होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

बुधबार, जेष्ठ २, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • भारतमा वर्षाको कहर : हिमाञ्चल प्रदेशमा बादल फाटेर बाढी, चार जना बेपत्ता
समाचार

भारतमा वर्षाको कहर : हिमाञ्चल प्रदेशमा बादल फाटेर बाढी, चार जना बेपत्ता

  • नागरिक रैबार
भारतमा वर्षाको कहर : हिमाञ्चल प्रदेशमा बादल फाटेर बाढी, चार जना बेपत्ता

हिमाल प्रदेशको कुल्लूमा बादल फाटेर अचानक बाढी आउँदा कम्तीमा चारजना बेपत्ता भएका छन् । समाचार एजेन्सी पीटीआईले राज्य विपद् प्रबन्धन विभागका एक वरिष्ठ अधिकारीलाई उद्धृत गर्दै राहत र उद्धार टोली घटनास्थलतर्फ हिँडेको तर पहिरोका कारण बीच बाटोमै फसेको जानकारी दिएको छ ।

कूल्लूमा इमरजेन्सी अपरेशन सेन्टरबाट प्राप्त अतिरिक्त जानकारीलाई उद्धृत गर्दै पीटीआईले चल्लाल पञ्चायतको छोज गाउँमा बुधबार बिहान ६ बजे बादल फाट्दा चारदेखि ६ जनासम्म बेपत्ता भएको उल्लेख गरेको छ ।

समाचार एजेन्सी एएनआईले कुल्लूका एसपी गुरुदेव शर्मालाई उद्धृत गर्दै अचानक आएको बाढीले छोज गाउँमा दर्जनौँ घर र क्याम्पिङ साइट क्षतिग्रस्त भएको छ । यसअघि सिमलाको धाली क्षेत्रमा पनि वर्षपछि पहिरो गएको थियो । उक्त घटनामा एकजनाको मृत्यु हुनुको साथै दुईजना घाइते भएका थिए ।

विज्ञापन

मुम्बईमा पनि लगातार भारी वर्षाको कारण ठाउँ–ठाउँमा पानी परिएको छ । मौसम विभागले मुम्बईमा वर्षाको ओरेन्ज अलर्ट जारी गरेको छ ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार