होमपेज केही सेकेण्डमा लोड हुनेछ।
Advertisement area
चितवनमा एक व्यक्तिले आफ्नी छोरी र भतिजको हत्या गरेका छन्। चितवनको भरतपुर महानगरपालिका- २५ शुक्रनगरका लिलाराज गिरीले छोरी सात वर्षकी प्रभा गिरी र दाजुका छोरा ५ वर्षका सजन गिरीको हत्या गरेका चितवन प्रहरीले जानकारी दिएको छ। प्रहरीका अनुसार ४२ वर्षका गिरी मानसिक रोगी थिए। उनले मानसिक रोगको औषधी पनि सेवन गरिरहेका परिवारका सदस्यले बताएका छन्। […]
पर्सामा खसीको भनेर बाख्राको मासु बेच्ने पुरूष पक्राउ परेका छन्। वीरगञ्ज महानगरपालिका-१३ प्रतिमा चोकबाट प्रहरीले आसमिन फ्रेस हाउसका सञ्चालकलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय पर्साका डिएसपी किशोर लम्सालले जानकारी दिए। पक्राउ पर्नेमा वीरगञ्ज-१३ बस्ने ४१ वर्षीय हारून मियाँ अन्सारी छन्। उनलाई प्रहरीले मंगलबार पक्राउ गरेको हो। उनले खसीको भनेर बाख्राको मासु बेचिरहेको भन्ने सूचना प्रहरीले […]
काठमाडौं- गृहमन्त्री रमेश लेखकले पछिल्लो समय प्रहरीमाथि भइरहेको कुटपिट र दुर्व्यवहारका घटनामा जसको संलग्नता भए पनि छानबिन गरी कारबाही गर्न निर्देशन दिएका छन् । गृहमन्त्री लेखकले त्यस्ता घटनाको छानबिन गरी दोषीलाई कारबाहीको दायरामा ल्याउन प्रहरी प्रमुख प्रहरी महानिरीक्षक वसन्तबहादुर कुवँरलाई निर्देशन दिएका हुन् । बुधबार बिहान गृहमन्त्रालयमा प्रहरी प्रमुख कुवँरसहित उच्च पदस्थ प्रहरी अधिकारीलाई बोलाएर […]
काठमाडौं । घरमा बालश्रमिक राखेकी लुम्बिनी प्रदेश सभाकी सांसद रेखाकुमारी शर्मालाई सरकारी वकिलले मुद्दा नचलाउने तयारी चलिरहँदा काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले यसबारे प्रतिक्रिया दिएका छन् । एमालेकी प्रदेश सांसद शर्मालाई मुद्दा चलाउन नपर्ने राय सहित जिल्ला सरकारी वकिलको कार्यालय, काठमाडौंमा तयार भएको फाइल उच्च सरकारी वकिलको कार्यालय हुँदै महान्यायाधिवक्ताको कार्यालयमा पुगेको छ । ६ […]
काठमाडौं : सामाजिक सञ्जालमा जातीय विभेदजन्य शब्द लेख्ने एक शिक्षकलाई अदालतले ३ महिना कैद र ३० हजार जरिवाना गर्ने फैसला गरेको छ। बुधबार जिल्ला अदालत सुर्खेतका न्यायाधीश दीपक ढकालको एकल इजलासले जातिपातिको आधारमा छुवाछुत वा अन्य भेदभावपूर्ण व्यवहार गरेको भन्दै दैलेखको महाबु गाउँपालिका ४ का तर्कबहादुर सिंहलाई ३ महिना कैद सजाय र ३० हजार जरिवाना […]
काठमाडौं । स्वर्णलक्ष्मी सहकारीको रकम अपचलन मुद्दामा थुनछेक बहस हुन नसकेपछि रवि लामिछानेलाई प्रहरी हिरासतमा पठाउन अदालतले आदेश दिएको छ । जिल्ला अदालत काठमाडौंमा आज राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा पूर्व गृहमन्त्री लामिछानेको बयान लिइएको थियो । बयानपछि थुनछेक बहस हुन नसकेपछि न्यायाधीश माधवप्रसाद अधिकारीको इजलासले सोमबार पुनः अदालत पेश गर्नेगरी उनलाई प्रहरी हिरासतमा पठाउने […]
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेको बयान न्यायाधीश माधव प्रसाद अधिकारीको इजलासमा हुने भएको छ । काठमाडौँ जिल्ला अदालतका ६ नम्बर बरीयताका न्यायाधीश अधिकारीको इजलासमा लामिछानेको बयान र थुनछेक हुने अदालतका एक जना अधिकृतले रातोपाटीलाई बताए । स्वर्णलक्ष्मी बहुउद्देश्यीय सहकारीको रकम अपचलन गरेको कसुरमा अभियोग पत्र दायर भएपछि उनी आइतबार आफैँ अदालतमा […]
