होमपेज केही सेकेण्डमा लोड हुनेछ।
Advertisement area
धनगढीः वरिष्ठ लोकदेउडा गायक हरिचन्द्र कडायतको मृत्युु भएको छ । बझाङको छबिसपाथिभेरा गाउँपालिका–२ मुम्लामा जन्मेका ५४ वर्षीय कडायतको सेति प्रादेशीक अस्पतालमा बुुधबार मृत्युु् भएको हो । अचेत अवस्थामै धनगढीस्थित नवजीवन अस्पताल पु¥याइएका उनको स्वास्थ्य अवस्थामा सुधार हुन नसके पछी सेति प्रादेशीक अस्पतालमा रिफर गरेको थियो । उनको मस्तिष्क घात का कारण मृत्युु भएको सेति प्रादेशीक […]
बैतडी । विषालु च्याउ खाँदा बैतडीमा एकै परिवारका पाँचजना बिरामी परेका छन् । बैतडीको मेलौली नगरपालिका–५ खलीगाडमा एकै परिवारका ५ जना बिरामी परेका हुन् । बिरामी पर्नेमा स्थानीय १४ वर्षीया सुनिता जोशी, १२ वर्षीया सविता जोशी, १० वर्षीय किरन जोशी, आठ वर्षीया सोनिया जोशी र चार वर्षीया दिव्या जोशी छन् । उनीहरुको केशरपुर प्राथमिक स्वास्थ्य […]
बझाङकी एक ७५ वर्षीया वृद्धा बेपत्ता भएकी छिन्। जिल्लाको खप्तडछान्ना गाउँपालिका-१ की अन्दाजी ७५ वर्षीया गंगादेवी जोशी ४ दिनदेखि बेपत्ता रहेकी बताइएको छ।खप्तड राष्ट्रिय निकुञ्जभित्र पर्ने लामपुछ्रे भन्ने ठाउँबाट छोरीलाई भेटेर आफ्नो भैँसी खर्क रहेको स्थान बलेमेला फर्कने क्रममा उनी साउन ८ गते बिहान ९ बजेदेखि बेपत्ता भएकी आफन्तले बताएका छन्। जोशीको स्थानीयसहित नेपाल प्रहरी […]
धनगढी । बाजुराको त्रिवेणी नगरपालिका–९ का भीमबहादुर विष्टले गत असार १६ गते धनगढी आएर मोटरसाइकल चालक अनुमति पत्र (लाइसेन्स) को प्रयोगात्मक परीक्षा (ट्रायल) दिए । करीब २४ घण्टाको यात्रापछि मोटरसाइकलकै ट्रायलका धनगढी आएका विष्टले धनगढी उपमहानगरपालिका–३ स्थित यातायातको ट्रायल सेन्टरमा बिहानै पुगे । झण्डै दुई घण्टा लाइनमा उभिएर ट्रायल दिएका विष्टलाई यातायात व्यवस्था कार्यालयका कर्मचारीले […]
धनगढी । सुदूरपश्चिम प्रदेश सरकारले सत्ता पक्ष र विपक्षी दलको नेता तथा प्रमुख सचेतकलाई सवारी साधनको सुविधा दिन ऐन संशोधन गर्दैछ । त्यसका लागि सरकारले प्रदेशसभाका पदाधिकारी तथा सदस्यको पारिश्रमिक र सुविधा सम्बन्धी ऐन २०७५ लाई संशोधन गर्न विद्येयक ल्याएको छ । आर्थिक मामिला मन्त्री प्रकाशबहादुर शाहले आइतबार बसेको प्रदेशसभाको बैठकमा उक्त संशोधन विद्येयक टेबल […]
दार्चुला — दार्चुला सदरमुकाम खलंगा बजार र सीमावर्ती भारतको धारचुला बजारमा भारी बोक्ने अधिकांश ग्रामीण भेगका महिला कामदार भेटिन्छन् । घरको कमजोर आर्थिक अवस्था भएका महिलाहरू नेपाल र भारत वारिपारि भारी ओसारेरै घरखर्च चलाउँदै आएका छन् । सामान्य खेतीपातीबाहेक वैकल्पिक रोजगारी नभएपछि उनीहरू भारी बोकेर घरखर्चसँगै बालबालिकाको पढाइ खर्चसमेत धानिरहेका छन् । गाउॅका पाखोबारीबाट वर्षभरिलाई खान नपुग्ने भएपछि […]
धनगढी: के तपाईंलाई राति सुत्ने बेला उठेर बत्तीको स्वीच अफ(बन्द) गर्न अल्छी लाग्ने गर्छ? वा, हामीले शारीरिक अपांगता भएका व्यक्तिहरुलाई बत्ती, पंखा, फ्रिजलगायत विद्युतीय उपकरण बन्द तथा खुला गर्न अप्ठारो भएको देखेका छौं। स्वीच टाढा भएर, शारीरिक अपांगता भएर वा अन्य कुनै कारणले इलेक्ट्रोनिक्स डिभायस (उपकरण)लाई कन्ट्रोल गर्न अप्ठ्यारो हुने समस्याको समाधान धनगढीको सुदूरपश्चिमाञ्चल एकेडेमी […]
धनगढीः १४ वर्षकी किशोरीमाथि बलात्कार प्रयासको आरोपमा पक्राउ परेका मकवानपुरको कैलाश गाउँपालिका वडा नम्बर ९ का अध्यक्ष भुवनसिं घलान छुटेका छन्। उनी २४ हजार रुपैयाँमा धरौटीमा छुटेका हुन्। वडाध्यक्ष घलानलाई जिल्ला अदालत मकवानपुरले २४ हजार धरौटीमा रिहा गर्न आदेश दिएको हो। उनलाई प्रहरीले असार २८ गते पक्राउ गरेको थियो। वडाध्यक्ष रिहा भए पनि किशोरी भने […]
भारतसँग सीमा जोडिएको सुदूरपश्चिम प्रदेशमा कोरोना सङ्क्रमणदर बढ्दै गएको छ। यहाँ हाल दिनहुँ कोरोना सङ्क्रमितको सङ्ख्या बढ्दै गएको छ। गत शनिबार अर्थात् असार ३२ गते शून्यमा झरेको सङ्क्रमण मंगलबारमात्रै यस प्रदेशमा नौ जनामा सङ्क्रमण देखिएको छ। स्वास्थ्य निर्देशनालयको तथ्यांक अनुसार गत शनिबार कोरोना सङ्क्रमण शून्य रहेकामा आइतबार तीन, सोमबार सात र मंगलबार नौ जनामा सङ्क्रमण […]
धनगढीः सुदूरपश्चिममा राजमार्गहरु अवरुद्ध भइरहेका छन्। वर्षापछि प्रदेशका केही राजमार्गहरु अवरुद्ध भएका हुन्। अहिलेसम्म बझाङ, बैतडी र दुर्चाला जोड्ने सडक अवरुद्ध भएको प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाले जनाएको छ। बझाङको जालेबगरमा सेती नदीले कटान गर्दा राजमार्ग अवरुद्ध भएको हो। भने, बैतडी र दार्चुलामा पहिरो खसेपछि यातायात सेवा प्रभावित भएको प्रहरीले जनाएको छ। दार्चुलाको शैल्यशिखरमा पर्ने […]
धनगढीः कञ्चनपुरको एक वडा कार्यालयमा आन्दोलनकर्ताले वडाध्यक्षको कुर्सीनै कब्जा गरेका छन्। जिल्लाको लालझाडी गाउँपालिका वडा नम्बर ४ मा आन्दोलनकर्ताले वडाध्यक्षको कुर्सीनै कब्जा गरेका हुन्। कार्यालय बन्द गराउन आएका युवाहरु मध्ये ३० वर्षीय सुरज रानाले वडाध्यक्षको कुर्सीमा बसेर अभद्र व्यवहार देखाएका छन्।मुख्यमन्त्री नमुना कृषि समन्वय समितिले यन्त्र वितरणमा मनोमानी गरेको भन्दै युवाको समूह वडा कार्यालय बन्द […]
धनगढीः सुदूरपश्चिम प्रदेश सरकारले आर्थिक वर्ष २०७८÷८९ का लागि कुल ३१ अर्ब ४७ करोड ५६ लाख बजेट विनियोजन गरेको थियो। चालुतर्फ १२ अर्ब ५७ करोड ३५ लाख तथा पुँजीगततर्फ १८ अर्ब ९० करोड २० लाख गरिएको हो। तर, चालु र पुँजीगत गरी ६६ दशमलम ७६ प्रतिशत मात्र बजेट कार्यान्वयन भएको छ। चालुतर्फ ७२ दशमलव ३२ […]
धनगढी । सुदूरपश्चिम प्रदेश सरकारले गत आर्थिक वर्षमा विनियोजित बजेट मध्ये साढे १० अर्ब रुपैयाँ भन्दा बढी बजेट खर्च गर्न सकेन । प्रदेश सरकारले वार्षिक कुल बिनियोजित ३१ अर्ब ४७ करोड ५६ लाख रुपैयाँ बजेट विनियोजन गरेकोमा चालु र पुँजीगत खर्चतर्फ १० अर्ब ५० करोड ९५ लाख रुपैयाँ खर्च गर्न नसकेको प्रदेश लेखा नियन्त्रण कार्यालयले […]
