होमपेज केही सेकेण्डमा लोड हुनेछ।
Advertisement area
कञ्चनपुर — कोरोना भाइरसको नयाँ भेरिएन्ट ‘ओमिक्रोन’ नेपालमा समेत देखिन थालेपछि नाकाको निगरानीमा कडाइ गरिएको छ । नयाँ व्यवस्थाअनुसार नाका प्रशासनले भारतबाट फर्किने नेपालीलाई एन्टिजेन परीक्षण गरेर मात्रै भित्रिन दिएको छ । खोप नलगाएकाहरूलाई नाकामै लगाउने व्यवस्थासमेत गरिएको छ । तर भारतीयको हकमा दुई डोज खोप लगाएको/नलगाएको मात्रै हेर्ने गरिएको छ । उनीहरूको परीक्षण रिपोर्ट आवश्यक पर्दैन । नेपालीको हकमा […]
धनगढी । सशस्त्र प्रहरीले अवैध रुपमा हुने चोरी तस्करी नियन्त्रणका लागि भन्दै कैलाली र कञ्चनपुरका सीमा क्षेत्रमा बीओपी संख्या बढाउँदै लगेको छ । नेपाल प्रहरीले पनि बेलाबखत नाकामा कडाइ गरिएको बताउँछ । तर सीमा क्षेत्रबाट हुने चोरी तस्करी नियन्त्रण हुन सकेको छैन । भारतसँग सीमा जोडिएको कञ्चनपुरमा २० वटा र कैलालीमा १८ वटा बीओपी छन् […]
कञ्चनपुर — शिक्षक र विद्यार्थीसँगै अभिभावकमा समेत कोभिडको संक्रमण पुष्टि भएपछि कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–१ बन्साहाको कृष्ण आधारभूत विद्यालय सोमबारदेखि बन्द गरिएको छ । नगरपालिकाको स्वास्थ्य शाखाका अनुसार विद्यालयका २ शिक्षकसँगै ५ कक्षामा अध्ययनरत ११ वर्षीय छात्र र उनकी आमामा संक्रमण पुष्टि भएको हो । उनीहरू सबैमा आइतबार एन्टिजेन परीक्षणबाट संक्रमण देखिएको स्वास्थ्य शाखा प्रमुख परमानन्द भट्टले बताए । […]
नेपालमा कोरोना भाइरसको पहिलो र दोस्रो भेरियन्ट पूर्ण रुपमा नियन्त्रण नभएको बेला तेस्रो भेरियन्ट ओमिक्रोनको संक्रमण पुष्टि भएको छ। विगतको तुलनामा बढी कडा भनिएको ओमिक्रोन छिमेकी मुलुक भारतसँगै नेपालमा पुष्टि भइसकेको हो। तर सुदूरपश्चिम भने ओमिक्रोन मात्र नभएर यसअघिका भेरियन्ट पनि पत्ता लगाउने प्रयोगशाला नभएको सेती प्रादेशिक अस्पतालको प्रयोशालाका इन्चार्ज रमेश शाहीले बताए। ‘नेपालमा भेरियन्ट […]
२२ मङ्सिर, बैतडी । बैतडीसहित सुदूरपश्चिम प्रदेशका २० पालिकालाई सङ्कटग्रस्त क्षेत्र घोषणा गरिएको छ । सरकारले गत असोज ३१ गतेदेखि कात्तिक ३ गतेसम्मको अविरल वर्षाका कारण भएको क्षतिका आधारमा सङ्कटग्रस्त क्षेत्र घोषणा गरेको हो । गृह मन्त्रालयले विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन ऐन, २०७४ को ले दिएको अधिकारलाई प्रयोग गर्दै हालै देशभरिका ३३ स्थानीय तहलाई […]
धनगढी : सुदूरपश्चिममा कोभिड पुष्टि भएका १३ जनाको स्वाब भेरियन्ट पत्ता लगाउन काठमाडौं पठाइएको छ। प्रदेश जनस्वास्थ्य प्रयोगशालाका अनुसार कञ्चनपुरको गड्डाचौकी नाकामा एन्टिजेन पुष्टि भएका तीन जना र सेती प्रादेशिक अस्पतालमा कोभिड पुष्टि भएका १० जना गरी १३ जनाको स्वाब काठमाडौं पठाइएको हो। संक्रमण पुष्टि भए पनि भेरियन्ट पत्ता लगाउनका लागि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा स्वाब […]
