होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

आइतवार, असार २, २०८१
जोडिनुहोस
  • होमपेज
  • खेलकुद
  • रोनाल्डोले पूरा गरे ८०० गोल, युनाइटेडले आर्सनललाई हरायो
खेलकुद

रोनाल्डोले पूरा गरे ८०० गोल, युनाइटेडले आर्सनललाई हरायो

  • नागरिक रैबार
रोनाल्डोले पूरा गरे ८०० गोल, युनाइटेडले आर्सनललाई हरायो

काठमाडौं । क्रिस्टियानो रोनाल्डोले आफ्नो करियरको ८०० सय गोल पूरा गर्दा म्यानचेष्टर युनाइटेडले प्रिमियर लिगमा आर्सनलाई ३-२ ले पराजित गरेको छ ।

घरेलु मैदान ओल्डट्राफोर्डमा रोनाल्डोले दुई गोल गरेपछि युनाइटेडले एक गोलले पछि परेको स्थिति उल्टाउँदै जित हात पारेको हो ।

रोनाल्डोले ५२औं मिनेटमा गोल गर्दै युनाइटेडलाई २-१ को अग्रता दिलाउँदै ८ सयौँ गोल पूरा गरेका थिए ।

विज्ञापन

त्यसअघि खेलको १३औं मिनेटमा इमिल स्मिथले गोल गर्दै आर्सनललाई अग्रता दिलाएका थिए । तर ४४ औं मिनेटमा ब्रुनो फर्नान्डेसले युनाइटेडका लागि बराबरी गोल फर्काए ।

रोनाल्डोले ५२औं मिनेटमा अग्रता दिलाएपनि ५४औं मिनेटमा आर्सनलका मार्टिन ओडेगार्डले गोल गरेपछि खेल २-२ को अवस्थामा पुग्यो ।

तर ७०औं मिनेटमा रोनाल्डोले पेनाल्टीमार्फत गोल गरेपछि युनाइटेड ३-२ ले विजयी भयो ।

आर्सनलका ओडेगार्डले युनाइटेडका फ्रेडलाई फाउल गरेपछि भिएआरको सहयोगमा युनाइटेडले पेनाल्टी पायो र त्यसमा रोनाल्डोले गोल गरे ।

जितपछि युनाइटेडले १४ खेलबाट २१ अंक जोडेर सातौं स्थानमा उक्लेको छ । आर्सनल १४ खेलबाट २३ अंकसहित पाँचौं स्थानमा छ ।

यस्तै लिगकै अर्को खेलमा टोटनहम हट्सपरले ब्रेन्टफोर्डलाई २-० ले पराजित गरेको छ ।

टोटनहमका लागि हेउन मिन सनले एक गोल गरे भने ब्रेन्टफोर्डका सर्जी कानोसले एक आत्मघाती गोल गरे । जितपछि टोटनहम १३ खेलबाट २२ अंक जोडेर छैटौं स्थानमा छ ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार

भर्खरै