होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

  • होमपेज
  • Breaking News
  • स्वामीकार्तिक-५ मिगु गाउँका ७० परिवारलाई सोलार वितरण
Breaking News

स्वामीकार्तिक-५ मिगु गाउँका ७० परिवारलाई सोलार वितरण

  • नागरिक रैबार
[sharethis-inline-buttons]
स्वामीकार्तिक-५ मिगु गाउँका ७० परिवारलाई सोलार वितरण

नागरिक रैबार/बाजुरा २७ जेठ। बाजुरा जिल्लाको स्वामीकार्तिक खापर गाउँपालिका वडा नम्बर ५ को मिगु गाउँका ७० घर परिवारलाई सोलार वितरण गरिएको छ ।

गएको असोज महिनामा आएको अविरल वर्षाले गाउँमा रहेको बत्तीको नहर भत्किए पछि ८ महिनादेखि अध्यारोमा बस्दै आएका वडा नम्वर ५ का स्थानीयलाई साेलार वितरण गरिएको स्वामीकार्तिक खापर गाउँपालिकाले जनाएको छ ।

अध्यारो बस्तीलाई उज्यालो बनाउन मिगु गाउँमा ७० घर परिवारलाई ५० वाटको सोलार गाउँपालिका अध्यक्ष भरत रोकायाको पहलमा वितरण गरिएको हाे।

विज्ञापन

गाउँमा तत्काल बत्तीको नहर बन्ने अबस्थामा नहुदा गाउँ सोलार दिएर अध्यारो मिगु बस्ती उज्यालो बनाउने उद्देश्यले गाउँपालिकाका अध्यक्ष भरतबहादुर रोकाया उपाध्यक्ष मैना जैशी वडा अध्यक्ष लगायत टोलिले गाउँमै पुगेर सोलार वितरण गरेका हुन् ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार

भर्खरै