होमपेज केही सेकेण्डमा लोड हुनेछ।
Advertisement area
काठमाडौँ- नेपाली फुटबलको सर्वोच्च निकाय अखिल नेपाल फुटबल संघ (एन्फा) को आधिकारिक फेसबुक पेज “ह्याक” भएको छ । बिहीबार एन्फाले आफ्नो अफिसियल पेज ह्याक भएको ट्विटर मार्फत जनाएको हो । ह्याक भएको भेरिफाइ पेजमा एक लाख ९० हजार १५७ लाइक रहेको छ । पेज यसअघि समेत ह्याक गर्ने प्रयास गरिएको थियो । तर यसपटक भने […]
काठमाडौं । टिममा यस्ता सदस्य पनि हुन्छन्, जो टिममै रहेका स्टारका अघि सधैं छायामा पर्छन् । तर जब स्टार सदस्यले छाड्छन् । त्यसपछि छायामा परेका पात्र चम्किन्छन् । त्यसरी चम्किने पात्र बनेका छन्, स्पेनिस फुटबल क्लब रियल मड्रिडका करिम बेञ्जेमा । स्टार खेलाडी क्रिस्टियानो रोनाल्डो रहँदासम्म सधैं छायामा परेका बेञ्जेमा रोनाल्डो युभेन्टस उडेपछि चम्किएका छन् […]
काठमाडौं । युवा तथा खेलकुद मन्त्री महेश्वर गहतराज र नेपालका लागि अर्जेन्टिनाका राजदूत डा. ह्युगो जाभियर गोवीबीच शिष्टाचार भेटवार्ता भएको छ । राष्ट्रपति समक्ष ओहोदाको प्रमाणपत्र बुझाउन नेपाल आएका राजदूत गोवीले मंगलवार सिंहदरबारस्थित युवा तथा खेलकुद मन्त्रालय पुगेर मन्त्री गहतराजसँग भेटवार्ता गरेका हुन् । भेटका क्रममा मन्त्री गहतराज र राजदूत गोवीले दुई देशबीचको पारस्पारिक सम्बन्ध […]
काठमाडौं । सामुएल चुकवसएजेले खेल सकिन दुई मिनेटअघि गोल गरेपछि जर्मन क्लब बायर्न म्युनिखलाई आउट गर्दै स्पेनको भियारियल च्याम्पियन्स लिगको सेमिफाइनलमा प्रवेश गरेको छ । दुई लेगको क्वाटरफाइनलमा भियारियलले बायर्नलाई २-१ ले हरायो । त्यसमा दोस्रो लेगको अन्तिममा उनै सामुएलले गरेको गोल निर्णायम बन्यो । सन् २००६ मा च्याम्पियन्स लिगको सेमिफाइनलमा आर्सनलसँग पराजपत भएयता भियारियल […]
दोस्रो हाफमा तीन वटा पेनाल्टी पाएको लेभान्टेलाई हराउँदै बार्सिलोनाले स्पेनिस लालिगामा रोमाञ्चक जित हात पारेको छ।इन्ज्युरी समयको अन्तिम मिनेटमा लुक डि जोङले गोल गरेपछि क्याटलान क्लब बार्सिलोनाले घरेलु टोली लेभान्टेमाथि ३-२ को रोमाञ्चक पूनरागमन जित निकालेको छ। भ्यालेन्सियामा आइतबार राति भएको खेलमा बार्सिलोनालाई जिताउन लुक डि जोङ, पिएरे इमरिक औवामियाङ र पेड्रीले गोल गरे। घरेलु […]
काठमाडौं । थाइल्याण्डको फुकेटमा सम्पन्न अन्तर्राष्ट्रिय खुला बक्सिङमा नेपालले कास्य पदक प्राप्त गरेको छ ।उक्त प्रतियोगितामा महिला ६० किलो तौल समूहमा नेपालकी पुनम रावलले कास्य पदक प्राप्त गर्न सफल भएकी हुन् । सेमिफाइनलमा उनी फिलिपिन्सकी खेलाडीसँग ३-२ अङ्कले पराजित भइन् । रावल आठ वर्षदेखि नेपाली सेनामा आवद्ध छिन् ।उनलाई हराएकी फिलिपिन्सकी खेलाडीले नै फाइनलमा भारतकी […]
नागरिक रैबार/बाजुरा २७ चैत्र । बाजुराको रानीवन स्पोर्टस क्लब सि डिभिजन खेलका लागि राजधानी पुगेको छ । सि डिभिजन लिग छनोटपछि पहिलो पटक रानीवन सि डिभिजन खेल्न बाजुराबाट राजधानी पुगेको हो । अखिल नेपाल फुटबल संघ (एन्फा)ले आयोजना गर्ने सि डिभिजन लिगको खेल यही चैत्र २९ गतेबाट सुरु हुदैछ । रानीवन यसैवर्ष सि डिभिजनको लिग […]
काठमाडौं । थाइल्यान्ड अन्तर्राष्ट्रिय खुला बक्सिङमा नेपाली महिला बक्सिङ्ग खेलाडी पुनम रावलले कास्य पदक जितेकी छन् । वाई पाएर सोझै सेमिफाइनल खेलेकी पुनमले महिला ६० केजी तौल समूहमा फिलिपिन्सकी रिजा पसुइटसँग ३– २ को अत्यन्तै प्रतिस्पर्धात्मक खेलमा हार ब्यहोरिन् । फाइनलमा रिजाले भारतका खेलाडीलाई पराजित गरी स्वर्ण जितिन् । सन् २०१० मा दिपक महर्जनले जितेको […]
सुर्खेत । जुम्ला रारा अल्ट्रा म्याराथन शनिबार सुरु भएको छ । कर्णाली स्पोर्ट्स क्लब जुम्लाले आयोजना गरेको म्याराथनको उद्घाटन शनिबार बिहान कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाहीले गरेका छन् । म्याराथनमा एक विदेशीसहित ७७ जनाले भाग लिएका छन् । कर्णालीको प्रसिद्ध चन्दननाथ भैरवनाथ मन्दिर नजिकैबाट सुरु भएको म्याराथन रारातालसम्म पुगेर सकिने छ । आयोजक क्लबका अध्यक्ष […]
जुम्ला — यही चैत २६ गते कर्णालीमा तेस्रो पटक जुम्ला रारा अल्ट्रा म्याराथन हुने भएको छ । जुम्लालाई उच्च पर्वतीय खेलकुद प्रशिक्षण केन्द्रका रुपमा स्थापित गर्ने ध्येयले जुम्लामा निरन्तर जुम्ला रारा अल्ट्रा म्याराथन भइरहेको छ । कर्णाली स्पोर्ट्स क्लब जुम्लाको आयोजनामा हुन लागेको जुम्ला रारा अल्ट्रा म्याराथनको उद्घाटन कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाहीले गर्ने भएका […]
धनगढीः धनगढीमा डिएसएल क्लव क्रिकेट प्रतियोगिता हुने भएको छ। लिटल फ्लावर प्रीमियर लिगका ६ वटा संस्करण सफलतापुर्वक पुरा गरेको लिटल फ्लावर स्पोर्ट्स एन्ड इभेन्ट्स प्रा.लि. ले धनगढी सुपरलिग डिएसएल- १ काे आयोजना गर्न लागेको हाे। याे क्लब क्रिकेट प्रतियोगिता २०७९ बैशाख दोस्रो सातादेखि धनगढीमा संचालन हुनेछ। धनगढीलाई क्रिकेटमय बनाईराख्न र आफ्नो प्रतिभा देखाउन नियमित तयारीमा […]
युइएफए च्याम्पियन्स लिग फुटबल अन्तर्गत पहिलो लेगको क्वाटरफाइनल खेलमा चेल्सी घरेलु मैदानमा रियल मड्रिडसंगै ३-१ अन्तरले पराजित भएको छ । भ्रमणमा रहेको स्पेनिस ला लिगा लिडर रियलको जितमा अनुभवी स्ट्राइकर तथा कप्तान करिम बेन्जेमाले ह्याट्रिक गरे । इङ्लिस क्लब चेल्सीका काइ हाभार्टले सान्त्वना गोल गरे । बेन्जेमाले खेलको २१, २४ र ४६ मिनेटमा गोल गर्दै […]
डडेल्धुराः डडेल्धुरामा जिल्ला स्तरीय खुल्ला पुरुष फुटबल प्रतियोगिता हुने भएको छ। नयाँ वर्ष २०७९ को अवसर तथा धार्मिक शक्तिपीठ घटाल धानमा लाग्ने बिसु जात (मेला)को अवसरमा फुटबल प्रतियोगिता हुने भएको हो। घटाल स्टार युवा क्लबले आयोजना गर्ने फुटबल प्रतियोगिता चैत २८ गतेदेखि वैशाख २ गतेसम्म सञ्चालन हुने क्लबका अध्यक्ष मनिष भण्डारीले बताए। उनका अनुसार सम्पूर्ण […]
