होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

  • होमपेज
  • राजनीति
  • रवि लामिछानेको मुद्दा आज संवैधानिक इजलासमा सुनुवाइ हुँदै
राजनीति

रवि लामिछानेको मुद्दा आज संवैधानिक इजलासमा सुनुवाइ हुँदै

  • नागरिक रैबार
[sharethis-inline-buttons]
रवि लामिछानेको मुद्दा आज संवैधानिक इजलासमा सुनुवाइ हुँदै

काठमाडौं । उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेविरुद्ध परेको रिटमाथि आज सर्वोच्च अदालतले संवैधानिक इजलासमा सनुवाइ गर्दैछ । लामिछाने सांसद बन्न अयोग्य रहेको भन्दै परेको रिट कार्यबाहक प्रधानन्यायाधीश हरिकृष्ण कार्की र न्यायाधीशहरु ईश्वरप्रसाद खतिवडा, आनन्दमोहन भट्टराई, अनिलकुमार सिन्हा र प्रकाशमानसिंह राउतसमेत रहेको संवैधानिक इजलासमा परेको छ ।अमेरिका बसेर फर्केका लामिछानेले खारेज भइसकेको नागरिकता प्रयोग गरेको भन्दै उनको सांसद पद खारेज हुनुपर्ने माग सहितको रिट गत मंसिर २८ गते सर्वोच्च अदालतमा दर्ता भएको थियो ।रिट निवेदक रविराज बसौलाले रविलाई सांसदजको सपथ ग्रहण नदिन अन्तरिक आदेशको माग गरेता पनि अदालतले अन्तरिम आदेश भने दिएन ।गत पुस ६ गते भएको सुनुवाईमा विपक्षीका नाममा कारण देखाउ आदेश जारी गरिएको थियो । जसअनुसार विपक्षीका तर्फबाट लिखित जवाफ पेस भइसकेको छ ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार

भर्खरै