धनगढीः भारतलगायत विभिन्न मुलुकमा कोनारना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोन सङ्क्रमण देखिन थालेपछि सुदूरपश्चिम प्रदेश सरकारले पूर्व तयारी तीव्र पारेको छ। आज बिहान सुदूरपीश्चम प्रदेशको निर्देशक समितिको बैठकले समेत नयाँ भेरियन्ट भित्रिन नदिन स्वास्थ्य सर्तकताका साथै प्रदेशका अस्पताल र स्वास्थ्य उपकरणलाई तयारी अवस्थामा राख्न निर्देशन दिएको छ। सरकारका मुख्यमन्त्री त्रिलोचन भट्टको अध्यक्षतामा बसेको प्रदेश निर्देशक समितिले […]
धनगढीः नेपाली काँग्रेस सुदूरपश्चिम प्रदेश कार्य समितिका नवनिर्वाचित पदाधिकारीले पदभार ग्रहण गरेका छन्। प्रदेश सभापति वीरबहादुर बलायरसहितका पदाधिकारी तथा सदस्यहरुले सोमबार बिहान पदभार ग्रहण गरेका हुन्। ५९ सदस्यीय कार्यसमितिका सम्पूर्ण पदाधिकारीलाई प्रमाणपत्र भने केन्द्रीय निर्वाचत समितिले दिने बताइएको छ। बिहान ८ बजे पदभार ग्रहणको कार्यक्रममा पदाधिकारी ढिलो आएका भन्दै सभापति बलायरले आक्रोश व्यक्त गरेका थिए। […]
धनगढी : नेपाली काँग्रेसको प्रथम सुदूरपश्चिम प्रदेश अधिवेशनअन्तर्गत जारी मतगणनामा संस्थापन पक्षका वीरबहादुर बलायरको अग्रता कायमै छ। सुरुवातदेखि नै लिएको अग्रता फराकिलो बनाउँदै उनको प्यानल नै जित नजिक पुगेको छ। ७ सय मतगणना गर्दा देउवा पक्षबाट सभापतिका उम्मेदवार बलायर र पौडेल पक्षका नारायणदत्त मिश्रबीचको मतान्तर २७८ पुगेको मतगणनास्थलबाट पत्रकार प्रकाश बमले जानकारी दिए। बलायरको ४८१ […]
नेपाली काँग्रेस सुदूरपश्चिम प्रदेश अधिवेशनमा मतदान सुरु भएको छ । शनिबार विहान १० बजेपछि धनगढीस्थित निर्माण व्यवसायी महासंघ कैलालीको कार्यालयमा मतदान भइरहेको छ । सुदूरपश्चिम प्रदेश सभापतिका लागि वीरबहादुर बलायर र नारायणदत्त मिश्र चुनावी प्रतिस्पर्धामा छन् । बलायर र मिश्र प्यानलसहित चुनावी दौडमा छन् । बलायर देउवा समूहबाट सभापतिको उम्मेदवार बनेका छन् भने मिश्रलाई पौडेल […]
सुदूरपश्चिम प्रदेशमा शुक्रबार थप १९ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । गएको २४ घण्टामा प्रदेशभर पीसीआर र एन्टिजेन विधिबाट ८३९ जनाको नमूना परीक्षण गर्दा १९ जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य निर्देशनालयले जनाएको छ । पीसीआर मार्फत १४ र एन्टिजेन विधिमार्फत पाँच जनामा सङ्क्रमण पुष्टि भएको हो । पीसीआरबाट सेती प्रादेशिक अस्पतालमा आठ र […]
काठमाडौं । नेपाली कांग्रेसको सुदूरपश्चिम प्रदेश अधिवेशनमा संस्थापन र संस्थापन इतर समूह प्यानलसहित चुनावी मैदानमा उत्रिएका छन् । सहमतिमै प्रदेश कार्यसमिति चयन गर्ने प्रयास सफल नभएपछि दुबै समूह प्यानलसहित प्रतिस्पर्धामा उत्रिने भएका हुन् । संस्थापन समूहले सम्मानजक पद बाँडफाँट गर्न नचाहेपछि सहमति हुन नसकेको संस्थापन पक्षको भनाइ छ । सहमतिकै लागि नेताहरुले उम्मेदवारी मनोनयन दर्ताको […]
धनगढीः सुदूरपश्चिमका ७ पहाडी जिल्ला जोड्ने भीमदत्त राजमार्ग अवरुद्ध बनेको छ। विवाहको बस र मिनी ट्रक ठोक्किदा राजमार्ग १ घण्टादेखि अवरुद्ध बनेको हो। डोटीको जोरायल गाउँपालिका वडा नम्बर १ को गोगनपानी नजिकै विवाहको बस र ट्रक ठोक्किएको प्रहरीले जनाएको छ। जन्ती बोकेको बस घोरणीबाट बिपिनगरतर्फ गइरहेको थियो। राजमार्ग अवरुद्ध भएपछि यात्रु अलपत्र परेका छन्।
धनगढी । कञ्चनपुरमा जन्ती बोकेको ट्रयाक्टर दुर्घटना हुँदा १४ जना घाइते भएका छन् ।शुक्रबार वेदकोट नगरपालिकाको दैजीबाट जन्ती लिएर लालझाडीतर्फ फर्किदै गरेको से १ त ३८४१ नम्बरको ट्रयाक्टर पूर्वपश्चिम राजमार्ग अन्तरगत झलारीमा दुर्घटना हुँदा १४ जना घाइते भएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक चक्रबहादुर शाहकाअनुसार दुर्घटनामा परेर घाइते […]
धनगढीः दिपायल सिलगढी नगरपालिका–८ लडागडामा बालविवाह न्यूनीकरणका लागि मतदान गरिएको छ। उक्त वडामा उमेर नपुग्दै विवाह गर्ने क्रम बढेपछि सो कार्य रोक्न बालबालिकालाई सानै उमेरमा विवाह गर्नु राम्रो या नराम्रो भन्नेबारे जानकारी लिन मतदान गरिएको हो। बालविवाहबारे सचेत गर्ने उद्देश्यले मतदानको प्रक्रिया अपनाइएको हो। ‘गुड नेभर्स इन्टरनेशनल, नेपाल’ र सामुदायिक विकास केन्द्रको आयोजनामा विद्यालयमा मतदान […]
नेपाली काँग्रेसको सुदूरपश्चिम प्रदेश अधिवेशनअन्तरगत शेरबहादुर देउवा पक्षले रामचन्द्र पौडेल पक्षसँग चुनाव लड्ने उम्मेदवारको टुंगो लगाएको छ । देउवा पक्षको बैठकले सभापतिमा वीरबहादुर बलायरलाई उठाउने निर्णय गरेको छ । यस्तै उपसभापतिमा जनक चौधरी (कैलाली), लोकराज अवस्थी (बैतडी), महामन्त्रीमा मनु साह (कैलाली), मेघराज खड्का (अछाम) र सहमहामन्त्रीमा अम्बिका चलाउने र गोपालदत्त भट्टलाई उम्मेदवार बनाइएको बलायरले बताए […]
धनगढी । नेपाली कांग्रेसले सुदूरपश्चिम प्रदेश समितिको नेतृत्व सर्वसम्मतिबाटै चयन गर्ने प्रयास जारी राखेको छ । धनगढीमा बिहीबार प्रथम प्रदेश अधिवेशनको उद्घाटन सत्र सुरु भए पनि नेतृत्व चयनका लागि निर्वाचन प्रक्रिया अझै सुरु भएको छंन । सभापतिसहिका पदाधिकारीहरूमा सर्वसम्मतिको प्रयास भइरहेकाले शुक्रबार बिहान ८ बजेका लागि तय भएको मनोनयन दर्तालगायतको निर्वाचन कार्यतालिका हेरफेर गरिएको प्रचारप्रचार […]
धनगढीः सुदूरपश्चिम प्रदेशका पहाडी जिल्लाहरुका केही स्थानमा आज वर्षा भइरहेको छ। सुदूरपश्चिमको उच्च पहाडी र हिमाली भूभागका धेरै स्थानमा वर्षा भइरहेको हो। यस्तै वर्षाका कारण हिमपातको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ। सुदूरपश्चिमका अन्य स्थानहरुमा समेत सामान्यदेखि पूर्णतया बदली रहेको छ। पहाडका बैतडी, बझाङ, बाजुरा लगायतका केही स्थानमा वर्षा भैरहेको बताइएको छ।
नेकपा माओवादी केन्द्रले सुदूरपश्चिम प्रदेशका ३९ वटा पालिकामा नगर सम्मेलन सम्पन्न भएको छ । सो पार्टीले कैलालीका १३, कञ्चनपुरका ३, डोटीका ८, अछामका ३, बैतडीका १ पालिकामा सम्मेलन सम्पन्न भएका सुदुरपश्चिम प्रदेश कमिटीका अध्यक्ष शरद सिंह भण्डारीले जानकारी दिए । त्यस्तै बझाङका ३, दार्चुलामा ३, बाजुरामा २ पालिकामा माओवादी केन्द्रको सम्मेलन सम्पन्न भएको छ । […]
धनगढी : नेकपा (एमाले)को केन्द्रीय कमिटीमा सुदूरपश्चिमबाट २९ जना परेका छन्। एकजना पदाधिकारी, २५ जना केन्द्रीय सदस्य र तीन जना विभिन्न आयोगमा चयन भएका हुन्। एमालेको सचिवमा कैलालीका लेखराज भट्ट विजयी भएका छन्। यस्तै केन्द्रीय सदस्यमा भीम रावलसहित २५ जना विजयी भएका छन्। रावल अध्यक्षमा पराजित भए पनि केन्द्रीय सदस्यमा भने विजयी भएका हुन्। एमालेमा […]