होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

  • होमपेज
  • Breaking News
  • बाजुराकाे प्रदेश सभा (क) मा समाजवादीका नरेश शाहीकाे उम्मेदवारी दर्ता
Breaking News

बाजुराकाे प्रदेश सभा (क) मा समाजवादीका नरेश शाहीकाे उम्मेदवारी दर्ता

  • नागरिक रैबार
[sharethis-inline-buttons]
बाजुराकाे प्रदेश सभा (क) मा समाजवादीका नरेश शाहीकाे उम्मेदवारी दर्ता

नागरिक रैबार/बाजुरा २३ असाेज। बाजुराकाे प्रदेश निर्वाचन क्षेत्र (क) नेकपा एकीकृत समाजवादीका नेता नरेश शाहीले उम्मेदवारी दर्ता गरेका छन् ।                                                  आईतबार सदरुकाम मार्तडी स्थित मुख्य निर्वाचन अधिकृतकाे कार्यालयमा पुगेर शाहीले प्रदेश सभा (क) का लागि उम्मेदवारी दर्ता।गराएका हुन् ।
सत्ता गठबन्धनबाट प्रदेश सभाका २ वटा निर्वाचन क्षेत्रमा टिकट नपाएपछि प्रदेश (क) काे निर्वाचन क्षेत्रमा उम्मेदवारी दर्ता गरेकाे नेकपा एकिकृत समाजवादीका बाजुरा सचिव पुरबहादुर रावतले बताएका छन् ।
सत्ता गठवन्धनबाट बाजुराकाे कुनै १ क्षेत्रमा हाम्राे पार्टीले टिकट पाउनु पर्ने दावी थियाे, तर गठबन्धन बाट समावजादीलाई टिकट नदिएपछि पार्टीकाे केन्द्रीय निर्देशन अनुसार प्रदेश (क) का लागि पार्टी निकट युवा संघका केन्द्रीय अध्यक्ष समेत रहेका शाहीकाे उम्मेदवारी दर्ता गराएकाे सचिव रावतले बताएका छन् । शाहीलाई सचिव रावतकाे प्रस्ताव र नेता धर्म शाहीकाे समर्थन रहेकाे छ ।
सत्ता गठबन्धनमा आवद्ध काँग्रेस र माओवादीले बाजुरामा नेकपा एकिकृत समाजवादीकाे अस्तित्वमाथि अपमान गरेकाेले पार्टीकाे तर्फबाट उमेदवारी दर्ता गराएकाे प्रदेश सभा (क) का उम्मेदवार नरेश शाहीले बताएका छन्।
सत्ता गठबन्धनमा आवद्ध दलबाट प्रतिनिधि सभामा काँग्रेसका सहमहामन्त्री बद्रीप्रसाद पाण्डे, प्रदेश (क) माओवादीका केन्द्रीय सदस्य कर्णबहादुर विक र प्रदेश (ख) मा काँग्रेसका पदम कुमार शाहीले उम्मेदवारी दर्ता गरेका छन् ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार