होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

शनिबार, जेष्ठ १२, २०८१
जोडिनुहोस
  • होमपेज
  • खेलकुद
  • सुदूरपश्चिम सरकारद्वारा खेल क्षेत्रलाई ‘सौतेलो’ व्यवहार
खेलकुद

सुदूरपश्चिम सरकारद्वारा खेल क्षेत्रलाई ‘सौतेलो’ व्यवहार

  • नागरिक रैबार
सुदूरपश्चिम सरकारद्वारा खेल क्षेत्रलाई ‘सौतेलो’ व्यवहार

धनगढीः राष्ट्रिय खेलकुद क्षेत्रमा महत्वपूर्ण भूमिका खेलेको सुदूरपश्चिम प्रदेश नयाँ खेलाडी उत्पादन गर्नमा अब्बल छ। यस क्षेत्रबाट दर्जनौं खेलाडीले देशको प्रतिनिधित्व गरिसकेका छन्। तर खेलको उर्वर क्षेत्रमा अहिले प्रदेश सरकारले निकै न्यून बजेट छुट्याएको छ। विगतमा खेलकुदका लागि २५/३० करोड बजेट विनियोजन हुने गरेकोमा चालू आर्थिक वर्षमा ६ करोड मात्रै विनियोजन भएको थियो।

त्यो बजेट पनि मातहतका निकायलाई निकाशा गरिएको छैन। जसकाकारण खेलकुदका ठूला प्रतियोगिता आयोजना गर्न समस्या हुने देखिएको छ। त्यसले खेलाडीको मनोबल पनि कमजोर हुने धनगढी क्रिकेट एकेडेमीका अध्यक्ष शुवास शाहीले बताए। ‘सुदूरपश्चिमको खेल क्षेत्रलाई प्रदेश सरकारले बेवास्ता गरेको छ। हामीले अभियान नै चलाउँदा पनि सहयोग पाएका छैनौं’ उनले भने।

सुदूरपश्चिम सरकारले चालू आर्थिक वर्षमा खेलकुदका लागि न्यून बजेट छुट्याउँदा समग्र खेल क्षेत्रलाई धक्का लाग्ने देखिएको छ। भौतिक संरचना निर्माणसँगै खेल सामग्री खरिदमा समेत समस्या भइरहेको छ। खेलकुदले प्रदेशलाई चिनाउनुका साथै पर्यटन, आर्थिक वृद्धिदर लगायतका क्षेत्रमा पनि टेवा पुगाउँदै आएको छ। तर बजेट अभावकै कारण विगतमा आयोजना हुँदै आएका प्रतियोगिता समेत सञ्चालन नहुँने देखिएको छ।

विज्ञापन

खेल मैदान लगायतका सवालमा पनि प्रदेश सरकार उदासीन देखिएको सुदूरपश्चिम खेलकुद परिषद्का सदस्य सचिव दीपक सिंहले बताए। ‘मैले मन्त्रीलाई पटक–पटक भनेसके। हामीसँग प्रतियोगिता त के खेल सामग्री खरिद गर्न पनि बजेट छैन’ उनले भने, ‘विगतमा सरकार आफैले खेलकुदको बजेट चलाउँदै आएको थियो। तर यस वर्षदेखि भने हामीलाई जिम्मेवारी दिनुपर्ने हुँदा सरकारले अटेरी गरिरहेको छ।’

विगतमा प्रदेश सरकार आफैले खेलकुदको क्षेत्रमा काम गर्दै आएको थियो। तर यस वर्षदेखि भने अन्य निकायलाई जिम्मेवारी दिनुपर्ने भएका कारण पनि बजेट नदिएको आशंका उत्पन्न भएको छ। कमिशन नपाउने भएपछि प्रदेश सरकारले खेल क्षेत्रलाई बेवास्ता गरेको आरोप लागेको छ।

तर सुदूरपश्चिम सरकारका सामाजिक विकास मन्त्री लालबहादुर खड्काले भने, चालू वर्षको बजेट कोरोना महामारी नियन्त्रणमा केन्द्रीत भएका कारण अन्य क्षेत्र छुटेको दाबी गर्छन्। ‘हामी कोरोनामा केन्द्रीत भयौं,’ उनले भने, ‘खेल क्षेत्र मात्रै हाइन, अन्य क्षेत्रको बजेट पनि कटौती भएको छ।’

प्रदेश सरकारले कोरोना नियन्त्रणका लागि बजेट खर्च लगरेको दाबी गरे पनि अस्पतालको अवस्था भने सुधार हुन सकेको छैन।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार