होमपेज केही सेकेण्डमा लोड हुनेछ।
Advertisement area
सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) राजनीतिकरुपमा विभाजित भएको छ । नेकपा अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओली र कार्यकारी अध्यक्ष पुष्पकमल दाहालले मंगलबार छुट्टाछुट्टै केन्द्रीय कमिटीको बैठक डाकेर पार्टी विभाजनको रेखा कोरेका हुन् । केन्द्रीय कमिटी बैठक राखेर दुवै पक्षले आफूलाई संस्थापन दाबी गरेपछि अब विवादको निरुपण निर्वाचन आयोगले गर्नेछ । त्यहाँ निरुपण नभए विवाद […]
काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) ले प्रतिनिधिसभा विघटनको विरुद्धमा विभिन्न संघर्षका कार्यक्रम घोषणा गरेको छ । मंगलबार बसेको सो पार्टीको केन्द्रीय कार्यकारीणी समिति बैठकले तीन दिने संघर्षका कार्यक्रम घोषणा गरेको हो । बैठकपछि जारी विज्ञप्तिमा पुस १० गते सबै जिल्ला सदरमुकाममा राष्ट्रपति र प्रधानमन्त्रीको पुत्ला दहन गर्ने, ११ गते सबै जिल्ला सदरमुकाममा मसाल जुलुस […]
बाजुरा ७ पुस । बाजुरा जिल्लाको सदरमुकाम मार्तडीमा चरेश जस्तो देखीने कालो पदार्थ सहित एक महिला पक्राउ परेकी छन । आज मंगलबार दिउसाेँ दुई बजेतिर सदरमुकाम मार्तडी बजारबाट ५ सय ग्राम चरेश जस्तो देखीने कालो पदार्थ सहित एक महिलालाई समातेको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रमुख प्रहरी नायव उपरिक्षक मदनजित महराले बताएका छन । प्रहरी प्रमुख […]
अध्यक्ष केपी शर्मा ओली बर्खास्त भएपछि नेकपाको नयाँ अध्यक्षमा माधव नेपाल चयन गरेका छन् । प्रचण्ड–माधव नेपाल समूहले ओलीलाई बर्खास्त गरेको घोषणा गरेसँगै माधव नेपाललाई नयाँ अध्यक्ष चयन गरेको घोषणा गरेको हो । वरिष्ठ नेता माधव कुमार नेपाललाई पार्टीको अध्यक्ष बनाउने निर्णय भएको झलनाथ खनालले प्रस्तावको घोषणा गरे ।
नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का नेताहरु सर्वोच्च अदालतको ढोका ढकढक्याउन पुगेका छन् । बहुमत सांसदहरुको हस्ताक्षरसहित संसद विघटनको निर्णय बदरको माग गर्दै मंगलबार सो पार्टीका नेताहरुले रिट दायर गरेका हुन् । नेकपाकै सांसदहरु देव गुरुङ, शशी श्रेष्ठ, रामकुमारी झाँक्रीलगायतका नेताहरु रिट बोकेर सर्वोच्चमा पुगेका थिए भने रिट दर्ता भइसकेको छ । उनीहरुले प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपतिले संसद […]
काठमाडौं : सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को केपी शर्मा ओली समूहले दुई दिनभित्रै प्रदेशमा भेला गर्ने भएको छ। भेलाका लागि वक्ता र समन्वयकर्ता तोकिएका छन्। बालुवाटार बैठककाे निर्णयले सुदूरपश्चिम प्रदेशमा लेखराज भट्ट, प्रदिप ज्ञवाली र कर्ण थापालाई खटाइएको छ। त्यस्तै कर्णालीमा शंकर पोखरेल, यमलाल कँडेललगायतका नेताहरुलाई जिम्मा दिइएको छ। लुम्बिनी प्रदेशमा खिमलाल भट्टराईले भेलाको […]
प्रधानमन्त्री केपी शर्मा ओलीलाई नेपाल कम्युनिस्ट पार्टी (नेकपा) केन्द्रीय समितिको अध्यक्षबाट हटाइएको घोषणा गरिएको छ । प्रचण्ड–माधव नेपाल समूहको बहुमत केन्द्रीय समितिको बैठकबाट ओलीलाई अध्यक्षबाट हटाइएको घोषणा गरिएको हो । ओलीलाई हटाउनेगरी भएको निर्णयमा ३१५ जना केन्द्रीय सदस्य सहभागी रहेको बताइएको छ । प्रधानमन्त्री ओलीले संसद विघटन गरेपछि पुस ५ गतेकै पार्टी स्थायी समिति बैठकले […]
७ पुस, काठमाडौं । संसद विघटनको विरोधमा सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को विद्यार्थी संगठन अनेरास्ववियूको एउटा समूहले प्रदर्शन गरेको छ । सहसंयोजक रञ्जित तामाङसहितको टोलीले संसद विघटनको विरोधमा असंवैधानिक कु भन्दै खारेज गर्न माग गरेका छन् । उनीहरुले माइतीघरदेखि नाराबाजी गर्दै नयाँ बानेश्वरतर्फ आएका छन् ।
७ पुस, काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का कार्यकारी अध्यक्ष प्रचण्डले वामदेव गौतम र रामबहादुर थापा ‘बादल’लाई पार्टीको बैठकमा सहभागी हुन आग्रह गरेका छन् । बादल र वामदेव पनि भोलिदेखि बैठकमा सहभागी हुने प्रचण्डले दाबीसमेत गरे । साथै केपी ओली समूहले बालुवाटारमा गरेको बैठक अवैधानिक भएको प्रचण्डको दाबी छ । थापाथलीस्थित कार्की पार्टी […]
७ पुस, काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का दुई तिहाइ केन्द्रीय सदस्य प्रचण्ड– माधव समूहतिर लागेका छन् । कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र वरिष्ठ नेता माधवकुमार नेपाल समूहले बोलाएको केन्द्रीय कमिटी बैठक बबरमहलस्थित कार्की ब्याङक्वेटमा चलिरहेको छ । बैठक स्थलमा राखिएको पुस्तिकामा ३१० केन्द्रीय सदस्यले हस्ताक्षर गरेको पाइएको छ । यो संख्या […]
काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का वरिष्ठ नेता झलनाथ खनालले केपी शर्मा ओलीले प्रधानमन्त्री भएकै दिनदेखि आफूलाई महाराजजस्तो ठानेको आरोप लगाएका छन् । बबरमहलमा आयोजित पार्टीको केन्द्रीय समिति बैठकलाई सम्बोधन गर्दै खनालले प्रधानमन्त्री एवं पार्टी अध्यक्ष ओलीकै कारण यतिबेला कम्युनिस्ट आन्दोलन गम्भीर मोडमा आइपुगेको टिप्पणी गरे । प्रतिक्रियावादीहरुका एकपछि अर्को गढलाई तोड्दै आएको कम्युनिस्ट आन्दोलनले […]
काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का वरिष्ठ नेता झलनाथ खनालले प्रधानमन्त्री केपी शर्मा ओलीलाई गलत काम छाडेर पार्टीमा आउन आग्रह गरेका छन् । बबरमहलमा जारी पार्टीको केन्द्रीय समिति बैठकलाई सम्बोधन गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका खनालले प्रधानमन्त्री तथा अध्यक्ष केपी शर्मा ओलीले गलत काम गरेको, संविधानको मर्म र भावनालाई कुल्चिएको, पार्टीभित्र गुटबन्दी गरेको कारण नै अहिलेको […]
प्रचण्ड–माधव नेपाल समूहले बोलाएको नेकपा केन्द्रीय समिति बैठकमा दुई तिहाइ बढी केन्द्रीय सदस्यको सहभागिता रहेको छ । बैठकमा स्थलमा राखिएको केन्द्रीय सदस्यहरुको हस्ताक्षर पुस्तिकामा ३१० जना केन्द्रीय सदस्यको नामावली रहेको छ । यो भनेको नेकपाको आधिकारिक केन्द्रीय सदस्य संख्याको दुई तिहाइ बढी हो । हाल नेकपामा ४४६ जनाको केन्द्रीय सदस्य रहेकोमा केही पद रिक्त रहेको […]
