होमपेज केही सेकेण्डमा लोड हुनेछ।
Advertisement area
२० भदौ, काठमाडौं । वैदिक सनातन धर्मावलम्बीले ‘श्रीकृष्ण जन्माष्टमी’ पर्व आज देशभर भगवान् श्रीकृष्णको पूजा–आराधना गरी श्रद्धा–भक्तिपूर्वक मनाउँदैछन् । यस अवसरमा आज पाटनको मङ्गलबजारस्थित प्रसिद्ध कृष्ण मन्दिरमा ठूलो मेला लाग्दछ । पाटन कृष्ण मन्दिरमा दर्शन गर्न राष्ट्रपति जाने चलन छ । यसैगरी राजधानीका विभिन्न स्थानमा रहेका ठूला, साना श्रीकृष्ण मन्दिरमा पनि भक्तजनको भीड […]
काठमाडौँ। नेकपा एमालेका नेता भीम रावल पुनः पार्टीमा सक्रिय भएका छन् ।गृह जिल्ला अछाम पुगेका पूर्व उपाध्यक्ष रावल पुनः पार्टीमा सक्रिय भएका हुन् । अछाम, साँफेबगरमा एमालेका नेता र कार्यकर्ताहरूसँग उनले पार्टीका गतिविधि र काम कारबाहीका बारेमा छलफल गरेका छन् । उनले त्यसको भिडियो पनि सामाजिक सञ्जालमा राखेका छन् । चितवन महाधिवेशनमा अध्यक्ष केपी ओलीसँग […]
धनगढी । संघीय सरकारको सिको गर्दै सुदूरपश्चिम सरकार पनि सांसदहरुलाई अलग्गै योजनासहित बजेट ल्याउने तयारीमा जुटेको छ । निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रमको नाममा सांसदहरुलाई बजेट उपलब्ध गराउने तयारीमा प्रदेश सरकार जुटेको हो । कार्यक्रम अन्तर्गत प्रत्यक्ष निर्वाचित सांसदलाई जनही ३ करोड बजेट दिने तयारी गरिएको सत्तारुढ दल नेपाली कांग्रेसका सांसद गीता चौधरीले रातोपाटीलाई जानकारी […]
धनगढी । सुदूरपश्चिम प्रदेश सरकार आर्थिक वर्ष २०८०/०८१ को बजेटको अन्तिम तयारीमा जुटेको छ । प्रदेशमा असार १ गते बजेट प्रस्तुत गर्नुपर्ने संवैधानिक व्यवस्था रहेको छ । संघबाट प्राप्त हुने अनुदान, राजस्व बाँडफाँट, प्रदेशमा उठ्ने राजस्व र चालु आर्थिक वर्षको खर्च हुन नसकी बचत भएको बाँकी रकमको आधारमा प्रदेश सरकारले आगामी आर्थिक वर्षको बजेटको आकार […]
३१ जेठ, धनगढी। कैलाली कारागारमा मदिरा सेवन गरेर कैदीबन्दीहरुबीच झगडा भएपछि १६ जनालाई विभिन्न कारागारमा सारिएको छ।२२ जेठमा कारागारभित्र मदिरा सेवन गरेर कैदीबन्दीहरुबीच झडप भएपछि उनीहरुलाई अन्यत्रका कारागार सारिएको हो। कारागारका निमित्त जेलर लालबहादुर बोगटीले कपिलवस्तु, नवलपरासी, चितवन, महोत्तरी, सप्तरी र सुनसरीका कारागारमा २-२ जना, पर्सा कारागारमा ३ जना र सिराह कारागारमा एक जनालाई स्थानान्तरण […]
३० जेठ, धनगढी । सुदूरपश्चिम प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८०/८१ का लागि ल्याएको नीति तथा कार्यक्रम बहुमतले पारित भएको छ । मंगलबार प्रदेशसभा बैठकले २४ जेठमा प्रदेश प्रमुख देवराज जोशीले प्रस्तुत गरेको नीति तथा कार्यक्रम बहुमतले पारित भएको हो ।प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले भने नीति तथा कार्यक्रमको विपक्षमा मत दिएको छ । प्रदेशसभाको […]
२८ जेठ, धनगढी। प्रमुख प्रतिपक्षी दल नेकपा एमाले सुदूरपश्चिम संसदीय दलको बैठकले प्रमुख सचेतक र सचेतक चयन गरेको छ।आइतबार बसेको संसदीय दलको बैठकले प्रमुख सचेतकमा सुरेन्द्र पाल र सचेतकमा निर्मलादेवी साउदलाई चयन गरेको हो। पाल गत मंसिर ४ मा भएको निर्वाचनमा बैतडीको प्रदेशसभा १ बाट निर्वाचित भएका थिए। उनी एमाले बैतडी जिल्ला कमिटि अध्यक्ष पनि […]