नागरिक रैबार /बाजुरा २ साउन । बाजुराको सदरमुकाम मार्तडीमा रहेका २ वटा विद्यालयमा राष्ट्रिय सेवा दल (एनसिसी) तालिम सूरु भएको छ । राष्ट्रिय सेवा दलको सि.स. ४८ जुनियर डिभिजन एनसीसी तालिम आईतबारबाट बाजुरको मार्तडीमा सूरु गरिएको हो । सदरमुकाम मार्तडीको मालिका नमुना माविका ३६ र क्रियटर जोन एकेडेमीका ३६ गरि ७२ जना छात्रछात्रलाई राष्ट्रिय सेवा […]
बाजुरा — बाजुराका स्थानीय तहको बेरुजु रकम ७९ करोड नाघेको छ । महालेखा परीक्षकको प्रतिवेदनमा नौ वटा स्थानीय तह रहेको बाजुरामा आर्थिक वर्ष २०७६/७७ सम्म कुल ७९ करोड ९३ लाख २८ हजार बेरुजु पुगेको उल्लेख छ । प्रतिवेदनमा उल्लेख भएअनुसार सबैभन्दा बढी त्रिवेणी नगरपालिकामा बेरुजु रकम छ । नगरपालिकाका निमित्त कार्यकारी अधिकृत चिरञ्जीवी साहले आम्दानी र खर्चको हिसाब […]
धनगढीः धनगढीमा मुना रेस्टुरेन्ट सञ्चालनमा आएको छ। युवा व्यवसायी विष्णु खनालले धनगढीको क्याम्पस रोडमा सो रेस्टुरेन्ट सञ्चालनमा ल्याएका हुन्। ग्राहकहरूलाई सस्तो, सुलभ र हाइजिनिक खाना उपलब्ध गराउने उद्देश्यले रेस्टुरेन्ट सञ्चालनमा ल्याएको उनले बताए। उनले सो रेस्टुरेन्टमा इन्डियन चाइनिज र लोकल परिकारहरू उपलब्ध रहको बताए। जम्मा सय रुपियाँमा सादा खाना ग्राहकलाई दिन खोजिरहेको उनको भनाई छ। […]
धनगढी: कञ्चनपुरको पुनर्वास नगरपालिका–९ ‘ख’ गाउँका सुशील विष्ट र सोही नगरपालिकाकी २० वर्षीया युवती विगत एकमहिनादेखि प्रेम सम्बन्धमा थिए। युवकले आफू सशस्त्र प्रहरीमा कार्यरत रहेको र धनगढीमा घर भएको भन्दै युवतीलाई आकर्षित गरेका थिए। निरन्तर फोनमा कुराकानी हुनथालेपछि उनीहरु झनै नजिक हुन थालेका थिए। प्रेमलाई वैवाहिक सम्बन्धमा परिणत गर्ने योजनाअनुसार उनीहरूले असार २३ गते भागी […]
टीकापुर: कर्णाली नदीमाथि सुदूरपश्चिम र कर्णाली प्रदेश जोड्ने थप दुई पक्की पुल निर्माण सम्पन्न छन्। सुदूरपश्चिम प्रदेशको कैलाली र कर्णाली प्रदेशको सुर्खेत जिल्ला जोड्ने पुल बनेका हुन्। पुल निर्माण हुँदा आवतजावतमा सजिलो हुनुका साथै व्यापार व्यवसाय प्रवद्र्धनमा पनि सहज हुने जनाइएको छ। सुर्खेतको पञ्चपुरी नगरपालिका–११ कुइने र कैलालीको मोहन्याल जोड्ने कर्णाली नदीमा पक्की पुल निर्माण […]
धनगढीः सुदूरपश्चिम प्रदेशभर विद्युत सेवा अवरुद्द रहेको छ। टनकपुरतर्फको प्रसारण लाइन र नेपाल तर्फको राष्ट्रिय प्रसारण लाईनमा समस्या आउँदा विद्युत अवरुद्द भएको हो। अहिले सुदूरपश्चिम तथा कर्णाली प्रदेशका विभिन्न स्थानहरुमा विद्युत सेवा अवरुद्द रहेको विद्युत प्रादेशिक कार्यालय अत्तरियाले जनाएको छ। यस्तै समस्या समाधानको कार्य भइरहेकाले विद्युत सेवा सुचारु हुन केहीँ समय लाग्ने बताइएको छ। विद्युत […]
धनगढीः सुदूरपश्चिम प्रदेशको बेरुजु रकम झन बढेको पाइएको छ। महालेखापरीक्षकको चौथो वार्षिक प्रतिवेदन २०७९ अनुसार यो प्रदेशको बेरुजु रकम बढेर एक अर्ब ५४ करोड ९६ लाख रुपियाँ पुगेको छ। महालेखापरीक्षकले आर्थिक वर्ष २०७७–७८ को वार्षिक खर्चको लेखापरीक्षण गरेर प्रतिवेदन सार्वजनिक गरेको हो। गत वर्षसम्म यो प्रदेशको बेरुजु रकम एक अर्ब २३ करोड तीन लाख १० […]