नेपाल क्रिकेट संघ (क्यान) ले त्रिकोणात्मक टी-२० क्रिकेट शृङ्खलाको फाइनल खेल क्रममा गेट तोडेर दर्शक प्रवेश गरेको र असम्बन्धित व्यक्ति पुरस्कार वितरण समयमा मैदान प्रवेश गरेको विषयमा स्पष्टीकरण सोधेको छ । सोमबार कीर्तिपुरस्थित त्रिवि मैदानमा नेपाल र पपुवा न्युगिनी (पीएनजी)बीच ४ ओभरको खेल जारी रहँदा दर्शक गेट तोडेर भित्र प्रवेश गरेका थिए । ‘मैले सुरक्षा […]
थाइल्यान्डको फुकेटमा सञ्चालन भइरहेको थाइल्यान्ड ओपन इन्टरनेसनल बक्सिङ च्याम्पियनसिपको आइतबार भएको पुरुष ६३ केजी तौल समूहमा नेपालका भुपेन्द्र थापा भियतनामका भू ताहना दत्तसँग अंकको आधारमा पराजित भएका छन्। अब प्रतियोगितामा चार नेपाली महिला खेलाडीको खेल बाँकी रहेको छ।पुनम रावलले बाइ पाएर सेमिफाइनलमा प्रवेश गर्दै कास्य पदक पक्का गरेकी छन्। पुनमले अप्रिल ५ मा हुने सिंगापुर […]
काठमाडौं । दीपेन्द्र सिंह ऐरीको अलराउण्ड प्रदर्शनमा नेपालले पपुवा न्यूगिनी (पीएनजी) लाई ५० रनले पराजित गर्दै त्रिकोणात्मक टी-२० श्रृखंलाको ब्याटिङमा अर्धशतक प्रहार गरेका दीपेन्द्रले बलिङमा ४ विकेट लिए । दीपेन्द्रको अविजित ५४ रन मदद्तमा कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १६८ रन बनाएको थियो । […]
२१ चैत, काठमाडौं । त्रिकोणात्मक टी-२० श्रृंखलाको उपाधिका लागि नेपालले आज पपुवा न्यूगिनी (पीएनजी) विरुद्ध खेल्दैछ । खेल कीर्तिपुरस्थित टीयू मैदानमा दिउँसो १२:३० बजे सुरु हुनेछ । नेपाल, पीएनजी र मलेसिया सम्मिलित श्रृंखलामा नेपाल अपराजित रहँदै फाइनल पुग्दा पीएनजी दोस्रो भएर फाइनल पुगेको हो । नेपालले डबल राउण्ड रोविन लिगमा खेलेको चारवटै खेल जितेर उच्च […]
काठमाडौं । दीपेन्द्र सिंह ऐरीले सानदार शतक प्रहार गरेपछि नेपालले त्रिकाेणात्मक टी-२० शृंखला अन्तर्गत शनिबार भएकाे अन्तिम लिग खेलमा मलेसियालाई ८५ रनले पराजित गरेकाे छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा दीपेन्द्रले एक साताभित्रै दाेस्राे शतक प्रहार गर्ने क्रममा अविजित ११० रन बनाउँदा नेपालले मलेसियालाई २२३ रनको लक्ष्य दिएको थियो । तर मलेसिया एक बल अगावै […]
काठमाडौं । घरेलु मैदानमा भइरहेको त्रिकोणात्मक टी-२० शृङ्खलाअन्तर्गत अन्तिम खेलमा नेपालले आज मलेसियाविरुद्ध खेल्दैछ । मलेसियाले टस जितेर फिल्डिङ रोजेपछि नेपालले ब्याटिङ गरिरहेको छ । यसअघि लगातार तीन खेल जित्दै फाइनल पुगिसकेको मलेसियालाई हराउँदै लिगमा अपराजित रहने लक्ष्यमा छ । आज नेपालको प्लेइङ ११ मा कुसल भुर्तेल, आशिफ सेख, रोहित पौडेल, दीपेन्द्रसिंह ऐरी, मोहम्मद अदिल […]
दोहा — चार पटकको विजेता जर्मनी र सन् २०१० को विजेता स्पेन यसै वर्ष हुने विश्वकप फुटबलको एकै समूहमा परेका छन् । समूह ‘ई’ मा अर्को टोली जापान छ भने एक टोलीको निर्क्योल हुन बाँकी छ । शुक्रबार २०२२ को विश्वकप आयोजक राष्ट्र कतारको दोहामा सम्पन्न ‘ड्र’ ले प्रतिद्वन्द्वीहरू विभाजन गरेको थियो । जर्मनी, स्पेन र जापान समावेश […]