होमपेज केही सेकेण्डमा लोड हुनेछ।
Advertisement area
काठमाडौं । गोकर्णेश्वर नगरपालिका-१ सुन्दरीजलस्थित मेलम्ची चोकमा टिपरको ठक्करबाट दुई स्कुले बालिकाको मृत्यु भएको छ ।स्थानीय वर्ल्ड युथ इन्टरनेसनल स्कुलमा अध्ययनरत रोहन घिसिङका छोरीहरू सृष्टि र श्रेयाको आज बिहान साढे ८ बजे टिपरको ठक्करबाट मृत्यु भएको हो । घिसिङले दुवै छोरीलाई मोटरसाइकलमा राखेर स्कुल लैजाँदै गर्दा बा४ख ६९६५ नम्बरको टिपरले ठक्कर दिंदा उनीहरूको घटनास्थलमै मृत्यु […]
धनगढीः सुदूरपश्चिममा विभिन्न प्रकृतिका अपराधमा संलग्न कैदीबन्दीको संख्या एक हजार ४ सय १४ पुगेको छ। यो संख्या जिल्ला कारागारहरुको क्षमताभन्दा झण्डै तेब्बर हो। प्रदेशका नौ वटै जिल्लामा रहेका कारागारको क्षमता ५ सय २५ मात्र रहेको अवस्थामा दैनिक जसो कैदीबन्दीको संख्या थप हुँदै गएपछि कारागार कैदीबन्दीले भरिएका हुन्। कारागारको क्षमता बढ्न नसके पनि कैदीहरुको संख्या भने […]
धनगढी । कैलालीको धनगढी उपमहानगरपालिकाको नेतृत्वका लागि प्रमुख राजनीतिक दलका दर्जन बढी नेताहरु आकांक्षी देखिएका छन् । आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा मेयरको टिकटका लागि नेताहरुले आफ्नो पार्टीभित्र लबिइङ थालेका छन् । प्रमुख तीन राजनीतिक दल नेकपा एमाले, नेपाली कांग्रेस र माओवादी केन्द्रसँगै एमाले विभाजनपछि बनेको नेकपा एकीकृत समाजवादी पार्टीबाट समेत गरी […]
नेपाली काँग्रेसले आसन्न स्थानीय निर्वाचनमा आवश्यकता अनुसार चुनावी तालमेल गर्ने निर्णय गरेको छ । पार्टीको केन्द्रीय कार्यसमितिको बैठकले सर्वसम्मत रुपमा सो निर्णय गरेको पार्टी प्रवक्ता प्रकाशशरण महतले जानकारी दिएका हुन् । उनले भने – ‘स्थानीय निर्वाचनमा बहुसङ्ख्यक स्थानीय तहमा नेपाली काँग्रेस विजयी हुने बलियो परिस्थिति र आधार बनेको अवस्थालाई अझ सबल र व्यापक बनाउन स्थानीय […]
१५ चैत, दाङ । सल्यानको इलाका प्रहरी कार्यालय श्रीनगरमा कार्यरत प्रहरी जवान पवन केसी मृत फेला परेका छन् ।गएराति १० बजेदेखि २ बजेसम्म कार्यालयको मुख्य ढोकामा ड्युटीमा रहेका केसी बिहान मृत फेला परेको प्रहरीले जनाएको छ। इलाका प्रहरी कार्यालय नजिकै भगवती खोला जाने नालामा पोशाक लगाएकै अवस्थामा केसीको शव भेटिएको प्रहरी निरीक्षक अर्जुन पौडेलले बताए […]
काठमाडौँ — पश्चिमी न्यून चापीय प्रणालीको प्रभावले देशका अधिकांश भूभागमा आंशिकदेखि सामान्य बदली रही केही स्थानमा वर्षा र हावाहुरीको समेत सम्भावना रहेको छ । जल तथा मौसम विज्ञान विभागले प्रदेश नं १, वाग्मती र गण्डकी प्रदेशका पहाडी भू–भागका केही स्थानमा मेघ गर्जनसहित/चट्याङ र क्षणिक वर्षा तथा हावाहुरीको सम्भावना रहेको हुनाले आवश्यक सतर्कता अपनाउन आग्रह गरिएको […]
काठमाडौँ — औषधि उपचारमा हुने खर्चकै कारण नेपालमा प्रत्येक वर्ष करिब ५ लाख जना गरिबीको रेखामुनि धकेलिने गरेका छन् । संविधानमा आधारभूत स्वास्थ्य उपचारलाई मौलिक हकमा उल्लेख गरिए पनि आमनागरिकलाई औषधिमुलोकै लागि घरखेत बेच्नुपर्ने अवस्था छ । बर्सेनि यति ठूलो जनसंख्या गरिबीको रेखामुनि धकेलिनुका पछाडि स्वास्थ्य क्षेत्रमा हुने कमिसनको खेल, फार्मेसीले प्रेस्क्रिप्सन नबुझेर गलत औषधि दिँदा उपचारमा […]
