होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

  • होमपेज
  • देश/प्रदेश
  • ‘सहअभियुक्तले दिएको बयानका आधारमा बालकृष्णलाई पाँच वटा मुद्दा लगााउन मिल्दैन’
देश/प्रदेश

‘सहअभियुक्तले दिएको बयानका आधारमा बालकृष्णलाई पाँच वटा मुद्दा लगााउन मिल्दैन’

  • नागरिक रैबार
[sharethis-inline-buttons]
‘सहअभियुक्तले दिएको बयानका आधारमा बालकृष्णलाई पाँच वटा मुद्दा लगााउन मिल्दैन’

काठमाडौँ । नक्कली भुटानी शरणार्थी प्रकरणको जारी बहसका क्रममा अधिवक्ता पंकज कुमार कर्णले बालकृष्ण खाणको बचाउ गरेका छन् । उनले यससम्बन्धी जोहरीमा कतैपनि बालकृष्ण खाणको नाम उल्लेख नभएको बताए ।

मंगलबार काठमाडौँ जिल्ला अदालतमा न्यायाधीश प्रेम प्रसाद न्यौपानको इजलासमा बहसका क्रममा कर्णले सहअभियुक्तहरुले दिएको बयानका आधारमा खाणलाई ठगी, कीर्ते लगायतका पाँच मुद्दा चलाउन नमिल्ने जिकिर गरे ।‘यो मिल्ने अवस्था छैन । यो प्रकरणमा टेकनारायण पाण्डेले नरेन्द्र केसीलाई पत्र लेखेको भन्ने कुरा जुन छ, केपी बालगायतलाई भनेर । त्यसमा ठूलो प्रमाण मानेको छ’, उनले भने, ‘त्यहाँ बालकृष्ण खाण अपराधी भनेर पुष्टि हुँदैन । सहअभियुक्तको पोलले खाणविरुद्ध वस्तुनिष्ठ प्रमाण पुग्दैन ।’

उनले लिखत किर्तेसम्बन्धी कसुरमा पनि खाणले यहाँ यहाँ कीर्ते गरेको कुनै प्रभाव नभएको बताए । उनले भने, ‘यो मुद्दामा लेनदेनमा कसैलाई मेसेज पनि गरेको छैन ।’उनले पन्थी नेतृत्वको कार्यदलको प्रतिवेदन संरक्षण गर्ने व्यक्ति सन्तोस प्रधानलाई किन प्रतिवादी बनाइएन भन्दै प्रश्न पनि गरे ।यस्तै वरिष्ठ अधिवक्ता शेरबहादुर केसीले बालकृष्ण खाणका विरुद्ध राज्य लागेको जिकिर गरे । राताेपाटीबाट

विज्ञापन

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार

भर्खरै