होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

  • होमपेज
  • Breaking News
  • बाजुरामा मन्दिर पसेको भन्दै दलित माथि वडा अध्यक्षद्धारा निर्घात कुटपिट
Breaking News

बाजुरामा मन्दिर पसेको भन्दै दलित माथि वडा अध्यक्षद्धारा निर्घात कुटपिट

  • नागरिक रैबार
[sharethis-inline-buttons]
बाजुरामा मन्दिर पसेको भन्दै दलित माथि वडा अध्यक्षद्धारा निर्घात कुटपिट

राजेन्द्र विक असोज १२ बाजुरा। बाजुरामा पुजा गर्ने समयमा मन्दिर पसेको भन्दै एकजना दलित निर्घात रुपमा कुटिएका छन्। नवरात्री बस्न भनेर पुख्र्यौली ठेगाना बाजुराको बुढिगंगा नगरपालिका वडा नम्बर ५ नुवाघर घर भइ हाल कञ्चनपुर बस्दै आएका टेकेन्द्र सुनारलाई त्रिवेणी नगरपालिका वडा नम्बर ७ का वडा अध्यक्ष जुद्ध बहादुर अयडीको समुहले आफूहरु पुजा गरिरहेको स्थलमै आुउन मिल्दैन भन्दै ड्म शब्द प्रयोग गरी जातिय विभेद गर्दै कुटपीट र लुटपाट गरेको पिडित टेकेन्द्र सुनारले बताए । अध्यक्ष जुद्ध ऐडी लगायतको समुहले मंगलबार नाट्यश्वरी मन्दिरमा नवरात्री बस्न गएको समयमा जातिय विभेद गर्दै आफूसंंग भएको नगद ६० हजार लुटपाट गरेको पीडित सुनारले बताएका छन ।

बाजुराको त्रिबेणी नगरपालीका मा रहेको नाट्यश्वरी मन्दिरमा मंगलबार पूजा सामाग्री लिएर गएको समयमा जातिय विभेद जन्य शब्द प्रयोग गरी कुटपीट गर्नुका साथै नगद साठीहजार लुटेर लगेको उनले रुदै जानकारी बताए । वडा नम्बर ७ का वडा अध्यक्ष जुद्ध ऐडी र मन्दिरका पूजारी रङग उपाध्याय विरुद्ध पीडित सुनारले बडिमालिका प्रहरी चौकी पैमामा जातिय विभेद र लुटपाट सम्बन्धी जाहेरी दिए पनी त्यहाँ पिडक पक्षले मिलौं भने पछी कानुनी लडाइ लडी न्याय प्राप्तीका लागी सदरमूकाम मार्तडीका लागी हिंडेको सुनारले बताए।

घटनाको बारेमा ईलाका प्रहरी कार्यालय पैमामा बुझदा चौकीका ईन्चार्ज असई मीठ्ठु बोहराले मन्दिरका पूजारी रंग उपाध्याय लगायतको तीन जनाको नाममा निबेदन परेको र पिडितले मुद्धा अगाडी बढाउने भनेपछी जिल्ला प्रहरी कार्यालय मार्तडीमा सुरक्षाका साथ पठाइएको जानकारी दिए साथै पिडकहरुकोे खोज तलाश भई रहेको पनी असइ बोहराले बताए।

विज्ञापन

निबेदन आई सके पछि हामी विहानै देखि खोजतलाशमा लागेका छौ ,फोन पनि स्विचअफ भएकाले उनिहरुलाई भेटाउन सकेका छैनौ पक्राउ गरेर जिल्ला नै पठाउने हो असई बोहराले भन्नु भने । स्थानीय सुरेन्द्र मीजारले जातिय विभेद गरेर लुटपाट समेत गरिएको जानकारी गराउदै ईलाका प्रहरी कार्यालयले उनिहरुको खोजीकार्य गरी कानुन अनुसार कार्बाही हनुपर्ने बताए।

उनले कुटपीटबाट सुनारको आँखा कान नाक र पीठ्युमा ठुलो चोट लागेको जानकारी गराए । कञ्चनपुरमा अटो रिक्सा चलाउदै आएका ५२ बर्षीय सुनारले रुदै आफुले लगेको २० हजारको पूजाको सामाग्री नस्ट गरिनुका साथै ६० हजार समेत लुटेर लगेको बताए । उता वडा अध्यक्ष जुद्धबहादुर अयडीले भने आफुले झगडा गरिरहेका हरुलाइ छुट्याको र मिलाउने प्रयास गरेकाले आफुनोे अप शब्द र कुटपिटमा कुनै संलग्नता नरहेको नागरिक रैबार संग बताए।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार