होमपेज केही सेकेण्डमा लोड हुनेछ।
Advertisement area
धनगढी, २४ कार्तिक । सुदूरपश्चिम प्रदेशका उद्योग पर्यटन वन तथा वातावरण राज्य मन्त्री प्रकाश रावलले राजिनामा दिएका छन् । मुख्यमन्त्री त्रिलोचन भट्टलाई उनले राजिनामा बुझाएका हुन् । कार्यालया दर्ता हुन आएका छैन सुदूरपश्चिम प्रदेशका प्रमुख सचिब नारायण प्रसाद बिडारीबताए । मुख्यमन्त्री स्रोतले भने उनले राजिनामा दिएको बताएको छ । कञ्चनपुरको एक क्याम्पसको शेयर विक्रीमा संलग्नताको आरोप […]
दार्चुलामा जीप दुर्घटना हुँदा १२ जना घाइते भएका छन्। जिल्लाको शैल्यशिखर नगरपालिका वडा नम्बर ६ चौतलीचौरमा बुधबार बिहान दुर्घटना भएको प्रहरीले जनाएको छ। लेकम गाउँपालिकाको रिठाचौपातास्थित लटिनाथ मन्दिरमा लागेको जयपुरमा जात्रा हेरेर घर फर्किने यात्रु बोकेर शैल्यशिखर नगरपालिकाको पनेबाजबाट गोकुलेश्वर तर्फ जाँदै गरेको से १ ज ११३१ नम्बर को जिप दुर्घटनामा परेको दार्चुला प्रहरीले जनाएको […]
सुदूरपश्चिम प्रदेश सरकारले खरिद गरेका १६ वटा एम्बुलेन्स झण्डै तीन महिना पछि वितरण गर्ने तयारी गरेको छ। गत साउनको अन्तीम साता अत्याधुनिक १६ वटा एम्बुलेन्स खरिद गरिएको भएपनि झण्डै तीन महिना पछि वितरण गर्ने तयारी भएको हो। प्रदेशको सामाजिक विकास मन्त्रालयका सूचना अधिकारी हेमराज खड्काले २० गते एम्बुलेन्स वितरण गर्ने तयारी भईरहेको बताए। सुरुवातमा दशैं अगाडी […]
नेपाल भ्रमण वर्ष २०२० नजिकिदै गर्दा सुदूरपश्चिममा मुख्य पर्यटकीय स्थलको पहिचान हुन सकेको छैन्। अन्य प्रदेशमा भ्रमण वर्षलाई लक्षित गरी सोही अनुसारका गतिविधी अघि बढेका बेला सुदूरपश्चिममा भने मुख्य पर्यटकीय स्थल कुन–कुन हुने भन्ने कुराको टुङगो नलागेको हो। तर प्रदेशको पर्यटन मन्त्रालयले सांसदहरुसँग छलफल गरेर मात्र उक्त विषयलाई निष्कर्षमा पुगाईने जनाएको छ। गत कात्तिक ८ […]
बैतडीका ८४ वडामध्ये ७२ वडा सचिवविहीन भएका छन् । वडामा सचिव नहुँदा सेवा प्रवाहमा समस्या भएको छ । जिल्लाको शिवनाथ गाउँपालिका, पञ्चेश्वर गाउँपालिका, मेलौली नगरपालिका र सिगास गाउँपालिकाका एउटा वडामा पनि सचिव छैनन् । ती सबै स्थानीय तहले प्राविधिक सहायक, कार्यालय सहायक र सामाजिक परिचालकमार्फत वडाको काम गराउँदै आएका छन् । पाटन नगरपालिका–१० वडामध्ये ७ […]
सुदूरपश्चिम प्रदेशका उद्योग पर्यटन वन तथा वातावरण राज्यमन्त्री प्रकाश रावल विरुद्ध अदालतमा ठगी र कागज किर्ते गरेको मुद्दा दर्ता भएको छ। जनज्योती बहुमुखी क्याम्पस महेन्द्रनगरका शेयर सदस्य समेत रहेका रावल सहितका ३६ जना विरुद्ध गत साउनमा ठगी र किर्ते मुद्दा दर्ता भएको जिल्ला अदालत कञ्चनपुरले पुष्टि गरेको छ। अधिकृत नवराज पाण्डेले भीमदत्त नगरपालिकाका ताराप्रसाद जोशी […]
महेन्द्रनगरबाट बाजुरा जाँदै गरेको ना ७ ख ६१८१ नम्बरको बस सह चालकले चलाउँदा दुर्घटना भएको खुलेको छ। जिल्लाको शिखर नगरपालिका वडा नम्बर १ गेरुपानीमा बस दुर्घटना हुँदा एक जनाको मृत्यु हुनुका साथै ३३ जना घाइते भएका छन्। चालक खगेन्द्र बडैलाले निन्द्रा लागेको भन्दै सह चालकलाई बस चलाउन दिएको २० मिनेटमा नै दुर्घटना भएको बाजुरा रिठाबजार […]
बैतडी । सबैतिर तिहारको रौनक छाइरहेका बेला बैतडीको पुर्चौडी नगरपालिका–४ र ५ भने तीन जनाको सामूहिक हत्यापछि सिङ्गो गाउँ नै शोकमा डुबेको छ । भारतको पिथौरागढमा मजदुरी गर्दै आएका पुर्चौंडी नगरपालिका–५ दहतोलीका ३६ वर्षीय हरे बोहरा र २७ वर्षीय वीरा बोहरा तथा पुर्चौंडी नगरपालिका–४ भटना तडीखेतका ३६ वर्षीय कासी बोहराको हत्या भएपछि सिङ्गो गाउँ शोकमा […]
दार्चुला । आगामी मंसिर (डिसेम्बर १ देखि १० तारिख) मा आयोजना हुने १३ औं दक्षिण एसियाली खेलकुद (साग)का लागि तिब्रताका साथ तयारी भइरहेको छ । घरेलु मैदानमा पदकको अपेक्षासहित सबै टोलीले तयारी गरिरहँदा राष्ट्रिय खेल भलिबल पनि ठूलो पदकको अपेक्षासहित तयारीमा जुटेको छ । आठौं राष्ट्रिय खेलकुद प्रतियोगितामा गरेको प्रदर्शनका आधारमा भलिवलका लागि २५ सदस्यीय प्रारम्भिक […]
जिल्लाको दिपायल सिलगढी नगरपालिकाले ५० वर्षसम्म विवाह नगरी बसेका अविवाहित एकल महिलालाई भत्ता दिने भएको छ । विवाह नगरी एकल जीवन बिताइरहेका नगरभित्रका महिलालाई नगरपालिकाले भत्ता दिने निर्णय गरेको हो । आगामी मङ्सिरबाट उक्त भत्ता दिइने तथा त्यसका लागि नगरभित्र रहेका अविवाहित महिलाको तत्थ्याङ्क सङ्कलनकार्य भइरहेको नगरपालिकाका निमित्त प्रशासकीय अधिकृत भोजराज शर्माले बताए । नगरपालिकाले […]
बझाङ– दुर्गम गाँउपालीका साईपाल गाँउपालीका जनप्रतिनिधीहरु कार्यालय बन्द गरेर भम्रणमा निस्केका छन् । यसरी कार्यालय बन्द गरेर भ्रमणमा निस्कदा सेवाग्राही मर्कामा परेको साइपाल गाँउपालीका स्थानिवासीहरुले बताएका छन् । साईपाल गाँउपालीकाका स्थानियवासी दिपक बोहराले भने नागरीता सिफारीसको लागी अब चैनपुर धाउनुपर्ने हुन्छ जनप्रतिनिधहरु कार्यालय बन्द गरेर भ्रमणमा निस्केको सुनेको छु । चैनपुरमा जान आउन घरवाट तिन […]
सुदूरपश्चिम प्रदेश सरकारले चालु आर्थिक वर्षमा विकास निर्माणका कामलाई तिव्रता दिदै आर्थिक समृद्धि हासिल गर्ने दावी गरेपनि कार्यान्वयन भएको छैन्। विकास निर्माणका योजना कार्यान्वयनमा गत वर्षझै सरकारले कछुवा गती नै कायम राखेको पाईएको छ। गत आर्थिक वर्षको मध्य हुँदा समेत १६ प्रतिशतको हाराहारीमा विकास बजेट खर्च गरेको सरकारले यसवर्ष पनि अहिले सम्म योजना कार्यान्वयनमा लैजान […]
कैलालीको अत्तरियाबाट २८ जना जुवाडे पक्राउ परेका छन्। गोदावरी नगरपालिका वडा नमबर ७ लालपुरबाट उनीहरुलाई साढे एक लाख नगद सहित पक्राउ गरिएको हो। जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार लालपुरमा बिरबहादुर ओलीको ओली होटलबाट उनीहरुलाई आईतबार राती पक्राउ गरिएको हो। ईलाका प्रहरी कार्यालय मालाखेतीका प्रहरी नायव उपरिक्षक ज्ञानबहादुर विष्ट नेतृत्वको प्रहरी टोलीले आईतबार राती उनीहरुलाई एक […]