धनगढी : स्थानीय तह निर्वाचन घोषणा भएसंगै सुदूरपश्चिममा पनि चुनावी सरगर्मी बढेको छ। विभिन्न राजनितिक दलका नेताहरु गाउँगाउँ पुग्न थालेका छन्। विभिन्न एजेण्डा लिएर उनीहरु गाउँ बस्ती पस्ने क्रम सुरु हुँदा गाउँका अधिकांश युवा मतदाताहरु रोजगारीका लागि भारत पसिरहेका छन्। भोटभन्दा भोक ठुलो भएको त्रिनगर–गौरीफन्टा नाकामा भेटिएका तुलाराम सार्कीले बताए। उनले भने, ‘यो हाम्रो बाध्यता […]
डोटी । सुदूरपश्चिम प्रदेशमा म्यादी प्रहरीका लागि आवश्यकभन्दा तीन गुणा बढीले दर्खास्त दिएका छन् ।आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनको सुरक्षार्थ म्यादी प्रहरी भर्ना गर्नका लागि प्रहरी प्रधानकार्यालयले चैत्र ६ गतेदेखि ११ गतेसम्म दर्खास्त आह्वान गरेको थियो । जसअनुसार सुदूरपश्चिममा २९ हजार ७१४ जनाले आवेदन लिएको सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय, धनगढीका प्रवक्ता प्रहरी […]
कञ्चनपुर । स्थानीय तहको वैशाख ३० गते हुने निर्वाचनका लागि निर्वाचन आयोगले घोषणा गरेको अन्तिम मतदाता नामावलीअनुसार कञ्चनपुरमा मतदाताको सङ्ख्या दुई लाख ९५ हजार ३५४ रहेको छ । जसअनुसार पुरुष मतदाताको सङ्ख्या एक लाख ४३ हजार २४१, महिला मतदाताको सङ्ख्या एक लाख ५२ हजार ११२ रहेको छ । पुरुष मतदाताभन्दा महिला मतदाताको सङ्ख्या आठ हजार […]
काठमाडौं । लामो समयदेखि कर्मचारी अभाव झेलिरहेको स्थानीय तहमा एकैचोटी ५१४ कर्मचारी खटाइएको छ ।संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले लोक सेवा आयोगबाट पास गरी आएका नयाँ कर्मचारी र अन्तर स्थानीय तह कामकाजका लागि निवेदन दिएका कर्मचारीलाई खटाइएको मन्त्रालयले जानकारी दिएको छ । मन्त्रालयका शाखा अधिकृत विवेक विडारीका अनुसार गत शनिबारसम्म मन्त्रालयमा आएको निवेदनको आधारमा […]
काठमाडौं । आगामी ३० वैशाखमा हुने स्थानीय तहको निर्वाचनमा ७९ वटा दल भाग लिँदैछन् ।७९ वटा मध्ये ६ नेकपा एमाले, नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी र लोकतान्त्रिक समाजवादी पार्टी राष्ट्रिय दलको मान्यता पाएका दलहरु हुन् भने बाँकी ७३ वटा राष्ट्रिय दलको मान्यता नपाएका दल हुन् । राजनीतिक दल सम्बन्धी […]
काठमाडौँ — वैदेशिक रोजगार बोर्डले विदेशमा मृत्यु वा अंगभंग भएका श्रमिकका परिवारलाई दिइने क्षतिपूर्ति प्रक्रिया अनलाइन प्रणालीमा ल्याएको छ । सोमबार मन्त्रालयमा पत्रकार सम्मेलन गर्दै श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले विदेशमा मृत्यु र अंगभंग भएका श्रमिकका परिवारलाई दिइने क्षतिपूर्ति सम्बन्धी सेवा अनलाइन प्रणालीमार्फत सुरु भएको घोषणा गरे । उनका अनुसार अब वैदेशिक रोजगारीमा […]
धनगढी: सुदूरपश्चिम प्रदेश लोक सेवा आयोगले आह्वान गरेको तह विहीन वन रक्षक पदको विज्ञापन खारेज गर्न माग गरिएको छ। थारु कल्याणकारी सभा कैलालीसहित ११ दलले उक्त विज्ञापन संविधान विपरीत खुलाएको भन्दै खारेज गर्न माग गरेका हुन्। आफूहरुलाई उपेक्षा गरेर समानुपातिक समावेशी सहभागिताका सिद्धान्तलाई लत्याएको उनीहरुको आरोप छ। ‘संविधानमा थारु क्लष्टरलाई उल्लेख गरेको र थारु आयोगको […]
धनगढीः सुदूरपश्चिमाञ्चल विश्वविद्यालय केन्द्रीय कार्यालयका विद्यार्थीहरुले प्रिन्सीपलको कुर्सी जलाएका छन्। सोमबार विद्यार्थीहरुले प्रिन्सीपल कुम्भबहादुर चन्दको कुर्सी जलाएका हुन्। नेकपा माओवादी केन्द्रको विद्यार्थी संगठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी) का विद्यार्थीहरुले प्रिन्सीपल चन्दको कुर्सी जलाएको बताइएको छ। विश्वविद्यालयको प्रांगणमा राजनितीक दलका भातृ संगठनका विद्यार्थीहरुले कार्यक्रम आयोजना गरेपछि क्रान्तिकारी निकट विद्यार्थीहरुले प्रिन्सीपलको कुर्सी जलाएको बताएका […]
काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले चुनावका लागि अरु दलसँगको गठबन्धनमा नभई पार्टीको एकतामा ध्यान दिन पार्टी नेतृत्वलाई आग्रह गरेका छन् । नेपाली कांग्रेस केन्द्रीय कार्य समिति बैठकमा बोल्ने क्रममा उनले केन्द्रबाट गठबन्धन लाद्ने प्रयास नगर्न भनेका छन् । ‘गठबन्धन कोसँग ? किन ? र के का लागि गर्ने ?’ केन्द्रीय समिति बैठकमा […]
धनगढीः कैलालीमा एक नगरपालिकाको निर्माणाधीन प्रशासकीय भवनको उद्घाटनमा हंगामा मच्चिएको छ। जिल्लाको गोदावरी नगरपालिकाको भवन उद्घाटन कार्यक्रममा हंगामा मच्चिएको हो। उद्घाटन कार्यक्रममा निर्माण नसकेरै भवनको उद्घाटन गरिन लागिएको विरोध भएको थियो। विरोधका क्रममा मेयरलाई कालो झण्डा देखाउँदै नारावाजी समेत गरिएको थियो। आईतबार नै नेपाली काङ्ग्रेस गोदावरीले उद्घाटन रोक्न नगरपालिकालाई ध्यानाकर्षण समेत गराएको बताइएको छ। यता […]
, काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा १८ चैतमा भारत भ्रमणमा जाने भएका छन् । नेपाल र भारतको परराष्ट्र मन्त्रालयले सोमबार दिउँसो एकै समयमा विज्ञप्ति जारी गर्दै भ्रमणको औपचारिक जानकारी दिएको हो । प्रधानमन्त्री देउवा र भारतीय समकक्षी नरेन्द्र मोदीबीच १९ चैतमा भेटवार्ता हुनेछ । भ्रमणका क्रममा देउवाले भारतका उपराष्ट्रपति वैन्कैया नायडु, विदेश मामिलामन्त्री र राष्ट्रिय […]
डिउटीमा खटिएका प्रहरी हवल्दार बिरामी भएपछि हेलिकोप्टरमार्फत उद्धार गरिएको छ । अपिहिमाल गाउँपालिका–३ पाथामा आइतबार नेकपा (एमाले)को चुनावी सभाको सुरक्षामा खटिएका प्रहरी हवल्दार ईश्वरबहादुर थापाको अत्यधिक पेट दुख्ने समस्या भएपछि नेपाली सेनाको हेलिकोप्टरमार्फत उद्धार गरिएको हो । हेलिकोप्टरमार्फत उद्धार गरिएका थापाको सेती प्रादेशिक अस्पताल धनगढीमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालयका निमित्त प्रहरी प्रमुख माधव विश्वकर्माले […]
नेपालगन्ज, कञ्चनपुर — निर्वाचन नजिकिएसँगै नेताहरू धमाधम गाउँ पस्दैछन् । पार्टी प्रवेशदेखि प्रशिक्षणसम्मका गतिविधि दिनहुँजसो हुन थालेका छन् । तर, ठूलो संख्यामा रहेका युवा मतदातालाई यो माहोलले तान्न सकेको छैन । रोजीरोटीका लागि हरेक दिन भारत पस्ने सयौंको संख्यामा युवाको लर्को छ । चुनावी चहलपहलले रोक्न नसकेका युवाको लस्कर लुम्बिनी र सुदूरपश्चिम प्रदेशका नाकामा दिनहुँ देख्न सकिन्छ । जुम्ला पातारासी […]