होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

  • होमपेज
  • Breaking News
  • सुदूरपश्चिमको पहिलो बैठकमै सदन चल्न नदिने चेतावनी
Breaking News

सुदूरपश्चिमको पहिलो बैठकमै सदन चल्न नदिने चेतावनी

  • नागरिक रैबार
[sharethis-inline-buttons]
सुदूरपश्चिमको पहिलो बैठकमै सदन चल्न नदिने चेतावनी

धनगढी — सुदूरपश्चिम प्रदेशसभाको दोस्रो कार्याकालको पहिलो बैठकमै नागरिक उन्मुक्ति पार्टीका सांसद लक्ष्मणकिशोर चौधरीले माघदेखि कुनै पनि बैठक चल्न नदिने चेतावनी दिएका छन् ।

सभामुखको भूमिका निर्वाह गरिरहेका जेष्ठ सदस्य मानबहादुर रावलले सोमबार बसेको पहिलो बैठकमा दलका मुख्य नेताको मन्तव्यका लागि विशेष समय छुट्याएका थिए । मन्तव्यका क्रममा नागरिक उन्मुक्तिका सांसद चौधरीले माघभित्रै टीकापुर घटनाका राजबन्दीहरुको निकास ननिकाले त्यसपछि कुनै पनि बैठक अवरुद्ध गर्ने बताएका हुन् ।

‘०७२ को टीकापुर घटनालाई आपराधिक होइन, राजनीतिक घटनाका रुपमा लिनुपर्छ,’ उनले भने ‘जननिर्वाचित रेशमलाल चौधरीलाई अन्यायपूर्वक डिल्लीबजारको कालकोठरीमा राखिएको छ, धनगढीको कारागारमा पनि राखिएको छ । टीकापुर घटना कसैको स्वार्थमा गराइएको थिएन । हाम्रो निधारमा कलंकको टीका लागेको छ । हामीलाई कदापि सह्य हुँदैन ।’

विज्ञापन

पहिलो बैठकको विशेष समयमा कांग्रेस सांसद शिवराज भट्ट, माओवादी केन्द्र संसदीय दलका नेता खगराज भट्ट, एमाले संसदीय दलका नेता राजेन्द्रसिंह रावल, एकीकृत समाजवादी संसदीय दलका नेता दीर्घबहादुर सोडारी, राप्रपाकी सांसद खेमादेवी विष्ट र स्वतन्त्र सांसद ताराप्रसाद जोशीले आफ्ना धारणा राख्दै सुदूरपश्चिमको विकासका लागि सबै दल र सांसदहरु एकजुुट भएर लाग्नुपर्ने आवश्यकता रहेको बताएका थिए ।कान्तिपुरबाट

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार

भर्खरै