जिल्लाको पूर्वी क्षेत्रमा पर्ने बोगटान फुड्सिल गाउँपालिकाका वडाध्यक्ष वीरेन्द्रबहादुर चन्दसहितको वडा कार्यालयको टोलीले आफनो वडामा भएका सम्पूर्ण वृद्ध तथा एकल महिलालाई घरमै पुगेर वृद्ध तथा एकल महिला भत्ता वितरण गर्न थालेका छन्। वडामा रहेका वृद्धवृद्धा तथा एकल महिलालाई वडा कार्यालयसम्म आएर वृद्ध तथा एकल महिला भत्ता लिन गाह्रो भएको भन्ने खबर आएपछि आफूहरुले सो कदम […]
कैलालीको टिकापुरमा कुटपिटबाट एक जना महिलाको मृत्यु भएको छ । टीकापुर नगरपालिका ५ की ४० वर्षीया पुतली रावलको दुईजना महिलाको कुटपिटबाट मृत्यु भएको हो । असोज ८ गते सामान्य विवादका क्रममा स्थानीय दुईजना महिलाको कुटपिटबाट घाईते भएकी उनको कोहलपुरमा उपचार हुन नसकेपछि भारतको लखनउ रेफर गरिएको थियो । उनको उपचारका क्रममा भारतमा मृत्यु भएको हो […]
धनगढी -नेकपा सुदुरपश्चिम प्रदेशको दोस्रो बैठक धनगढीमा शुरु भएको छ । सुदुरपश्चिम प्रदेश अध्यक्ष कर्ण थापा को अध्यक्षता सोमबार देखी धनगढीको रुबश होटेलमा बसिरहेको बैठकमा प्रदेश इन्चार्ज भिम रावल ,स्थायी कमिटी सदस्य एवम पुर्व मन्त्री लेखराज भट्ट,प्रदेश कमिटीका सह इन्चार्जहरु , प्रदेश कमिटीका सचिब र प्रदेश सदस्यहरुको सहभागीता रहेको छ । बैठकले पार्टीको आगामी कार्यक्रम […]
विभिन्न फौजदारी अपराधको अभियोग लागेका सांसदको संख्या पाँच पुगेको छ। सुदूरपश्चिमका मात्रै दुई जना सासंद अपराधमा मुछिएका छन्। कैलाली निर्वाचन क्षेत्र नम्वर ५ बाट नेकपाका सांसद नारदमुनि राना रातो पासपोर्ट दुरुपयोग र राष्ट्रिय जनता पार्टीका सांसद रेशमलाल चौधरी व्यक्ति हत्याका आरोपित हुन्। प्रतिनिधिसभाका निवर्तमान सभामुख कृष्णबहादुर महरा, सांसद हरिनारायण रौनियार र प्रतिनिधिसभा सदस्य मोहम्मद अफताव […]
कैलालीमा आफ्नै आमालाई करणीको प्रयास गरेको आरोपमा एक युवक पक्राउ परेका छन् । कैलालीको बर्दगोरीया गाउँपालिका १ मुडामा आफ्नै आमालाई बलात्कार गर्न खोज्ने २० वर्षीय कमल बादीलाई प्रहरीले पक्राउ गरेको हो । शुक्रवार राती घरमा कोही नभएको मौका छोपी उनले आमालाई करणीको प्रयास गरेको इलाका प्रहरी कार्यालय सुखडले जनाएको छ । ‘राति करिब ८ः३५ बजे […]
धनगढी – सरकारले चालु आर्थिक वर्ष २०७५/७६ मा घोषणा गरेका १ सय गन्तब्यको विस्तृत जानकारी सहितको प्रोफाइल बनाइने भएको छ ।तत्कालिन पर्यटन मन्त्री स्व. रवीन्द्र अधिकारीले नेपाल भ्रमण वर्ष २०२० लाई लक्ष्यित गरी १ सय नयाँ गन्तब्य विकासको अवधारणा अघि सारेका थिए । अधिकारीले ७५ वटै जिल्लाबाट कम्तिमा एउटा नछुट्ने गरी विज्ञ टोली बनाएर निश्चित […]
भुवन भट्ट– कञ्चनपुरको बेलौरीमा मालपोत कार्यालयका प्रमुख भोजबहादुर ऐडी परस्त्रीसँग आपत्तीजनक अवस्थामा रहेका बेला पक्राउ परेका छन्। बेलौरी मालपोत कार्यालयका प्रमुख ऐडीलाई एक ३४ वर्षीया महिलासँग आपत्तीजनक अवस्थामा रहेका पक्राउ गरिएको प्रहरीले जनाएको छ। ईलाका प्रहरी कार्यालय प्रमुख प्रहरी निरीक्षक रण बहादुर चन्दले महिलाका परिवारले दिएको उजुरीका आधारमा कार्यालय प्रमुख ऐडी र महिलालाई आपत्तिजनक अवस्थामा पक्राउ […]