होमपेज केही सेकेण्डमा लोड हुनेछ।
Advertisement area
धनगढी : सर्वाधिक धनराशीको पाँचौ मुख्यमन्त्री सुदूरपश्चिम खप्तड गोल्डकप फुटबल प्रतियोगितामा फ्रेन्ड्स क्लब फाइनलमा प्रवेश गरेको छ। धनगढी रंगशालामा बिहीबार भएको दोस्रो सेमिफाइनलमा बागमती युथ क्लबलाई २–१ गोल अन्तरले पराजित गर्दै ए डिभिजन क्लब फ्रेन्ड्स उपाधि नजिक पुगेको हो। फ्रेन्ड्सलाई जित दिलाउन जमोउल एन्थोनी फ्रान्कोईस र राजिब लोप्चनले एक/एक गोल गरे। बागमतीका ड्याडी वाम्बा जुनियरले […]
नागरिक रैबार/बाजुरा २६ फागुन। ११२ औं अन्तराष्ट्रिय नारी दिवसको अवसरमा क्रियटर जोन एकेडेमी प्रालिले मार्तडीमा आयोजना गरेको महिला खुला भलिवल प्रतियोगितामा मालिका मावि प्रथम भएको छ । “सामाजिक न्याय र लैंगिक समानता, दिगो विकासको सुनिश्चितता“ भन्ने मुल नाराका साथ ११२औं अन्तरास्ट्रिय नारी दिवसको अवसरमा खुल्ला महिला भलिबल प्रतियोगितामा आयोजक क्रियटर जोन एकेडेमीसंग उत्कृष्ट खेल प्रर्दशन […]
काठमाडौं। ‘रियल मड्रिड अझै जीवित छ’, ३४ वर्षीय स्ट्राइकर करिम बेन्जेमाले भने । जसले च्याम्पियन्स लिगको नकआउट चरणमा पेरिस सेन्ट जर्मेइन-पीएसजी)लाई स्तब्ध पार्न दोस्रो हाफमा ह्याट्रिक पूरा गरे । केलियन एम्बाप्पेले ३९औं मिनेटमा गोल गरेपछि पीएसजी समग्रमा २-० ले अघि बढेको थियो । अघिल्लो महिना भएको पहिलो लेगमा पीएसजीले १–० को होम जित हासिल गरेको […]
एजेन्सी । करिम बेन्जेमाले दोस्रो हाफमा ह्याट्रिक पूरा गरेपछि लियोनल मेसीको पेरिस सेन्ट जर्मेइन (पीएसजी)लाई हराउँदै रियल मड्रिड युरोपियन च्याम्पियन्स लिगको क्वाटरफाइनलमा प्रवेश गरेको छ । रियलको घरेलु मैदान सान्टियागो बर्नबाउमा दोस्रो लेगको पहिलो हाफमा केलियन एम्बाप्पेले गोल गर्दा पीएसीले समग्रमा २–० को अग्रता लिएको थियो । दोस्रो हाफमा १७ मिनेटको अन्तरमा फ्रान्सेली सुपरस्टार बेन्जिमाले […]
काठमाडौं । मेक्सिकोको घरेलु फुटबल लिग लिगा एमएक्स अन्तर्गत क्वेरेटारो र एटलासबीचको खेलका क्रममा समर्थकबीच रक्तपातपूर्ण झडप भएको छ । दोस्रो हाफमा एटलासले अग्रता लिइरहेको समयमा घरेलु टोली क्वेरेटारोका समर्थक मैदानमै प्रवेश गरेपछि दुई समर्थकबीच हानाहानको अवस्था बनेको हो । लिगा एमएक्सले यो खेल रद्ध गर्ने निर्णय गरेको छ । यो घटनाबारे धरै कोणबाट अपुष्ट […]
नेपाल खेलकुद महासंघको प्रदेश अधिवेशन सम्पन्न नेपाल खेलकुद महासंघले पहिलो चरणका प्रदेश अधिवेशनहरु सम्पन्न गरेको छ । फागुन ७ गते प्रजातन्त्र दिवसका दिन उपत्यका विशेष प्रदेश कमिटीको अधिवेशनबाट शुरु भएको अभियान सुखानीका शहिदहरुको सम्झनामा झापामा शनिबार प्रदेश–१ को अधिवेशन गर्दै सम्पन्न भएको हो । दोश्रो चरणमा महासंघले आगामी फागुन २८ गते खेल संघहरुको तथा चैत्र […]
काठमाडौं । युक्रेनले विश्वकप छनोटको स्कटल्याण्डविरुद्ध हुने प्ले अफ सेमिफाइनल खेल स्थगित गर्न आग्रह गरेको छ । युक्रेन र स्कटल्याण्डबीचको खेल मार्च २४ मा ह्याम्पडेनमा हुने तय छ । तर, रुसले युक्रेनमा आक्रमण जारी राखेपछि युक्रेनमा हाल फुटबल गतिविधि बन्द गरिएको छ । स्कटल्याण्ड र युक्रेनबीच हुने खेलको विजेताले वेल्स र अष्ट्रियासँग खेल्ने तालिका छ […]
धनगढी / धनगढीमा मुख्यमन्त्री कप राष्ट्रिय पुरुष भलिबल प्रतियोगिता हुने भएको छ । सुदूरपश्चिम प्रदेश खेलकुद परिषद्को आयोजनामा चैत ७ देखि १२ गतेसम्म भलिबल प्रतियोगिता आयोजना हुने धनगढीमा पत्रकार सम्मेलन गरी जानकारी दिइएको हो । प्रतियोगितामा सात वटा प्रदेश र तीन वटा विभागीय गरेर १० टोलीको सहभागिता रहने परिषद्का सदस्य सचिव दिपकबहादुर सिंहले जानकारी दिए […]
काठमाडौं । इंग्लिस प्रिमियर लिगको प्रतिद्वन्द्वी चेल्सीलाई आइतबार राति पेनाल्टी सुटआउटमा ११–१० ले हराउँदै लिभरपुलले लिग कपको उपाधि जितेको छ । लन्डनस्थित वेम्बली रंगशालामा निर्धारित ९० र थपिएको ३० मिनेटको समय गोलरहित बराबरीमा सकिएपछि खेल पेनाल्टीतर्फ धकेलिएको हो । पेनाल्टीमा पनि दुवै टिमको गरेर २१ प्रहार गोलमा परिणत भएको थियो । तर, गोलकिपर काओमहिन केलेहरले […]
काठमाडौं । माटोको भाँडाकुटी बनाउने, माटैको पैसा । चिलाउनेको पातलाई पैसा मानेर माटोबाट बनेका भाँडाकुँडाको खरिद बिक्री । रुखको हाँगा हल्लाएर मोटरको अनुभव होस् वा सलाईको बट्टामा धागोले जोडेर बनाएको टेलिफोन किन नहोस् । २०५० को दशकसम्म बालापन गुजारेका पुस्ताले लिएको रैथाने खेलको मनोरञ्जन हो यो । बालापनमा कुनै कुराको अभाव थिएन । कागजको ढुंगा […]
काठमाडौँ : ललितपुर वुमन्स च्याम्पियनशिपमा सुदूरपश्चिम प्रदेशले ललितपुर मेयर्स–११ लाई पराजित गर्दै प्रतियोगितामा विजयी सुरुवात गरेको छ। कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा आज भएको पहिलो खेलमा ललितपुर मेयर्स–११ लाई ५८ रनले पराजित गर्दै सुदूरपश्चिमले विजयी सुरुवात गरेको हो। १४४ रनको लक्ष्य पछ्याएको मेयर्स–११ ले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै ८५ रन मात्र जोड्न सक्यो। मेयर्स–११ […]
काठमाडौं । आईसीसी टी-२० विश्वकप ग्लोवल क्वालिफायरको सेमिफाइनल खेलमा आज नेपालले युनाइटेड अरब इमिरेट्स (यूएई)सँग खेल्दै छ । अन्तिम खेलमा क्यानडालाई ८ विकेटले पराजित गरेको नेपाल समूह बीको विजेता हुँदै सेमिफाइनल प्रवेश गरेको हो भने यूएई समूह एको उपविजेता हुँदै सेमिफाइनल प्रवेश गरेको हो । दोस्रो सेमिफाइनल खेल पनि आजै हुँदैछ । अर्को खेल ओमान […]
स्पेनिस ला लिगाको शनिबार राति भएको खेलमा लिग लिडर रियल मड्रिड र एट्लेटिको मड्रिड समान ३-० अन्तरले विजयी भएका छन् । रियलले घरेलु मैदानमा डिपोर्टिभो अलाभेसलाई दोस्रो हाफमा लगातार तीन गोल गर्दै ३-० अन्तरले पराजित गर्यो । रियलको जितमा मार्को एसेन्सियो, भिनिसियस जुनिअर र कप्तान करिम बेन्जेमाले एक एक गोल गरे । अर्को खेलमा भ्रमणकारी […]
