होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

  • होमपेज
  • Breaking News
  • नेपाली काँग्रेस बाजुराले ‘जनताको साथमा कांग्रेस’ अभियान कोल्टीबाट सुरू
Breaking News

नेपाली काँग्रेस बाजुराले ‘जनताको साथमा कांग्रेस’ अभियान कोल्टीबाट सुरू

  • नागरिक रैबार
[sharethis-inline-buttons]
नेपाली काँग्रेस बाजुराले ‘जनताको साथमा कांग्रेस’ अभियान  कोल्टीबाट सुरू

बाजुरा । जनताको साथमा काँग्रेस अभियान कोल्टीबाट सुरूवात गरेकाे छ । नेपाली काँग्रेसको केन्द्रीय कार्यसमितिको निर्णय अनुसार आगामी मंसिर ४ गते हुने प्रदेश तथा प्रतिनिधि सभाको निर्वाचनलाई लक्षित गर्दै गाउँघरमा जनताको साथमा काँग्रेस अभियान संचालन गर्ने भनिए अनुसार केन्द्रिय प्रतिनिधि अर्जुनजंग िसंहको उपस्थितिमा शुक्रबार कोल्टीबाट सो अभियान सुरूवात गरिएको हो ।

जनतासंगै रहेको काँग्रेस आगामी मंसिर ४ गते तोकिएको प्रदेश तथा प्रतिनिधि सभाको निर्वाचनलाई लक्षित गर्दै जनताको साथमा काँग्रेस अभियान लियर गाउँघरमा जाने अभियान सहित अगाडी बढेको नेपाली काँग्रेस बाजुराका सहसचिव कृष्णराज पाध्यायले बताएका छन् ।

शुक्रबारबाट संचालन गरिएको कार्यक्रम भाद्र १३ गतेसम्म औपचारिक रूपमा बाजुरा जिल्लामा संचालन गरिने छ भने अनौपचारिक रूपमा गाउँघरमा संचालन गर्ने पनि जनाइएको छ । जनताको साथमा काँग्रेस अभियानको उद्घाटनसंग गएको स्थानीय निर्वाचन तथा आगामी निर्वाचनमा के कसरी अगाडी बढ्न सकिन्छ सो बिषयमा पनि समिक्षा गरिएको नेपाली काँग्रेस बाजुराले जनाएको छ ।

विज्ञापन

जनताको साथमा काँग्रेस अभियान संचालन कार्यक्रममा अभियान मा केन्द्रीय प्रतिनिधि अर्जुनजंग सिंह, केन्द्रीय सदस्य विद्या तिमिल्सेना, पुर्वभुिमसुधार सहायक मन्त्री तथा नेता जनकराज गिरी नेपाली काँग्रेस बाजुराका सभापति रामसिंह रावल, पुर्व पार्टी सभापति कविराज पण्डित, महाधिवेशन प्रतिनिधिहरू, जिल्ला कार्य समितिका पदाधिकारीहरू, प्रदेश क का ४ वटै पालिकाका कार्यसमितिका पदाधिकारी, भातृ, भगेनी संगठन तथा शुभेच्छुक संस्थाहरूका पदाधिकाहरूको सहभागिता रहेको थियो ।

जनताको साथमा काँग्रेस अभियान अन्तरगत १२ गते जिल्ला सदरमुकाम मार्तडी र १३ गते फालासैनमा कार्यक्रम संचालन गरिने भएको नेपाली काँग्रेस बाजुराले जनाएको छ ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार

भर्खरै