नेपाली कांग्रेसका प्रतिनिधि सभा सांसद राजेन्द्र बजगाईंले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रीसमेत रहेका नेपाली कांग्रेसका सहमहामन्त्री बद्रीप्रसाद पाण्डेमाथि लगाएको आरोप फिर्ता लिँदै माफी मागेका छन्। बुधबार सामाजिक सञ्जाल एक्समा लेख्दै उनले आफ्नो आरोपले मन्त्री पाण्डेलाई चोट पारेको भन्दै अभिव्यक्ति फिर्ता लिएको बताएका छन्।‘मैले लगाएको आरोपले मन्त्रीजीलाई निकै चोट परेको पाएँ त्यसकारण उक्त लांछित अभिव्यक्ति […]
रुकुमपश्चिमको चौरजहारी नगरपालिका-२ विजयश्वरीका ३२ वर्षीया दीपा कुमालले ४० वर्षीय श्रीमान् मधु कुमालको हत्या गरेकी छिन् ।मंगलबार बिहान दीपाले श्रीमानको चिर्पटले टाउकोमा प्रहार गरेर हत्या गरेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक ऋषि पाठकले जानकारी दिए । प्रहरी निरीक्षकका अनुसार चिर्पटले टाउकोमा प्रहार गरेर मृतावस्थामा रहेको खबर छोरा १८ वर्षीय खिम कुमालले प्रहरीलाई खबर […]
काठमाडौं । रुकुम पश्चिम जिल्ला अदालतले साढे ३ वर्षअघि चौरजहारी नगरपालिका सोती गाउँमा भएको नवराज विकसहित ६ जनाको हत्या प्रकरणमा २३ जनालाई जन्मकैदको सजाय सुनाएको छ । न्यायाधीश खड्गबहादुर केसीको इजलासले हाल पुर्पक्षमा थुनामा रहेका २३ जनालाई जन्मकैदको सजाय सुनाएको जिल्ला अदालत रुकुम पश्चिमका सूचना अधिकारी गोविन्दप्रसाद कोइरालाले जानकारी दिए । दोषी ठहर हुनेमा चौरजहारी […]
असोज, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा चीनबाट सोझै हवाई उडान गर्नेबारेमा सकारात्मक छलफल भएको बताएका छन् । चीन भ्रमण सकेर शनिबार स्वदेश फर्किएका उनले आफ्नो चीन भ्रमणबारे काठमाडौंको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पत्रकारहरुसँग कुरा गर्दै दुई देशको हवाइ उडान सहकार्यका विषयमा पनि कुराकानी भएको बताए । ‘नेपाल र चीनको जनस्तरको सम्बन्धलाई प्रगाढ […]
काठमाडौं,१२ असोज । चर्चित नायक अनमोल केसी पक्राउ परेका छन् । उपत्यका अपराध अनुसन्धान कार्यालय, काठमाडौंको टोलीले साँगाबाट उनलाई पक्राउ गरेको स्रोतले जनाएको छ । फिल्म ‘रावायण’मा काम गर्ने वचन दिएर पनि अन्तिम अवस्थामा नगरेपछि अनमोल केसी विरुद्ध निर्देशक सुदर्शन थापाको ब्यानर सुदर्शन फिल्मस्ले प्रहरी कार्यलयमा उजुरी दिएको थियो । थापाको उजुरीपछि प्रहरीले उनलाई पक्राउ […]
काठमाडौँ । हङकङबाट तस्करी गरेर काठमाडौँ ल्याएको ६० किलो ७ सय ग्राम सुन प्रकरणका संलग्न प्रतिवादीहरुको बयान सकिएको छ । बयान सकिएसँगै सुन प्रकरणमा बुधबारबाट थुनछेक बहस सुरु हुनेछ । मंगलबार प्रहरीको नियन्त्रणमा रहेका २६ जनाको न्यायाधीश माधव प्रसाद मैनालीको इजलासमा बयान सकिएको जिल्ला अदालत काठमाडौँका सूचना अधिकारी दिपक दाहालले रातोपाटीलाई बताए । चिनियाँ […]
