होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

  • होमपेज
  • Breaking News
  • मार्तडीमा चामल आइपुग्यो, प्रतिकिलो ९२ रुपैयाँमा विक्रि गरिने
Breaking News

मार्तडीमा चामल आइपुग्यो, प्रतिकिलो ९२ रुपैयाँमा विक्रि गरिने

  • नागरिक रैबार
[sharethis-inline-buttons]
मार्तडीमा चामल आइपुग्यो, प्रतिकिलो ९२ रुपैयाँमा विक्रि गरिने

नागरिक रैबार/बाजुरा ६ असोज। खाद्य व्यवस्था तथा ब्यापार कम्पनिको मार्तडीस्थित डिपोमा अनुदानकाे चामल आइपुगेको छ । शनिवार पहिलो चरणमा २ सय क्विन्टल जिरा मसिनो चामल पुगेको कम्पनिका प्रमुख मेघराज ओझाले बताएका छन ।

अघिल्लो वर्षको ठेक्का अनुसारकाे मोटाे चामल गएको भदाै २४ गतेदेखि सकिएपछि मार्तडीको डिपो नै बन्द गरिएको थियो । आज पहिलो चरणमा २ सय क्विन्टल जिरा मसिनो चामल पुगेको र भोलि आइतबारबाट सर्वसाधारणका लागि विक्रि वितरण गरिने कम्पनिका प्रमुख मेघराज ओझाले बताएका छन । उनका अनुसार जिरा मसिनो चामलको प्रति किलो ९२ रुपैयामा बिक्री हुने छ ।

यस अघि विक्रि हुँदै आएको मोटा चामल प्रतिकिलो ५४ रुपैयाँ रहेको थियो, त्यो चामल सकिएपछि नयाँ आइपुगेको  जिरा मसिनो चामल भएका कारण बजारको भन्दा कम अर्थात ९२ रुपैयाँमा विक्रि गर्न लागेको कम्पनिले बताएको छ । बजारमा यस चामलको मुल्य प्रतिकिलो ९५ रुपैयाँ पर्ने गरेको छ ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार

भर्खरै