प्रचण्ड–माधव नेपाल समूहले बोलाएको नेकपाको समानान्तर केन्द्रीय समिति बैठक जारी रहेको छ । राजधानीको कार्की ब्याङ्केटमा बैठक जारी रहेको हो । बैठकमा प्रधानमन्त्री तथा अध्यक्ष केपी शर्मा ओलीको विपक्षमा रहेका कार्यकारी अध्यक्ष प्रचण्डसहित शीर्ष नेताका साथै केन्द्रीय सदस्यहरुको सहभागिता रहेको छ । बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीलाई अनुशासनको कारबाही गर्नेलगायत ९ वटा प्रस्ताव पेश भएको […]
राष्ट्रपति विद्यादेवी भण्डारीले पूर्व अर्थमन्त्री युवराज खतिवडालाई अमेरिकाको राजदूतमा नियुक्त गरेकी छिन् । मन्त्री पदबाट हटेपछि पार्टीभित्र सहमती नै नभइ प्रधानमनत्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् बैठकबाट खतिवडालाई राजदूतमा सिफारिस गरेका थिए । सो सिफारिस संसदीय सुनुवाइ समितिबाट यसअघि नै अनुमोदन भएकोमा मंगलबार राष्ट्रपतिले नियुक्त गरेकी हुन् । राष्ट्रपति कार्यालयका सहायक प्रवक्ता केशव प्रसाद घिमिरेले जारी […]
प्रचण्ड–माधव नेपाल समूहको केन्द्रीय समिति बैठकका विभिन्न ९ एजेण्डा तय भएको छ । राजधानीको कार्की ब्यांकेटमा भएको बैठकका एजेण्डा यस्तो रहेको छः –आन्तरिक समस्या समाधानबारे प्रस्ताव –आन्तरिक पार्टी विवाद र विकसित राजनीतिक घटनाक्रमका बारेमा अध्यक्ष र अन्यको सम्बोधन –अनुशासनको कारवाही –अनुशासनको कारवाहीबारे आवश्यक निर्णय भइसकेपछि नेतृत्वकातर्फबाट विचार व्यक्त – कार्ययोजना र कार्यक्रम – विरोध कार्यक्रम […]
नेपालमा कुन चाहिँ पार्टी सत्तामा रहन्छ भन्ने कुरा चीनलाई फरक नपर्ने चिनियाँ सरकारी मिडिया ‘द ग्लोबल’ टाइम्स’मा प्रकाशित एक लेखमा भनिएको छ । भारतीय मिडिया द हिन्दुस्तान टाइम्समा नेपालमा देखिएको पछिल्लो पछिल्लो विवादले ‘चीनलाई चोट पुगेको’ र चीनले नेपालको आन्तरिक राजनीतिमा हस्तक्षेप गरेको उल्लेख भएपछि त्यसको खण्डन गर्दै चिनियाँ सरकारी मिडियामा उक्त लेख प्रकाशित भएको […]
७ पुस, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले ११९९ जनाको केन्द्रीय महाधिवेशन आयोजक कमिटी घोषणा गरेका छन् । आफू निकट केन्द्रीय सदस्यहरुको मंगलबार बसेको बैठकमा ओलीले महाधिवेशन आयोजक कमिटी घोषणा गरेका हुन् । नेकपा केन्द्रीय सदस्य तथा प्रधानमन्त्री ओलीका प्रेस सल्लाहकार सूर्य थापाले पार्टीको प्रथम अध्यक्षका हैसियतले ओलीले केन्द्रीय कमिटीमा ५५६ जना थप गर्ने गरी […]
काठमाडौँ– नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ओली समूहको प्रवक्तामा प्रदीप ज्ञवाली चयन भएका छन् ।अहिले बालुवाटारमा जारी ओली समूहको बैठकले प्रवक्तामा प्रदीप ज्ञवालीलाई चयन प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए ।जारी बैठकमा प्रवक्ता नारायणकाजी श्रेष्ठले पार्टी हितविपरीत काम गरेको निष्कर्ष निकाल्दै ज्ञवालीलाई राख्ने निर्णय गरेको हो ।