काठमाडौँ — ओमानमा भएको टी–२० विश्वकप छनोटमा नेपालले ओमानलाई ३९ रनले हराउँदै विजयी शुरुआत गरेको छ । मस्टकस्थित अल अमरेतमा शुक्रबार भएको खेलमा नेपालको १ सय १८ रनको लक्ष्य पछ्याएको ओमानले १७ ओभरमा अल आउट हुँदै ७८ रन मात्रै बनाउन सफल भयो । नेपालका लागि कमलसिंह ऐरीले ३ विकेट लिए । त्यसैगरी सन्दीप लामिछाने, दीपेन्द्रसिंह […]
काठमाडौं । आईसीसी टी-२० विश्वकप ग्लोबल क्वालिफायर ए आजदेखि ओमानमा सुरु हुँदैछ । उदघाटन खेलमै नेपालले घरेलु टोली ओमानसँग खेल्दै छ । समूह ‘ए’ मा रहेको र नेपाल र ओमानबीचको खेल बिहान ११ः४५ बजे अल अमरेतस्थित ओमान क्रिकेट एकेडेमी ग्राउण्डमा सुरु हुनेछ । ग्लोबल क्वालिफायर ए मा ८ टिमले प्रतिस्पर्धा गर्नेछन् । टिमलाई दुई समूहमा […]
बैतडीको पाटनमा खुल्ला टी-ट्वान्टी क्रिकेट प्रतियोगिता हुने भएको छ। पाटन क्रिकेट क्लबको आयोजनामा फागुन १३ गतेदेखि पाटन प्रिमियर लिग (पीपीएल) आयोजना हुन लागेको हो। प्रतियोगिताको प्रथम हुनेलाई ५५ हजार ५ सय ५५ नगदसहित ट्रफी मेडल र प्रमाणपत्र प्रदान गरिने छ। त्यसैगरी दितिय पुरस्कार २२ हजार २ सय २२ नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र रहेको आयोजकले […]
काठमाडौं । इन्टर मिलानलाई उसकै मैदानमा २–० गोलले पराजित गरी लिभरपुल च्याम्पियन्स लिगको क्वाटरफाइनल नजिक पुगेको छ । प्रि–क्वाटरफाइनल चरणअन्तर्गत सान सिरोमा लिभरपुलका सब्स्टिच्युड रोबर्टो फिर्मिनो र मोहम्मद सलाहले खेलको अन्त्यतिर गोल गरे । गोलरहित बराबरीतर्फ उन्मुख रहँदा ७५औं मिनेटमा फिर्मिनोले एन्ड्रयू रोबर्टसनको कर्नरमा हेड गोल गरे । त्यसको १० मिनेटपछि सलाहले बक्स भित्रबाट गोल […]
काठमाडौं । अजरवैजानी खेलाडी नुर्लान नाेभ्रुजाेभको निर्णायक गोलमा मछिन्द्र एफसीले सातदोबाटो युथ क्लबलाई १-० ले पराजित गर्दै दुई खेल अगावै शहीद स्मारक ए डिभिजन लिगको उपाधि जितेको छ । साविक विजेता मछिन्द्रले सातदोबाटोलाई पराजित गरेपछि दुई खेल अगावै लिगको उपाधि रक्षा गरेको हो । यो जितपछि मछिन्द्रले ११ खेलबाट २९ अंक जोडेको छ । एक […]
काठमाडौं । दुई पोर्चुगिज खेलाडी क्रिस्टियानो रोनाल्डो र ब्रुनो फर्नान्डेजको गोलमा म्यानचेष्टर युनाइटेडले प्रिमियर लिगमा १० खेलाडीमा समेटिएको ब्राइटनलाई २-० ले पराजित गरेको छ । घरेलु मैदान ओल्डट्राफोर्डमा भएको खेलमा युनाइटेडले दुवै गोल दोस्रो हाफमा गरेको थियो । खेलको ५१औं मिनेटमा रोनाल्डोले स्कट म्याकटोमिनेको पासमा गोल गर्दै युनाइटेडलाई अग्रता दिलाएका थिए । यस्तै ब्रुनोले इन्जुरी […]
काठमाडौं । शहीद स्मारक ए डिभिजन लिगमा आजदेखि ११औं चरण सुरु हुँदैछ । आज अंकतालिकामा पुछारमा रहेका चार क्लब मैदान उत्रिदैछन् । जसमा अन्तिम दुई स्थानको ब्रिगेड ब्वाइज क्लब र च्यासल युथ क्लब अनि जावालखेल युथ क्लब र फ्रेण्ड्स क्लब भिड्दैछन् । लिगमा रेलिगेसन ब्याटल रोमाञ्चक बनिरहेको अवस्थामा आजको खेल चारवटै टिमलाई महत्वपूर्ण छ । […]