होमपेज केही सेकेण्डमा लोड हुनेछ।
Advertisement area
धनगढीः राष्ट्रिय खेलकुद क्षेत्रमा महत्वपूर्ण भूमिका खेलेको सुदूरपश्चिम प्रदेश नयाँ खेलाडी उत्पादन गर्नमा अब्बल छ। यस क्षेत्रबाट दर्जनौं खेलाडीले देशको प्रतिनिधित्व गरिसकेका छन्। तर खेलको उर्वर क्षेत्रमा अहिले प्रदेश सरकारले निकै न्यून बजेट छुट्याएको छ। विगतमा खेलकुदका लागि २५/३० करोड बजेट विनियोजन हुने गरेकोमा चालू आर्थिक वर्षमा ६ करोड मात्रै विनियोजन भएको थियो। त्यो बजेट […]
काठमाडौं । प्रिमियर लिगमा ठूला क्लबहरु म्यानचेष्टर सिटी, लिभरपुल, चेल्सी, म्यानचेष्टर युनाइटेड र आर्सनलले एकै दिन जित हात पारेका छन् । जितपछि यी क्लबहरु शीर्ष ६ भित्र रहेका छन् । सिटीले घरेलु मैदानमा वल्भ्सलाई १-० ले पराजित गर्दै शीर्ष स्थानमा कायमै रहेको छ । सिटीका रहिम स्ट्रलिङले एक मात्र गोल गरे । यस्तै लिभरपुलले एस्टन […]
काठमाडौं । स्पानिस क्लब बार्सिलोना युरोपियन च्याम्पियन्स लिगको समूह चरणबाटै बाहिरिएको छ । समूह चरणको अन्तिम खेलमा बुधबार राति बायर्न म्युनिखसँग ३-० ले पराजित भएपछि पाँच पटकको विजेता बार्सिलोना समूह चरणबाटै बाहिरिएको हो । अर्को खेलमा वेनफिकाले डिनामो किभलाई २-० ले पराजित गरेपछि बार्सिलोना समूह ई मा तेस्रो हुँदै बाहिरियो । बायर्नलाई घरेलु मैदानमा जित […]
स्पानिस क्लब एट्लेटिको मड्रिड युरोपियन च्याम्पियन्स लिगको अन्तिम १६ मा प्रवेश गरेको छ। समूह ‘बी’ अन्तर्गत गएराति भएको खेलमा पोर्चुगिज क्लब पोर्टोलाई ३–१ ले पराजित गर्दै एट्लेटिको समूह उपविजेताको रुपमा नकआउट चरणमा पुगेको हो। एट्लेटिकोका लागि एन्ट्रोनी ग्रीजमन, एन्जल कोरेअ र रोड्रिगो डे पउलले गोल गरे। पोर्टोका ओलिभिएराले गोल गरे। खेलमा पोर्टोका दुई खेलाडीले र […]
२० मंसिर, काठमाडौं । प्रिमियर लिगमा म्यानचेष्टर युनाइटेडले आइतबार क्रिस्टल प्यालेसलाई १-० ले पराजित गरेको छ । घरेलु मैदान ओल्डट्राफोर्डमा भएको खेलमा युनाइटेडका लागि फ्रेडले दोस्रो हाफमा निर्णायक गोल गरे । फ्रेडले ७७औं मिनेटमा मासोन ग्रीनउडको पासमा उत्कृष्ट गोल गरेका थिए । युनाइटेडका अन्तरिम प्रशिक्षक राल्फ राङनिकको जितबाट प्रशिक्षण यात्रा सुरु गरेका छन् ।जितपछि १५ […]
काठमाडौं, १७ मंसिर । वाई–वाई यू–१९ पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगितामा सुदुरपश्चिम प्रदेश शानदार जित निकाल्दै फाइनल प्रवेश गरेको छ । टियू क्रिकेट मैदानमा आज भएको खेलमा बागमति प्रदेशलाई ८ विकेटले पराजित गर्दै सुदुरपश्चिम फाइनल प्रवेश गर्न सफल भएको हो । बागमतीले दिएको ९६ रनको लक्ष्य सुदुरपश्चिमले २३.१ ओभरमा २ विकेटको नोक्सानीमा पुरा गर्यो । जसका […]
काठमाडौं । क्रिस्टियानो रोनाल्डोले आफ्नो करियरको ८०० सय गोल पूरा गर्दा म्यानचेष्टर युनाइटेडले प्रिमियर लिगमा आर्सनलाई ३-२ ले पराजित गरेको छ । घरेलु मैदान ओल्डट्राफोर्डमा रोनाल्डोले दुई गोल गरेपछि युनाइटेडले एक गोलले पछि परेको स्थिति उल्टाउँदै जित हात पारेको हो । रोनाल्डोले ५२औं मिनेटमा गोल गर्दै युनाइटेडलाई २-१ को अग्रता दिलाउँदै ८ सयौँ गोल पूरा […]
काठमाडौं । प्रिमियर लिगमा शीर्ष तीन स्थानमा रहेका चेल्सी, म्यानचेष्टर सिटी र लिभरपुल विजयी भएका छन् । बुधबार राति भएको खेलमा शीर्ष स्थानको चेल्सीले वाटफोर्डलाई २-१ ले हरायो । चेल्सीका लागि हाकिम जियाचले ७२औं मिनेटमा निर्णायक गोल गरेका थिए । त्यसअघि २९औं मिनेटमा मसन माउन्टले गोल गर्दै अग्रता दिलाएका थिए भने वाटफोर्डका डेनिसले ४३औं मिनेटमा […]
काठमाडौँ — लियोनल मेसीले सोमबार कीर्तिमान सातौं पल्ट बेलन डे’अर जितेका छन् । व्यक्तिगत रूपमा उनको खेल जीवन यो वर्ष उतारचढावपूर्ण रह्यो, तर उनले अर्जेन्टिनाका लागि कोपा अमेरिका भने जिते । अर्जेन्टिनी मेसीले यही उपाधिका कारणले आफूले बेलन डे’अर जितेको पनि मानेका छन् । महिलातर्फ भने स्पेनकी एलेक्सिया पुटेलासले बेलन डे’अर अवार्ड जितिन् । अहिले […]
काठमाडौं । फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) का फरवार्ड नेयमार ८ हप्ता मैदान बाहिर रहने भएका छन् । घुँडाको चोटका कारण २९ वर्षीय ब्राजिलियन फरवार्ड नेमार ८ हप्ता मैदान बाहिर रहने क्लबले जनाएको छ । पीएसजीका अनुसार नेमारको देब्रे घुँडाको लिगामेन्टमा चोट लागेको छ । फ्रेन्च लिग अन्तर्गत सेन्ट इटिएनविरुद्ध ३-१ को जित हात […]
फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पिएसजी) लाई हराउँदै म्यानचेस्टर सिटी यूईएफए च्याम्पियन्स लिग अन्तर्गत समूह ए को विजेताको रूपमा अन्तिम १६ मा स्थान पक्का गरेको छ। सिटीले घरेलु मैदानमा पिएसजीलाई २-१ गोल अन्तरले हराउँदै समूहमा अन्तिम खेल अगाडि ४ अंकको स्पष्ट अग्रता लिएको हो।पहिलो हाफसम्म गोलरहित बराबरी रहेको खेलको दोस्रो हाफमा पिएसजीले अग्रता लियो। खेलको […]
काठमाडौं, ८ मंसिर । च्याम्पियन्स लिग फुटबलमा चेल्सीले फराकिलो जित निकालेको छ ।मंगलबार राति भएको खेलमा चेल्सीले युभेन्ट्समाथि ४–० गोलको फराकिलो जित निकालेको छ । चेल्सीको घरेलु मैदानमा भएको खेलमा २५ औं मिनेटमा ट्रिभोअ चालोवाहले गोल गर्दै चेल्सीलाई सुरुआती अग्रता दिलाएका थिए । ५५ औं मिनेटमा रिस जेम्सले गोल गर्दा चेल्सीले अग्रता दोब्बर बनायो । […]
काठमाडौं । स्पानिस क्लब बार्सिलोना युवा खेलाडी पेड्रीले ‘गोल्डेन ब्वाई’ अवार्ड जितेका छन् । टुटस्पोर्ट्सले युरोपका २१ वर्षमुनिका उत्कृष्ट खेलाडीलाई गोल्डेन ब्वाई अवार्ड प्रदान गर्दै आएको छ । अवार्ड जित्ने क्रममा १८ वर्षीय मिडफिल्डर पेड्रीले बोरुसिया डर्टमण्ड तथा इंग्ल्याण्डका जुड बेलिङघमलाई पछि पारे । यस अवार्डका लागि ४० पत्रकारले भोटिङ गरेका थिए र २६ जनाले […]
काठमाडौं । शहीद स्मारक ए डिभिजन लिग अन्तर्गत सोमबार त्रिभुवन आर्मी क्लब र नेपाल पुलिस क्लबले १-१ को बराबरी खेल्दै अंक बाँडेका छन् । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको दुई विभागीय क्लबको प्रतिस्पर्धामा ५१ औं मिनेटमा सन्तोष हेमरुनले तेज तामाङको फ्रिकिकमा गोल गर्दै पुलिसलाई अग्रता दिलाए । तर १० मिनेटपछि नै वैकल्पिक खेलाडीको रुपमा मैदान प्रवेश […]
नागरिक रैबार/बाजुरा ५ मंसिर । कालिकोट जिल्लाको पताला गाउँपालिका वडा नं. ९ ले आयोजना गरेको पैठमेला फुटवल कपको उपाधि बाजुरा जिल्लाले हात पारेको छ । आईतबार सम्पन्न भएको फाईनल खेलमा एलजि वाईसी क्लवलाई १-० गोल अन्तरले पराजित गर्दै बाजुरा जिल्लाले खेलको उपाधि जितेको हो । प्रतियोगिता मंसिर १ गतेबाट कालिकोट जिल्लाको पताला गाउँपालिका वडा नं. […]
काठमाडौं । म्यानचेष्टर युनाइटेडले प्रशिक्षक ओले गनर सोल्सगेयरलाई बर्खास्त गरेको छ । आइतबार वाटफोर्डसँग ४–० को लज्जास्पद हार व्यहोरेपछि युनाइटेडले सोल्सगेयरलेलाई हटाएको हो । यो हारसँगै युनाइटेड प्रिमियर लिगमा लिडर चेल्सीभन्दा १२ अंक पछाडि परेको छ । खराब लयमा रहेको युनाइटेडले लिगमा पछिल्लो सातमध्ये एक खेल जितेको छ भने लिभरपुलसँग ५–० र म्यानचेष्टर सिटीसँग २–० […]
काठमाडौं । लिओनल मेसीले फ्रेन्च लिग वानमा पहिलो गोल गर्दा पेरिस सेन्ट जर्मेन (पीएसजी)ले नान्ट्सलाई ३-१ ले पराजित गरेको छ । दोस्रो हाफमा केलर नाभासले रातो कार्ड पाएपछि १० खेलाडीमा समेटिए पनि पीएसजीले जित हात पारेको हो । जितपछि पीएसजीले शीर्ष स्थानमा १२ अंकको आरामदायी अग्रता बनाएको छ । घरेलु मैदान पार्क डे प्रिन्समा भएको […]
फिफा विश्वकप छनोट खेलका कारण दुई साता विश्राम लिएको स्पेनिस ला लिगाको १४औं राउन्डका खेलहरु सुक्रबार रातिदेखि पुनः सुरु हुँदैछ । सुक्रबार राति एथलेटिक बिल्बाओ र लिभान्तेबीच प्रतिस्पर्धा हुनेछ । रेलिगेसनको दबाबमा देखिएको लिभान्ते घरेलु मैदानमा जित निकाल्दै संकट टार्ने योजनामा छ । पाहुना टोली बिल्बाओ पनि स्पस्ट जित निकाल्दै अंक तालिकामा सुधार गर्ने अभियानमा […]
३० कात्तिक, काठमाडौं । नेपाली राष्ट्रिय महिला क्रिकेट टिमले पहिलो पटक कतारसँग टी-२० अन्तर्राष्ट्रिय सिरिज खेल्दैछ । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् आईसीसीले २०१९ देखि महिला टिमको टी-२० खेललाई पनि अन्तर्राष्ट्रिय मान्यता दिएपछि नेपालको महिला टिमले पहिलो पटक टी-२० सिरिज खेल्न लागेको हो । आईसीसी टी-२० विश्वकप एसिया छनोट खेल्नुअघि तयारी स्वरुप नेपालले कतारसँग तीन खेलको सिरिज […]
काठमाडौं । पोर्चुगललाई स्तब्ध पार्दै सर्बियाले सन् २०२२ मा कतारमा आयोजना हुने फिफा विश्वकपमा छनोट भएको छ ।युरोपियन छनोटअन्तर्गत आइतबार राति भएको समूह ए को खेलमा सर्बियाले पोर्चुगलमाथि २-१ गोल को पुनरागमन जित हात पार्यो । घरेलु मैदानमा पोर्चुगलले रेनाटो सान्चेजको गोलमार्फत दोस्रो मिनेटमै अग्रता लिएपनि त्यसलाई कायम राख्न सकेन । सर्बियाका लागि ३३ औं […]