होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

  • होमपेज
  • Breaking News
  • बाजुरामा समन्वय समिति एमालेको बन्ने
Breaking News

बाजुरामा समन्वय समिति एमालेको बन्ने

  • नागरिक रैबार
[sharethis-inline-buttons]
बाजुरामा समन्वय समिति एमालेको बन्ने

नागरिक रैबार/ २८ असार बाजुरा । बाजुराको जिल्ला समन्वय समिति एमालेको बन्ने पक्का भएको छ। बुढीगंगा नगरपालिकाको जितसँगै जिल्ला समन्वय समिति एमालेको बन्ने पक्का भएको हो।

असार २३ गते भएको पुनः मतदानको परिणाम आईतबार सार्वजनिक भएको थियो। सार्वजनिक मत परिणाम अनुसार नगर प्रमुखमा एमालेका उम्मेदवार रामबहादुर बानियाँ र उपप्रमुखमा एमालेकै माया कुमारी खड्का (कुँवर) निर्वाचित भएका छन्।

बाजुरामा नौ स्थानीय तह रहेका छन्। जिल्ला समन्वय समितिका लागि पालिकाका प्रमुख र उपप्रमुख गरी १० को आवश्यकता पर्दछ। एमालेले ६ पालिकामा प्रमुख र पाँचमा उपप्रमुख जितेको छ। यो सँगै अब समन्वय समिति एकलौटी एमालेको बन्ने सुनिश्चित भएको छ।

विज्ञापन

सुदूरपश्चिम प्रदेशका नौ जिल्लामध्ये बाजुरामा मात्रै एमालेको नेतृत्व हुनेछ। अन्य आठ ओटा जिल्ला समन्वय समितिका प्रमुख नेपाली कांग्रेसबाट निर्वाचित भएका छन्। ती समन्वय समितिमा एमालेको उपस्थिति भने शून्य रहेको छ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार

भर्खरै