काठमाडौँ– नेपाली लेग स्पिनर सन्दीप लामिछानेविरुद्धको बलात्कार मुद्दामा आजका लागि सुनुवाइको पेसी तोकिएको छ । यसअघि काठमाडौँ जिल्ला अदालतमा सुनुवाइका लागि न्यायाधीश अभाव भए पछि सोमबार स्थगित भएको मुद्दा आजका लागि पेसीमा राखिएको हो । त्यसअघि भदौ २१ गतेको सुनुवाइमा न्यायाधीश सकुन्तला कार्कीको इजलासले फेरि पीडितको जन्मदर्ता मगाउन आदेश दिएको थियो। त्यस दिन न्यायाधीश कार्कीले मुद्दा […]
काठमाडौँ– आजका लागि पेसी तोकिएको क्रिकेटर सन्दीप लामिछानेविरुद्धको मुद्दाको सुनुवाइ स्थगित भएको छ ।मुद्दा हेर्नका लागि न्यायाधीश अभाव भएको कारण जनाउँदै काठमाडौँ जिल्ला अदालतले नाबालिग बलात्कारको आरोप लागेका सन्दीपविरुद्धको मुद्दा स्थगित भएको जनाएको हो । गोला प्रथाबाट इजलास तोकिँदा सन्दीपविरूद्धको मुद्दा उपस्थित न्यायाधीशहरू कसैकोमा नपरेकाले मुद्दाको सुनुवाइ स्थगित भएको जिल्ला अदालत काठमाडौँका स्रेस्तेदार कौशलेश्वर ज्ञवाली […]
काठमाडौँ — सुन तस्करीमा संलग्न भएको आरोपमा २९ जना विरुद्ध काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर भएको छ । जिल्ला सरकारी वकिलको कार्यालयले पक्राउ परेका २६ र फरार सूचीमा रहेका ३ जना गरी २९ जनाविरुद्ध मुद्दा दायरको काठमाडौं जिल्ला अदालतका सूचना अधिकारी दिपक दाहालले जानकारी दिए । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले गत साता ६१ […]
काठमाडौँ- प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले चिकित्सकमाथि कुटपिट गर्नेलाई कानूनी कारबाही गर्ने प्रतिबद्धता जनाएका छन् ।बुधबार मकवानपुरको हेटौँडास्थित सन्चो अस्पतालका चिकित्सकहरू डा. विकास थापा र डा. प्रशान्त बिडारीमाथि सामूहिक कुटपिट भएपछि बिहीबार नेपाल चिकित्सक संघका प्रतिनिधिहरूले प्रधानमन्त्री प्रचण्डको ध्यानाकर्षण गराएका छन् । संघका प्रतिनिधिसँगको भेटमा प्रधानमन्त्री प्रचण्डले उक्त घटनामा संलग्न भएकाहरुलाई कानुनी कारबाही गर्ने प्रतिबद्धता जनाएका […]
काठमाडौं । ललिता निवास जग्गा प्रकरणमा पक्राउ परेका एक जनाबाहेक सबैलाई जिल्ला अदालत काठमाडौंले धरौटीमा छाड्ने आदेश दिएको छ ।न्यायाधीश भोलानाथ ढकालको इजलासले केशव तुलाधरबाहेक सबै आरोपितलाई धरौटीमा छाड्ने आदेश दिएको काठमाडौं जिल्ला अदालत स्रोतले जानकारी दिएको छ । तुलाधरलाई भने सामान्य तारेखमा छाड्न आदेश दिएको हो । बालुवाटारस्थित ललिता निवासको जग्गा व्यक्तिको नाममा नामसारी […]
नागरिक रैबार/ बाजुराको सदरमुकाम मार्तडीमा अवस्थित बडीमालिका मन्दिरमा फेरि दलित भक्तजन माथि विभेद गरिएको छ । श्रीकृष्ण जन्माष्टमीको दिन लाग्ने पुजामा सहभागि हुन गएका दलित समुदायका युवती माथि विभेद गरिएको जनाइएको छ। पुजारीले हातमा लिएको थाली समेत बाहिर फालिदिएर टिका लगाउन अस्वीकार गरेको पीडित बडिमालिका ९ कि एक युवतीले गुनासो गरेकि छन् । बडीमालिका धार्मीक यात्राको […]
काठमाडौं । काभ्रेको पाँचखाल नगरपालिका-१२ एक व्यक्तिले श्रीमतीको हत्या गरेका छन् । देवीराज भेटवालको घरमा डेरा गरी बस्ने ३६ वर्षीय हरी माझीले २६ वर्षीया श्रीमती कुमारी माझीलाई टाउकोमा चिर्पट प्रहार गरी हत्या गरेको प्रहरी चौकी बालुवाले जनाएको छ । कुमारीको धुलिखेल अस्पतालमा उपचारको क्रममा आज बिहान २ बजेर ११ मिनेटमा मृत्यु भएको थियो । श्रीमतीको हत्यामा […]