धनगढीः सदूरपश्चिम प्रदेशसभामा आगामी बजेटको सिद्धान्त र प्राथमिकता प्रस्तुत गरिएको छ।सुदूरपश्चिमका आर्थिक मामिला मन्त्री नरेशकुमार शाहीले आगामी आर्थिक वर्ष २०८०/०८१ को बजेटको सिद्धान्त र प्राथमिकता प्रदेश सभाको बैठकमा प्रस्तुत गरेका हुन्। उनले शनिवारको प्रदेश सभाको बैठकमा आर्थिक वर्ष २०८०/०८१ को विनियोजन विधेयकको सिद्धान्त, उद्देश्य, प्राथमिकता र प्रमुख नीति प्रस्तुत गरेका छन। प्रदेश सरकारले गरिबी न्युनिकरण, […]
धनगढी । सुदूरपश्चिम प्रदेश सरकार विस्तारको तयारी भइरहेको छ । मुख्यमन्त्री कमल बहादुर शाहले नेतृत्व सम्हालेको ३ महिनापछि बल्ल सरकार विस्तारमा गृहकार्य अघि बढेको हो । नेपाली कांग्रेसका सांसद प्रकाश बमले नेकपा माओवादी र नागरिक उन्मुक्तिले आफ्नो हैसियतभन्दा बढी मन्त्रालय खोजेको र अझैसम्म मन्त्रीहरुको नाम टुङ्गो नलगाउँदा सरकार विस्तारमा ढिला भएको आरोप लगाए । उनले […]
बैतडी: राष्ट्रिय अनुसन्धान विभाग बैतडीमा पहिलो पटक महिला डिएसपी अर्चना सिन्हा सरुवा भएर आउने भएकी छिन्। हेटौडा निवासी डिएसपी अर्चना सिन्हा राष्ट्रिय अनुसन्धान विभाग बैतडीमा पहिलो पटक आउदै छिन्। राष्टिय अनुसन्धान विभाग जिल्ला कार्यालय बैतडीका प्रमुख अनुसन्धान अधिकृत दिलबहादुर चौधरीको दुई महिनामै सरुवा भएपछि अर्चना सिन्हा प्रमुखका रुपमा आउने भएकी हुन्। डिएसपी अर्चनाले बैतडीको भूगोल […]
धनगढी– प्रदेशसभाको दोस्रो निर्वाचनपछि सुदूरपश्चिम प्रदेशसभा नीति निर्माण तथा जनसरोकारमा मुद्दामा प्रवेश नै गर्न सकेको छैन । गत मंसिर ४ को निर्वाचनपछि गठित प्रदेशसभाले अहिलेसम्म दुई वटा सरकार गठन गरेको छ भने मुख्यमन्त्रीले विश्वासको मत लिने प्रयोजनका निम्तिमात्र बैठकको उपयोगिता सीमित भएको देखिन्छ । प्रदेश सरकारले बिजनेस दिन नसक्दा लामो समयदेखि प्रदेशसभा बैठक बस्न सकेको […]
धनगढीः प्रदेश सरकार र स्थानीय सरकार बिच सहकार्य र सहअस्तित्व व्यबहारमै कायम गर्न सुदूरपश्चिम प्रदेश सरकार अग्रसर देखिएको छ। आर्थिक वर्ष २०८०÷०८१ को बजेट निर्माणपूर्व प्रदेश सरकारले स्थानीय तहका जनप्रतिनिधिसँग आगामी बजेटका विषयमा छलफल गरेको छ। सरकारले पहिलोपटक सुदूरपश्चिमका ८८ वटै पालिकाका प्रमुख, उपप्रमुख र प्रमुख प्रशासकीय अधिकृतको भेला गरेर बजेटमा समेट्नुपर्ने योजना र कार्यक्रम […]
कैलाली । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमल बहादुर शाहले दुई तिहाइ बहुमतका साथ विश्वासको मत प्राप्त गरेका छन् ।प्रदेश सभाको आज आह्वान गरेको बैठकमा मुख्यमन्त्री शाहले दुई तिहाइ प्रदेश सभा सदस्यहरुको विश्वासको मत प्राप्त गरेका हुन् । प्रदेश सभामा मुख्यमन्त्री शाहले आफ्नो दल कांग्रेसका १९ (आफूसहित), नेकपा माओवादी केन्द्रका १० (सभामुख बाहेक), नागरिक उन्मुक्ति पार्टीका ७, […]
नागरिक रैबार/बाजुरा २० फागुन। सुदूरपश्चिम प्रदेश सरकारका आर्थिक मामिला मन्त्री नरेश कुमार शाहीले सुदूरपश्चिम प्रदेश सरकार मिडिया मैत्री हुने बताएका छन् । नेपाल पत्रकार महासंघ सुदुरपश्चिम प्रदेश समितिकाे तेस्राे उद्घाटन समाराेहमा शुभकामना मन्तब्य दिनै मन्त्री शाहीले प्रदेश सरकारले गर्ने सवै कार्यहरू जनताकालागि गर्नुपर्ने भएकाले मन्त्रालयले सुचना लुकाउनु पर्ने कुनै कारण हुदैन, सवै कुरा पत्रकार मार्फत […]
कैलाली । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले प्रदेशसभामा आइतबार विश्वासको मत सम्बन्धी प्रस्ताव पेस गर्ने भएका छन् । सो प्रयोजनका लागि आइतबार दिउँसो १ बजे बस्नेगरी प्रदेशसभा बैठक आह्वान गरिएको छ । प्रदेशसभा सचिव देवबहादुर बोगटीका अनुसार सभामुखको आदेशले आइतबारका लागि प्रदेशसभा बैठक आह्वान गरिएको हो । मुख्यमन्त्री शाहले विश्वासको मत लिने व्यवस्था मिलाइदिन सभामुखलाई […]
काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सातै प्रदेशमा प्रदेश समिति गठन गरेको छ । समिति गठनसँगै जम्मेवारीसमेत तोकेको छ ।प्रदेश नं १ समितिको सभापतिमा राजेश तिम्सिना, मधेस प्रदेशको सभापतिमा तपेश्वर यादव र बागमती प्रदेशको सभापतिमा अचुतम लामिछानेलाई जिम्मेवारी दिइएको छ । यसैगरी गण्डकी प्रदेशको सभापतिमा राजन गौतम, लुम्बिनीको सभापतिमा देवराज पाठक, कर्णालीको सभापतिमा धिरजबहादुर वली […]
नेकपा एकीकृत समाजबादीका केन्द्रिय सदस्य तथा सुदूरपश्चिम प्रदेश सरकारका आर्थिक मामिलामन्त्री नरेश कुमार शाहीले सुदूरपश्चिम प्रदेशको मुख्य सवाल नै समृद्धि रहेको बताउनु भएकाे छ । सुदुरपश्चिमकाे “इमेज” सुधार आवश्यक रहेको बताए । उनले भने– अहिलेसम्म सुदूरपश्चिम प्रदेशको परिचय गएगुज्रेको प्रदेशका रुपमा रहेको छ । अब हामीले यो इमज परिवर्तन गर्नुपर्छ । मन्त्री शाहीले अर्धवार्षिक समीक्षालाई […]
धनगढीः पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले रेशम चौधरीलाई रिहा गर्नुपर्ने बताएका छन्। आइतवार धनगढीमा आयोजना गरिएको पत्रकार सम्मेलनमा एकीकृत समाजवादीका अध्यक्षसमेत रहेका पूर्व प्रधानमन्त्री नेपालले टीकापुर घटनामा जेलजीवन बिताइरहेका चौधरीलाई रिहा गर्नुपर्ने बताएका हुन्। उनले टीकापुर घटना, शान्ति प्रक्रिया, नेत्रविक्रम चन्द (विप्लव)को पार्टीलगायतसँग जोडिएका राजनीतिक प्रकृतिका मुद्दाहरू छिटोभन्दा छिटो टुंग्याउनुपर्ने बताएका हुन्। उनले राजनीतिक प्रकृतिका मुद्दाका […]
धनगढीः प्रधानमन्त्री पुष्पकमल दाहल (प्रचण्ड) सुदूरपश्चिम आउने भएका छन्। सोमवारदेखि कञ्चनपुरको महेन्द्रनगरमा सञ्चालन हुने महोत्सवको उद्घाटनका लागि प्रधानमन्त्री प्रचण्ड सुदूरपश्चिम आउन लागेका हुन्। उनले सोमवारदेखि महेन्द्रनगरमा सुरु हुने सुदूरपश्चिम प्रदेश स्तरीय औषोगिक व्यापार मेला तथा कञ्चनपुर पर्यटन महोत्सवको उद्घाटन गर्ने कार्यक्रम छ। उनी सोमवार बिहान धनगढी पुग्ने छन। कैलालीको गेटामा निर्माणको चरणमा रहेको प्रस्ताविक मेडिकल […]
धनगढी । सुदूरपश्चिम प्रदेशमा मुख्यमन्त्रीसहित ३ सदस्यीय मन्त्रिमण्डल गठन भएको छ । नवनियुक्त मुख्यमन्त्री कमलबहादुर शाहले तत्काल २ जना मन्त्रीसहित ३ सदस्यीय मन्त्रिमण्डल गठन गरेका हुन् । तीनै जनाले आज पद तथा गोपनीयतको शपथ ग्रहण गरेका छन् । मन्त्रीहरुले प्रदेश प्रमुख देवराज जोशीबाट शपथ ग्रहण गरेका हुन् । नेपाली कांग्रेसबाट मन्त्री बनेका प्रकाश देउवालाई भौतिक […]