्। नियमित प्रेस ब्रिफिङमा प्रदेशको सामाजिक विकास मन्त्रालयका सूचना अधिकारी हेमराज खड्काले सोमवार कैलालीका चार र डोटीका एक जनालाई डिस्चार्ज गरिएको जानकारी दिए। योसंगै प्रदेशमा पाँच हजार सात सय ५१ संक्रमितले कोरोना जितेका छन्। प्रदेश स्वास्थ्य निर्देशनालय डोटीका अनुसार अहिलेसम्म सबैभन्दा धेरै संक्रमित रहेको कैलालीका […]
काठमाडौं, ६ असोज । आज सामाजिक सेवा दिवस मनाइँदै छ ।‘आजको प्राथमिकता समृद्धि र सुखको लागि सामाजिक रुपान्तरण र उद्यमशीलता’ भन्ने नाराका साथ दिवस मनाउन लागिएको हो । ४१ औं सामाजिक सेवा दिवस सप्ताहव्यापी रुपमा मनाउने निर्णय भएको समाज कल्याण परिषद्ले जनाएको छ ।समाज सेवाको क्षेत्रमा कार्यरत विभिन्न गैरसरकारी संस्थाहरूको अनुगमन, मूल्याकंन अनि सुपरिवेक्षण गर्दै आएको […]
काठमाडौं – प्रतिनिधिसभाको प्रत्यक्ष निर्वाचनबाट पराजित भएका नेकपाका उपाध्यक्ष वामदेव गौतम र प्रवक्ता नारायणकाजी श्रेष्ठ वर्तमान मन्त्रिपरिषद्मा मन्त्री बन्ने पाउने विषय अन्योल बनेको छ । प्रतिनिधिसभा प्रत्यक्ष निर्वाचनमा पराजित भएको व्यक्ति मन्त्री बन्न नपाउने भन्नेबारे नेपालको संविधानमा लेखिएको छ । तर, राष्ट्रिय सभा निर्वाचनमा निर्वाचित या मनोनयनबाट संसद् भएको हकमा के हुने भन्ने विषयमा बहस […]
काठमाडौँ, कोरोना भाइरस (कोभिड–१९) सङ्क्रमण कायमै रहे पनि त्यसबाट जोगिँदै विश्वविद्यालयहरूले परीक्षा सञ्चालन गर्न थालेका छन् । कतिपय नियमित र कतिपय यसअघि स्थगित भएका परीक्षा सञ्चालनमा आउन थालेका हुन् । त्यस क्रममा स्नातक तथा स्नातकोत्तर तहको परीक्षालाई विश्वविद्यालयहरूले नियमित रूपमा सञ्चालन गर्न थालेका हुन् । विश्वविद्यालयहरूको यो तयारीसँगै विद्यार्थीले अब स्थगित परीक्षा दिने बाटो खुलेको […]
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को भातृ संगठन राष्ट्रिय युवा संघ नेपाल दार्चुलाको कार्यालय उद्घाटन गरिएको छ । राष्ट्रिय युवा संघ नेपाल दार्चुलाका संयोजक सुरेन्द्र बमको अध्यक्षतामा भएको कार्यक्रममा नेकपा सुदूरपश्चिम प्रदेश कमिटी सदस्य एवंं मार्मा गाउँपालिका अध्यक्ष जमनसिह धामीले युवा संघ नेपाल दार्चुलाको कार्यालय उद्घाटन गर्नुभयो । उद्घाटन समारोहमा सम्बोधन गर्दै प्रदेश कमिटी सदस्य धामीले […]
बझाङबाट दुई बिरामीको हेलिकप्टर मार्फत उद्धार गरिएको छ। दुर्गम स्थानीय तह साइपाल गाउँपालिकाका दुई बिरामीलाई राष्ट्रपति महिला उत्थान कार्यक्रममार्फत उद्धार गरिएको प्रमुख जिल्ला अधिकारी कमलराज भण्डारीले बताए। साइपाल – ४ घर भएकी १९ वर्षीया सुनिता रोकाया सुत्केरी भएको नौ दिनसम्म पनि रक्तस्राव नरोकिएपछि जिल्ला बाहिर रिफर गरिएको र सोही ठाउँकी २५ वर्षीया चार महिनाकी गर्भवती […]
धनगढी– डडेल्धुरा अस्पतालको प्रयोगशालामा भएको परीक्षणमा थप २० जनामा कोरोना पुष्टि भएको छ। पछिल्लो २४ घण्टामा एक सय ८ जनाको कोरोना परीक्षण भएकोमा २० जनामा संक्रमण पुष्टि भएको हो। प्रयोगशालाका मेडिकल ल्याब टेक्नोलोजिष्ट जिनी गणेजुले बझाङका १६ र डडेल्धुराका चार जनामा संक्रमण पुष्टि भएको जानकारी दिए। उनका अनुसार डडेल्धुराको अजयमेरु गाउँपालिकाका चार जना, बझाङको जयपृथ्वी […]
सर्लाही- महोत्तरीको बर्दिवासदेखि पर्साको वीरगञ्जसम्मको १३६ किलोमिटर रेलमार्गमध्ये ७० किलोमीटरभन्दा बढीमा ब्लास्ट र ट्र्याकमा पटरी ओछ्याउने बाहेकका अन्य काम सकिएको छ ।बर्दिवासदेखि वीरगञ्जसम्मको १३६ किलोमिटर रेलमार्गको जङ्गली क्षेत्रमा रुख कटान गरेर माटो पुर्ने काम तीव्र गतिमा भएको छ । पुल कल्भर्ट निर्माणको काम सम्पन्न भइसकेको छ । पूर्व मेचीदेखि महाकालीअन्तर्गत जयनगर–बर्दिवास र बर्दिवास–वीरगञ्ज रेल सञ्चालनमा […]