
नागरिक रैबार/बाजुरा ९ साउन।प्रेस चौतारी नेपाल जिल्ला समिति बाजुराले आफ्नो कार्यालय संचालनमा ल्याएको छ । सदरमुकाम मार्तडीको खुलामंच नजिकै संचालन हुने गरी आजबाट प्रेस चौतारीको कार्यालय संचालनमा ल्याइएको हो ।


कार्यालयको एक औपचारिक कार्यक्रमका विच नेकपा एमाले बाजुरा जिल्ला कमिटी बाजुराका सचिव भरत थापाले रिवन काटेर उद्धघाटन् गरेका छन् ।

प्रेस चौतारी बाजुराले सस्थागत रुपमा दैनिकि कामकाज सहज गर्नका लागि भाडाको घरमा कार्यालय संचालनमा ल्याएकोे सचिव रमित विकले बताएका छन् ।
विज्ञापन



प्रेस चौतारीको कार्यालय उद्धघाटन्मा प्रेस चौतारी सुदूरपश्चिम सहइन्चार्ज बसन्त विश्वकर्मा, प्रदेश अध्यक्ष कृष्ण ओली, बडीमालिका नगरपालिकाकी उपप्रमुख नन्दा थापा, खप्तड क्षेडेदह गाउँपालिका अध्यक्ष दिलबहादुर रावत, नेकपा एमाले बडीमालिका नगर कमिटी अध्यक्ष धर्मराज पाध्याय, एमाले बुढीगंगा नगर कमिटी अध्यक्ष नरेन्द्र थापा, प्रेस चाैतारी बाजुराका सस्थापक अध्यक्ष प्रकाश सिह, बडीमालिका ८ का अध्यक्ष चन्द्र थापा, नेपाल पत्रकार महासघ बाजुरा उपाध्यक्ष पदम सिह, नेपाल प्रेस युनियन बाजुरा अध्यक्ष संगिता तिमिल्सेना, राष्ट्रिय युवा संघ नेपालका सचिव विष्न कार्की, केपि वा स्पोट्र्सका अध्यक्ष लक्ष्मण रोकाया लगायत प्रेस चौतारीमा आवद्ध प्रदेशका सदस्य र युनियनमा आवद्ध पत्रकारहरु सहभागि भएका थिए ।


फेसबुक प्रतिक्रियाहरु