होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

आइतवार, असार २, २०८१
जोडिनुहोस
  • होमपेज
  • खेलकुद
  • एट्लेटिको मड्रिड अन्तिम १६ मा, लिभरपुल र अयाक्सको शतप्रतिशत जित
खेलकुद

एट्लेटिको मड्रिड अन्तिम १६ मा, लिभरपुल र अयाक्सको शतप्रतिशत जित

  • नागरिक रैबार
एट्लेटिको मड्रिड अन्तिम १६ मा, लिभरपुल र अयाक्सको शतप्रतिशत जित

स्पानिस क्लब एट्लेटिको मड्रिड युरोपियन च्याम्पियन्स लिगको अन्तिम १६ मा प्रवेश गरेको छ। समूह ‘बी’ अन्तर्गत गएराति भएको खेलमा पोर्चुगिज क्लब पोर्टोलाई ३–१ ले पराजित गर्दै एट्लेटिको समूह उपविजेताको रुपमा नकआउट चरणमा पुगेको हो।

एट्लेटिकोका लागि एन्ट्रोनी ग्रीजमन, एन्जल कोरेअ र रोड्रिगो डे पउलले गोल गरे। पोर्टोका ओलिभिएराले गोल गरे। खेलमा पोर्टोका दुई खेलाडीले र एट्लेटिकोका एक खेलाडीले रातो कार्ड पाएका थिए।

जितपछि एट्लेटिको ६ खेलबाट ७ अंक जोडेर समूह बी को उपविजेता बन्यो। यस समूहमा लिभरपुलले एसी मिलानलाई २–१ ले पराजित गर्दै शतप्रतिशत नतिजा निकालेको छ। यसअघि नै नकआउट चरण पुगिसकेको लिभरपुलले एक गोलले पछि परेको स्थिति उल्टाउदै जित हात पार्दा मोहम्मद सलाह र एलेक्स ओलेड चेम्बरलेनले गोल गरे। एसी मिलानका लागि फिकायो टोमवरीले एक गोल गरे।

विज्ञापन

यस्तै डच क्लब नेदरल्याण्ड्सले पनि समूह ‘सी’ मा शतप्रतिशत जित हात पार्ने क्रममा पोर्चुगिज क्लब स्पोर्टिङ सिएफलाई ४–२ ले हरायो। अयाक्स र स्पोर्टिङ यसअघि नै समूह विजेता र उपविजेताको रुपमा अन्तिम १६ मा पुगिसकेका छन्।

यस समूहमा अर्को खेलमा बोरुसिया डर्टमण्डले बेसिकटासलाई ५–० ले पराजित ग¥यो। डर्टमण्ड र बेटिकटास भने समूह चरणबाट बाहिरिसकेका छन्।

यसैगरी समूह ‘ए’ को विजेताको रुपमा अन्तिम १६ मा पुगेको म्यानचेष्टर सिटी अन्तिम खेलमा आरबी लाइपजिगसँग २–१ ले पराजित भयो। यस समूहमा फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेनले भने क्लब ब्रुगलाई ४–१ ले हरायो। यस खेलमा लिओनल मेसी र किलिएन एमबाप्पेले दुई–दुई गोल गरे। एमबाप्पे च्याम्पियन्स लिगमा ३० गोल गर्ने सबैभन्दा युवा खेलाडी समेत बने।

यस्तै समूह ‘डी’ मा रियल मड्रिडले इन्टर मिलानलाई २–० ले पराजित गरेको छ। साख्तर डोनेस्क र सेरिफले १–१ को बराबरी खेलेका छन्। रियल र इन्टर यस समूहबाट नकआउट चरण पुगिसकेका छन्।दिनेश खबरबाट साभार

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार

भर्खरै